निर्णय नं. ८१५९ - निर्णय दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५९ - निर्णय दर्ता बदर दर्ता भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/१० २९६० निर्णय नं.८१५९ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको दे.पु.नं. – ८३८३ फैसला मितिः २०६५।१२।१०।२ मुद्दा : निर्णय दर्ता बदर दर्ता पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला मनमैजु गा.वि.स. वडा नं. ८ बस्ने मणिराम घिमिरे बिरुद्घ प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने कृष्णकुमारी भट्टको मु.स.गर्ने रत्नप्रसाद भट्ट समेत § विर्ता उन्मूलन ऐन, २०१६ अन्तर्गत रैकरमा परिणत गरिपाऊँ भनी कारवाही चलेको निवेदनमा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतले निर्णय गरेको भएतापनि विर्ता उन्मूलन ऐन, २०१६ र मालपोत ऐन, २०३४ अलग अलग ऐन भएकोबाट प्रस्तुत मुद्दामा मालपोत ऐन, २०३४ को दफा ७, ८ को विषय परी सोही ऐनको दफा ३१ बमोजिम पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने अवस्था नदेखिने । § विर्ता उन्मूलन ऐन, २०१६ मा यो अड्डामा पुनरावेदन लाग्ने भनी उल्लेख भएको नपाइएकोले सो विषयमा गरेको निर्णय बदरतर्फ प्रचलित कानूनबमोजिम सम्बन्धित जिल्ला अदालतमै फिराद लाग्ने । (प्रकरण नं.७) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री उद्ववकुमार के.सी र श्री माधवकुमार बस्नेत प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्वित नजीरः सम्बद्ध कानूनः § मालपोत ऐन, २०३४ को दफा ७ र ८ फैसला न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत मुद्दा दोहोर्याई पाऊँ भनी पर्न आएको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदन सरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २०१२ सालमा भएको बण्डापत्रबमोजिम छुट्टी भिन्न भई बसेका विपक्षी रमण भट्ट र जयकुमारी भट्टका नाममा नापी भई स्रेस्ता कायम भएको जग्गा रैकर परिणत गरिपाऊँ भनी बासुदेव भट्ट र महेश्वर भट्टले २०३७।३।११ गते मा.पो.का.मा निवेदन दिएकोमा महेश्वर भट्ट स्वर्गे भई कृष्णकुमारी भट्ट र बासुदेव भट्टको संयुक्त भोगचलन गरी आएको र विभिन्न जग्गा कित्ताकाट गरी छुट्टाछुट्टै अपुताली हक नामसारी गरिपाऊँ भनी का.जि.अ.मा.दे.मि.न. ४०८८ मा मुद्दा चली २०५१।३।५ मा फैसला भएको छ । सो फैसलाअनुसार संयुक्त नाममा दर्ता रहेको जग्गाको कित्ताकाट गरी दर्ता गरी दिनुपर्ने ठहर भएको र नापी हुँदा कायम का.जि. गोलढुङ्गा गा.वि.स. वडा नं. १ (ख) कि.नं. ११३, ११४, ११५ र १५३ को जग्गा साविक पोता ल.नं. ३५६ को रसिदसँग भिडी रैकर परिणत दर्ता हुने जग्गा हो । काठमाडौँ जिल्ला अदालतको फैसला, २०३७।३।११ को द.नं. १२७९२ को निवेदन, फिल्डबुकको कैफियत महलमा उल्लिखित रै.प.को लागि धरौटी राखेको व्यहोरा आदि प्रमाणबाट हामी फिरादीहरूका नाउँमा दर्ता हुने जग्गा हो । यिनै प्रमाणका आधारमा कि.नं. ११५ र १५३ को जग्गा हामीहरूको नाउँमा दर्ता भई जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरिसकेका छौँ । बासुदेव भट्टले २०३९।१२।७ मा गरिदिएको शेषपछिको बकसपत्र एवं अपुताली हक समेत स्थापित भै सकेको जग्गाहरू मध्ये कि.नं. ११३ र ११४ को जग्गा विपक्षीको नाउँमा दर्ता भएको मिति २०५५।१२।९ को मालपोत कार्यालय काठमाडौँको छुट जग्गा दर्ता समितिबाट भएको सिफारिशको आधारमा मिति २०५६।१।१५ मा भएको निर्णय एवं सो निर्णयको आधारमा भएको दूषित दर्ता बदरभागी रहेको हुँदा बदर गरी हामीहरूको नाउँमा दर्ता हुने ठहर भएको का.जि.अ.को म