निर्णय नं. ८१५८ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५८ - भ्रष्टाचार भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/०२ ५४०६ निर्णय नं.८१५८ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६२ सालको स.फौ.पु.नं. ३२३५ फैसला मितिः २०६५।१२।२।५ मुद्दाः– भ्रष्टाचार । पुनरावेदक वादीः राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.सप्तरी, राजविराज न.पा.वा.नं.४ घर भै हिमाल ग्रिल ट्रष्ट उद्योगका प्रोपराइटर दुर्गादेवी थापा समेत पुनरावेदन फैसला गर्नेः का.मु.मा.मु.न्या. श्री चन्द्रप्रसाद पराजुली § कुनै पनि भ्रष्टाचारजन्य कार्य हुनको लागि आफू वा कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बद्नियतले कुनै कार्य बद्नियत तथा लापरवाहीपूर्ण तरिकाले गरिएको भन्ने देखिनु पर्ने र सोको पुष्टि पनि हुनुपर्ने । (प्रकरण नं.४) § कानूनले स्पष्ट व्यवस्था गरेको मार्ग अवलम्बन गरी ऋण असूलउपर गर्नुपर्नेमा सो नगरी अन्य मार्ग अवलम्बन गर्दा कानूनले मद्दत गर्न नसक्ने । (प्रकरण नं.७) § भ्रष्टाचार जस्तो गम्भीर कसूरमा अभियोग लगाउँदा त्यस्तो अभियोग तथ्य र प्रमाणबाट पुष्टि हुने गरी यो यस्तो गलत काम कारवाही वा वदनियतबाट यो यति रकम वा यो यस्तो कुरा लाभ वा हानि पुर्याएको भनी स्पष्ट दावी लिन सक्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री वालकृष्ण न्यौपाने अवलम्वित नजीरः सम्बद्ध कानूनः § वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७क,(१)(२), (३) ५२ § राष्ट्र बैंक ऐन, २०१२ § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) फैसला न्या.मोहनप्रकाश सिटौलाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– यस बैंकका तत्कालीन प्रवन्धक श्री हरिबहादुर थापा यस बैंकको हनुमाननगर शाखामा कार्यरत् रहँदा नियम विपरीत र आफ्नो र आफ्ना परिवारका नाममा ऋण प्रवाह गरी यस सरकारी बैंकको सम्पत्ति हानि नोक्सानी पार्ने मनसायले काम गरी भ्रष्टाचार गरेकोले यथोचित कारवाही गरिपाऊँ भन्ने समेत राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको मिति २०४५।१०।२२ को जाहेरी पत्र । राष्ट्रिय वाणिज्य बैंक हनुमाननगर शाखाको तत्कालीन प्रवन्धक पदमा कार्यरत् रा.वि.न.पा.वार्ड नं. ४ बस्ने हरिबहादुर थापा मेरो श्रीमान हुन् । हिमाल ग्रिल ट्रष्ट उद्योग र गोदाम निर्माणसम्बन्धी दुई शीर्षकमा मेरा नाममा मेरा पति हरिबहादुर थापाले मलाई विभिन्न मितिमा कर्जा रकम रू. ११,६८,०००।– (एघार लाख अड्सठ्ठी हजार) प्रदान गर्नु भएको छ । उक्त उद्योग र निर्माण दुवैको प्रोपराइटर म स्वयं हुँ । म र छोरो विमलका नाममा विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक हनुमाननगर शाखाबाट करीब रू.१४।१५ लाख तथा पति र वीरेन्द्र न्यौपानेको संयुक्त उद्योगको लागि करीब ५।६ लाख रुपैया र सोही बैंकबाट झिकेको होला । मेरा श्रीमानले आफै मेनेजर भएर यत्रो कर्जा आफ्नो नाउँमा लिन नहुने हो गल्ती नै गरेको हो । १०।१२ लाख मूल्याङ्कन हुने धितो राखी १४।१५ लाख झिक्नु नपर्ने हो, कुन नियतले झिकेको हो निजै जानून्, कर्जा रकम लिँदा बैंकलाई र आफूलाई पनि फाइदा हुने गरी लिएको हो तर अहिले बैंकलाई हानि र आफूलाई फाइदा भएको छ । बढी कर्जा प्रवाह गर्नु मेरो पति मेनेजर हरिबहादुर थापाको पनि गल्ती नै हो र माथ