निर्णय नं. ८१५४ - करार पालना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५४ - करार पालना भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/११/१८ ५९२२ निर्णय नं.८१५४ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको दे.पु.नं. –– १२५२ आदेश मितिः २०६५।११।१८। मुद्दाः करार पालना । पुनरावेदक वादीः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ६ स्थित अन्जना निर्माण सेवाका प्रा.लि.का.प्रो मीनबहादुर श्रेष्ठ बिरुद्ध प्रत्यर्थीः प्रतिवादी मध्यमाञ्चल सिंचाई विकास डिभिजन नं. २ को कार्यालय सिन्धुली शुरु फैसला गर्नेः मा.जि.न्या. श्री गिरीशकुमार शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राघवलाल वैध मा.न्या. श्री भोलाप्रसाद खरेल § करारमा म्याद थपको व्यवस्था नभए पनि करारको अर्को पक्षले नै करारको शर्त पालना नगरेको, अर्को पक्षले दिनपर्ने सुविधा नदिएको कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको अवस्थामा करारको म्याद थप गर्नुपर्ने स्थिति सिर्जना भएमा कति म्याद थप गर्ने भन्ने कुराको विस्तृत विश्लेषण गर्नुपर्ने । (प्रकरण नं.२) § निर्धारित समयमा निर्माण कार्य पूरा गर्नेबारेमा देखिएको कटिवद्धताको आधारमा करारको अर्को पक्ष अर्थात् प्रतिवादीले म्याद थप गर्ने नगर्ने कुराहरू स्वविवेकीय तथा पूर्ण व्यावसायिक विषय भएकाले यसतर्फ अदालतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं.८) § नियमित व्यावसायिक प्रक्रियामा उत्पादन हुने मेसिन औजार वा अन्य उपभोग्य वस्तुहरूको खरीद बिक्रीसम्बन्धी सम्झौता शर्त उल्लंघन हुँदा पनि यसबाट अर्को पक्षलाई पुग्ने नोक्सानीको मूल्याङ्कन हुनसक्ने भएकोले यस्ता वस्तुको बिक्री वा आपूर्तिसम्बन्धी करार अनुसार पूरा गर्ने कार्य पूरा नगरे वा आपूर्ति गर्नुपर्ने सामान आपूर्ति नगरेको अवस्थामा क्षतिपूर्तिको उपचार पर्याप्त हुनसक्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री डिल्लीराम मैनाली प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § करार ऐन २०५६ को दफा (१)(२)ङ आदेश न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः– विपक्षी कार्यालयले सार्वजनिक विज्ञापन आव्हान गर्नुभएको सिन्धुली जिल्ला टाडी गा.वि.स. अन्तर्गतको टाडी सिंचाई योजनाको ठे.नं. ८।०५४।०५५ को ठेक्का अन्जना निर्माण सेवा सिन्धुलीको नाममा पर्न गै सो निर्माण सेवाको प्रो.म फिरादी मीनबहादुर श्रेष्ठ र कार्यालयको तर्फबाट कार्यालय प्रमुखको संयुक्त हस्ताक्षर र छाप भई टाडी सिंचाई योजना सम्झौता भएको मितिले ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का रकम रु. ५०८३२२५।८६ मा सम्झौता भएको थियो । सम्झौताबमोजिम काम भइरहेका बखत २०५६।१।२ मा सिंचाई बिभागबाट निर्णय भएबमोजिम अन्जना निर्माण सेवालाई रु. ४२०९९५१।९३ को काम थप भई जम्मा कूल रकम रु. ९२९३१७७।७९ को काम गर्नुपर्ने जिम्मा दिएको हुँदा ३० महिनाभित्र काम सम्पन्न नभएपछि मैले कानूनबमोजिम म्याद थपको लागि निवेदन गर्दा तत्कालीन कार्यालय प्रमुख रमेश प्रधानले म्याद थप भई हाल्छ तपाई काम गर्दै जानुस भनी २०५८।१।१९ मा रु. ७७९०२७।३० को रनिङ्ग विल भुक्तानी दिनुभयो । मैले काम गर्दै गएँ, सोपछि अर्का कार्यालय प्रमुख किशोरीप्रसाद सिँहले २०५८।३।३१ मा रु. ५५५३१९।३० को रनिङ्ग विल भुक्तानी दिनु भयो । मैले टाडी सिंचाई योजनाको काम गर्दै जाँदा