निर्णय नं. ८१६० - कर्तब्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१६० - कर्तब्य ज्यान भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०३/२१ ३१८५ निर्णय नं.८१६० भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री भरतराज उप्रेती साधक नं.065–RC–0067 फैसला मितिः २०६६।३।२१।१ मुद्दा :– कर्तब्य ज्यान । पुनरावेदक/वादीः खर्कबहादुर गुरुङको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यथी/प्रतिवादी : जिल्ला मनाङ, गा.वि.स. ताचै बगरछाप वडा नं.३ घर भई हाल कारागार कार्यालय मनाङमा थुनामा रहेको रतन घले शुरु फैसला गर्नेः मा.जि.न्या.श्री सुदर्शनराज पाण्डे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज जोशी मा.न्या श्री देवेन्द्रराज शर्मा § ऐनद्वारा निर्धारित सजाय अपराधको तुलनामा अत्यधिक भई न्यायपूर्ण नहुने भएमा मात्र विशेष न्यायिक विवेकको प्रयोगबाट अपराध र सजायमा अदालतले न्यायिक संतुलन कायम गर्ने । (प्रकरण नं.६) § आफ्नै संरक्षकत्वमा रहेकी बृद्घ अवस्थाकी वर्ष ५६ वर्ष उमेर पुगेकी पत्नीलाई मध्यरातमा धारिलो हतियारले संवेदनशील भागमा प्रहार गरी हत्या गरेको देखिनु र बृद्घ पत्नीलाई अर्कोसँग विवाह गरी जान लागेकी भनी कल्पनाको सतही भावमा आएर शंकालु दृष्ट्रिभाव राखी मार्ने योजना बनाई मार्नु भनेको अकल्पनीय र अत्यन्तै क्रूर अपराध भएकाले यस्तो प्रकृतिको हत्यामा आपराधिक कार्य गर्ने अपराधीलाई अ.बं.१८८ नं.को प्रयोग गरी सजायमा कमी वा छुट दिन न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । § मार्ने मनसायले जोखिमी हतियार प्रयोग गरी हत्या गर्ने दुर्दान्त अपराधीलार्ई अ.बं. १८८ नं.अनुसार सजायमा छुट दिन अदालतलाई प्राप्त विशेष न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । (प्रकरण नं.८) वादी तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. १८८ नं. फैसला न्या.रणबहादुर बमः पुनरावेदन अदालत, पोखराको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मनाङ जिल्ला चामे गा.वि.स वडा नं.३ तिमाङ स्थित पूर्व र दक्षिणमा धारापानी चामे गा.वि.स तर्फ जाने आउने कच्ची बाटो, पश्चिममा तिमाङ खोला, उत्तरमा खड्कबहादुर गुरुङको खाली जग्गा यति चार किल्लाभित्र रहेको पूर्व मोहोडा भएको काठैकाठले बनेको घरभित्र पसी हेर्दा पश्चिमपूर्वपट्टि खाटमाथि सेतो सिरक ओढाई मृतक पाते घलेको लाश रहेको, सिरक हटाई हेर्दा मृतकको वाँया आखा माथिको भागमा ४ से.मी लामो गहिरो चोट भई रगत जमेको र आखाको भाग निलो भई सुन्निएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाशजाँच मुचुल्का । मनाङ जिल्ला, चामे गा.वि.स वडा नं.३ तिमाङ स्थित पूर्व दक्षिणमा धारापानी चामे गा.वि.स तर्फ जाने आउने कच्ची बाटो, पश्चिममा तिमाङ खोला, उत्तरमा खड्कबहादुर गुरुङको खाली जग्गा यति चार किल्लाभित्र मृतक पाते घले बस्ने गरेको रहेको पूर्व मोहोडा भएको काठैकाठले बनेको घरभित्र पट्टि पश्चिमपूर्वतर्फ रहेको खाट मुनि मृतक पाते घलेलाई प्रहार गरेको गोल आकारको काठको विड (तीन फीट) जडान भएको फलामे बन्चरो थान १ बरामद भएको बरामदी मुचुल्का एबं खानतलासी मुचुल्का । वाँया टाउकोमा लाग्न गएको चोटको कारणले मृतकको मृत्यु भएको हो भन्ने व्यहोराको लाशजाँच प्रतिवेदन । मिति २०६४।५।१० गते रातको समयमा मेरी बहिनी वर्ष ५६ की पाते घलेलाई निजकै श्रीमान रतन घलेले टाउकोमा बन्चरोको पासोले प्रहार गरी सख्त घाइते बनाएको र पछि उप