निर्णय नं. ७७०२ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७०२ - मोही नामसारी भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/०२ ८०५५ निर्णय नं.७७०२ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत् २०६१ सालको दे.पु.नं.८८८३ आदेश मितिः २०६३।५।२।६ मुद्दा : मोही नामसारी । पुनरावेदक र प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं.१६ बस्ने कृष्णवहादुर डंगोल बिरुद्ध प्रत्यर्थी र वादीः ऐ.ऐ.बस्ने नानीछोरी महर्जन § मोही हक खाने पत्नी तथा छोराहरु समेत नरहेको र त्यस बखत प्रचलनमा रहेको भूमि सम्बन्धी ऐनको दफा २६(१) ले मोही हक छोरीमा सर्ने व्यवस्था समेत नभएको स्थितिमा पछि २०५३ सालमा भएको भूमि सम्बन्धी (चौथौ संशोधन) बाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई समेत मोहीयानी हक प्राप्त हुने भनी हक सिर्जना गरेको भनी वादीले दावी लिई सिद्धान्ततः आउन नमिल्ने । § सामान्यतः कानून बनी सकेपछि जुन मितिबाट लागु हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोहि मितिबाट त्यो ऐनमा भएको प्रावधानहरु लागु भएको मान्नुपर्ने । § २०५३ सालमा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) संशोधन भई सो संशोधनबाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई श्रृजित मोहीयानी हक त्यस भन्दा अघि उठेको विवादको विषयमा समेत लागु हुन्छ भन्नु प्रचलित कानून तथा न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने। (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री निलम ज्ञवाली प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५६।८।२० को फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउँ भनी प्रतिवादीको निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. काठमाडौं जिल्ला कालिमाटी वडा नं. १(ग) कि.नं.४३ को क्षेत्रफल ०–१–३–०, ऐ.कि.नं.४५ को क्षेत्रफल ०–९–०–०, जग्गाको जग्गाधनी कृष्णवहादुर डंगोल र मोही मेरा पिता अष्ट नारायण महर्जन भएकोमा पिता २०३९ सालमा परलोक भएको मोहीका हकदार म एक मात्र अविवाहिता छोरी भएको हुँदा उक्त कित्ता जग्गाको मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी । ३. यसै कित्ता जग्गाको मोही कायम गरिपाऊँ र मोही लगत कट्टा गरिपाऊँ भनी छुट्टा छुट्टै दावी गर्न आएको देखिंदा मांग दावी अनुसार मोही नामसारी हुने हो हैन भनी श्रेस्तामा देखिएका जग्गाधनी कृष्णवहादुर डंगोल तथा मोही कायम गरिपाऊँ भन्ने तिर्थ माया महर्जनका नाममा २० दिने म्याद जारी गर्ने भनी भएको आदेश बमोजिम म्याद जारी गर्दा म्यादै भित्रै पर्न आएको प्रस्तुत प्रतिउत्तरमा दावीको कित्ता जग्गाको मोही अष्ट नारायण महर्जन परलोक भएको हुँदा निजका नामबाट अविवाहिता छोरी नानी छोरी महर्जनका नाममा मोही नामसारी गर्न मन्जुर छ भनी तिर्थमाया महर्जनको प्रतिवाद भएको देखिन्छ भने दावीको कित्ता जग्गाको मोही कायम गरिपाऊँ भनी २०४५।६।१४ मा तिर्थमाया महर्जनको दावी भएकोमा अष्ट नारायण महर्जन परलोक भएपछि निजको हकदार छोरी तिर्थमाया, मोतीमया, हेरामाया, नानीछोरी भएकोमा सबै छोरी विवाह भै कान्छी छोरी नानी छोरी महर्जन अविवाहिता भएको र निज अमेरिका तर्फ लागेको र उक्त जग्गा तिर्थमाया महर्जले जोती कमाई आएको भन्ने स्थलगत सर्जमिन । तिर्थमाया महर्जनले दावीको कित्ता जग्गामा दावी लिएको र सो दावीबाट नामसारी नहुने देखि अविवाहिता भनी देखाई ना