निर्णय नं. ७६९९ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६९९ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/१४ ५१२० निर्णय नं.७६९९ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०६२ सालको रिट नं. –––३०४८ आदेश मितिः २०६३।५।१४।४ विषय :– उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. १० नयांवानेश्वर स्थितकार्यालय रहेको मेलम्ची खानेपानी विकास समितिको अख्तियार प्राप्त ऐ का कार्यकारी निर्देशक सुमनप्रसाद शर्मा विरुद्ध विपक्षीः लसुनौला खिम्ती कन्ट्रक्शन प्रा.लि.व. १५।१०५ ठमेल काठमाडौं समेत § मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. को विषय विषयमा छुट्टा छुट्टै वनेको कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम र सो कानूनमा नलेखिएकोमा मुलुकी ऐन वमोजिम गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा मध्यस्थता ऐन, २०५५ अनुसारको विवादमा म्याद तारेख थाम्ने सम्वन्धमा मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को कानूनी व्यवस्था वाहेक अ.वं. ५९ नं. को व्यवस्था आकर्षित हुने अवस्था नदेखिने । § पक्ष वा विपक्षले जुन रुपको निवेदन ल्याउछ त्यसलाई स्वीकार्नु अनिवार्य नभै कानूनी व्यवस्था विपरीतको निवेदन वा माग छ भने अदालतले कानूनी व्यवस्था विपरीत निवेदन दिन ल्याउनेलाई मौकामै अवगत गराउनु पर्ने । § निवेदकले मध्यस्थता (अदालती कार्यविधि) नियमावलीको नियम १४(३) को उल्लेख गरी गुज्रेको तारेख थाम्न माग गर्नुपर्नेमा अ.वं. ५९ नं. उल्लेख गरेको भएपनि मध्यस्थता (अदालती कार्यविधि) नियमावलीको नियम १४(३) व्यवस्था भित्रकै निवेदन देखिन आउनेमा अदालतले तारेख थाम्दा आकर्षित हुने कानूनी व्यवस्था अनुसार तारेख थाम्नु पर्नेमा आकर्षित नै नहुने कानूनी व्यवस्था उल्लेख गरी तारेख थामेको कार्य कानूनी व्यवस्था हेरी वुझी गरेको मान्न नमिल्ने । (प्रकरण नं.१०) § मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को नियम १४(३) अनुसारको थामी पाउने म्याद ७ दिन भित्र नै अदालत प्रवेश गरी सकेको पक्षलाई केवल गलत कानूनको उल्लेख गरेको भन्दैमा मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को नियम १४(३) वमोजिम गुज्रेको म्याद थामिन सक्नेमा अदालतले कानूनी व्यवस्था हेरी वुझी तारेख थामेको अवस्था नभएकोमा निवेदनमा गलत कानूनको उल्लेख भएको भन्दैमा न्याय नै इन्कार गर्न नमिल्ने । (प्रकरण नं.११) निवेदक तर्फवाटःविद्धान अधिवक्ता श्री मुरलीप्रसाद शर्मा र श्री प्रतिमा न्यौपाने विपक्षी तर्फवाटःउपस्थित विद्धान अधिवक्ता श्री जगदिश भण्डारी अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. रिट निवेदक समिति र विपक्षी सुनौला खिम्ती कम्पनी वीच मेलम्ची टिम्वु सडकको निर्माण कार्यका लागि सम्झौता भएकोमा विपक्षी कम्पनीले सम्झौतामा उल्लेख नभएको र निवेदकले कार्यादेश नै नदिएको कुराको क्षतिपूर्ति दावी गरी मधयस्थ समक्ष उजुरी गरेको । मध्यस्थ ट्राईवुनलवाट निवेदक समितिले प्रत्यर्थी कम्पनीलाई जम्मा रु.२३,४५,४०९।९१ क्षतिपूर्ति दिनुपर्ने गरी मिति २०६२।११।१८ मा निर्णय भएको । उक्त निर्णय उपर निवेदक कम्पनीले श्री पुनरावेदन अदालत पाटनमा निवेदन पेश गरेकोमा दुई दिन गुज्रेको म्याद मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०४९ को नियम १४(३) वमोजिम थमाई आउनु पर्नेमा मुलुकी ऐन अ.वं. ५९ नं. वमोजिम थमाए