निर्णय नं. ७७०३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७०३ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/२८ २७४० निर्णय नं.७७०३ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत २०५९ सालको दे.पु.न. ८३०७ फैसला मितिः २०६३।५।२८।४ मुद्दा :– लेनदेन । पुनरावेदक प्रतिवादीः गोरखा जिल्ला च्याङली गा.वि.स.वडा नं.९ वस्ने दुर्गा माया पुडासैनी समेत विरुद्ध प्रतिवादी वादी गोरखा जिल्ला च्याङली गा.वि.स. वडा नं.९ वस्ने लक्ष्मण देवकोटा § लेनदेन व्यवहारको ८ नं. वमोजिमको एकाघरको मुख्य मानिस रहे भएको भन्ने व्यवहार प्रमाणवाट समेत देखिन नआएको स्थितिमा वावु जिवित छदैको अवस्थामा प्रतिवादीलाई घरको मुख्य व्यक्ति मान्न नमिल्ने । § कानून वमोजिमको प्रक्रिया नपुराई गरेको व्यवहारको सम्बन्धमा लेनदेन व्यवहारको १० नं.अनुरुप वादी दावी वमोजिमको लिखतको दायित्व वहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पनि सोही सम्पत्ती वेचविखन गर्ने वा हक छाड्ने व्यक्ति माथिनै निहित रहने । § कानूनले नै लिखतको हैसियत र सो लिखत वमोजिमको थैली तिर्नुपर्ने दायित्वको वारेमा स्पष्ट व्यवस्था गरेको अवस्थामा उक्त कानूनको गलत व्याख्या गरी दावीको लिखतको दायित्व यि पुनरावेदक प्रतिवादीहरु समेतले व्यहोर्नु पर्ने गरी भए गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री शम्भुराज आचार्य प्रतिवादी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पोखराको मिति २०५९।१।१५ को फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन २०४८ को दफा १२ वमोजिम प्रतिवादीहरुको मुद्दा दोहोर्‍याई हेरी पाउँ भनी निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. मैले विपक्षीहरु मध्येका राममणी पुडासैनी संग मिति ०५४।२।१३ मा राजीनामा लिएको गोरखा च्याङली गा.वि.स.वडा नं.९ को कि.नं.१३८७ को जग्गालिखत वदर हुने ठहरी मिति ०५६।६।१२ मा फैसला भएकोले ०५७।१।२ गतेथैली रकम समेत माग्न जादा नदिएकोले उक्त राजीनामाको साँवा रु.५०,०००।–र व्याज रु.१५,६७१।३० समेत जम्मा रु.५६,६७१।३० विपक्षीहरु वाट भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको लक्ष्मण देवकोटाको फिराद । ३. प्र.राममणी पुडासैनी हामीहरुको छोरा तथा दाजु नाताका व्यक्ती भई आधीकारीक रुपमा वण्डा पारीत नभएता पनि ०४६ सालमै हामीवाट मानो छुटृीई वसेका व्यक्ती हुँदा निज राममणीले विक्री गरेको जग्गा बदर हुने भएकोमा निज राममणीले व्यवहार गरेको ऋण हामीले तिर्नु पर्ने अवस्था नभएकोले हामी उपरको फिराद दावीवाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.भवप्रसाद, दुर्गा माया, इन्द्रमणी, नारायण मणी, भरतमणी र दिपक मणी पुडासैनी समेत जना ६ को संयुक्त प्रतिउत्तर । ४. वादीले मेरो कि.नं.१३८७ को जग्गा राजीनामा पारीत गरी लिएको दिन देखिनै वालीको आयस्तावाली खाई आएको र पछि उक्त लिखत बदर भएपश्चात म संग कुनै रुपैया माग्नसमेत आएका छैनन् । जग्गा भोगचलनगरेको हुँदा वादीले व्याजमा दावी गर्न पाउने होइन भन्ने समेत व्यहोराको प्र.राममणी पुडासैनीको प्रतिउत्तर । ५. मिसिल संलग्न प्रमाणवाट प्रतिवादीहरुले वादीलाई रजिष्ट्शनको ६ नं.वमोजिमको थैली र रजिष्ट्शन दस्तुर तथा व्याज समेत भरि भराउगरि दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको मिति ०५८।२।२९ को फैसला । ६. शुरुको निर्णय