निर्णय नं. ८१५६ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५६ - उत्प्रेषण मिश्रित परमादेश भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०१/१४ ७२६८ निर्णय नं.८१५६ भदौ, २०६६ अङ्क ५ सर्बोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको रिट नं –३३२० आदेश मितिः २०६६।१।१४।२ विषयः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः महाकाली सिंचाई परियोजना, महेन्द्रनगरको तर्फबाट सिंचाई विभागका महानिर्देशक उमाकान्त झा विरुद्ध प्रत्यर्थीः पुनरावेदन अदालत, पाटन समेत § नागरिकलाई भएका हरेक हक राष्ट्रिय संस्था जनसमूहको संयुक्त रुपमा प्रतिनिधित्व गर्ने सरकारलाई हुँदैन भन्न नमिल्ने । (प्रकरण नं.३) § सम्झौतामा जे लेखिएको छ त्यसमा फरक पर्ने गरी कुनै परिवेशलाई आधार बनाएर सम्झौताको कुनै शर्त बन्देज र दायित्वलाई अप्रत्यक्षरुपले निष्क्रिय वा निष्प्रयोजित गराउन नपाइने । (प्रकरण नं.१०) § मध्यस्थको निर्णयविरुद्घ अन्य विवादमा जस्तो पुनरावेदकीय अधिकारक्षेत्रको व्यवस्था नगरिएको हुनाले मध्यस्थको निर्णयको परख कानूनको कसीमा होस् भनेर नै सोउपर अदालतको अधिकारक्षेत्रको तर्जुमा भएको । (प्रकरण नं.१२) § कानूनी प्रश्नको विधिवत निरोपण नभएसम्म ती जीवित रहन्छन् । निरोपण भएकै स्थितिमा समेत विधिसम्मत तरीकाले ती पुनः विचाराधीन भई उल्टिनसम्म सक्दछन् भने निरोपण नै नभएको प्रस्तुत विवादको हदम्यादको प्रश्न समाप्त भएको मान्न नसकिने । (प्रकरण नं.१४) निवेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री प्रकाश ढुंगाना प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री शरद कोइराला अवलम्वित नजीरः सम्बद्ध कानूनः § मध्यस्थता ऐन २०५५ को दफा ३०(१)(३) आदेश न्या.प्रकाश वस्तीः तत्कालीन नेपाल अधिराज्यको २०४७ को धारा ८८(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– महाकाली सिंचाई परियोजना, महेन्द्रनगर र स्वच्छन्द निर्माण सेवा प्रा.लि. बीच महाकाली सिंचाई परियोजनाअन्तर्गत खण्ड ५ को दोस्रो चरणको सहायक नहर (Tertiary Canal) निर्माण गर्ने सम्बन्धमा १२ जुन, १९९६ मा करार सम्झौता सम्पन्न भएको थियो । उक्त कार्यको लागि स्वीकृति पत्र (Latter of Acceptance) जारी भएको मितिले ३६५ दिनभित्र कार्य सम्पन्न गर्नुपर्नेमा विभिन्न कारणले गर्दा उक्त अवधिभित्र निर्माण कार्य सम्पन्न हुन नसकेकोले बाँकी काम सम्पन्न गर्न १० डिसेम्बर, १९९७ सम्मको म्याद थप गरिएको थियो । उक्त अवधिभित्र करार सम्झौताबमोजिम गर्नुपर्ने निर्माण कार्य सम्पन्न गरी १४ जुलाइर्, १९९८ मा विपक्षी प्रा.लि. ले अन्तिम वीलको भुक्तानी लिएको र अन्तिम वीलको भुक्तानीसमेत जम्मा रु.३,५८,१९,२७४।४४ उक्त करार सम्झौताबमोजिम कार्य गरेबापत निवेदक परियोजनाले विपक्षी प्रा.लि. लाई भुक्तानी गरेको थियो । साथै उक्त करार सम्झौताबमोजिमको कार्य सम्पन्न गरेको भनी ३० जुलाई १९९८ (मिति २०५५।४।१४) मा निवेदक परियोजनाले विपक्षी प्रा.लि.को नाममा कार्य सम्पन्न प्रमाणपत्र (Work Completion Certificate) जारी गरेको थियो । परियोजनाले विपक्षी प्रा.लि. को नाममा उक्त कार्य सम्पन्न वीलको भुक्तानीसमेत लिइसकेको कुरामा विवाद हुन सक्दैन, जुन कुरा उक्त कार्य सम्पन्न प्रमाणपत्र समेतले पुष्टि गरेको छ । यसरी निवेदक परियोजनाबाट विपक्षी प्रा.लि.ले करार सम्झौताबमोजिम अन्तिम वीलको भुक्तानीसमेत लिई सकेपश्चात् सम्पन्न गरिएको कार्