निर्णय नं. ७७०४ - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७०४ - लागू औषध भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०३/१४ ३२९६ निर्णय नं.७७०४ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६१ सालको फौ.पु.नं.३३८१ फैसला मितिः २०६३।३।१४।४ मुद्दा : लागूऔषध (चरेस) । पुनरावेक प्रतिवादीः काठमाडौं जि.का.म.न.पा.वडा नं.२९ ठमेल घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा त्रिपुरेश्वर काठमाडौं अन्तरगत केन्द्रीय जेलमा थुनामा रहेको जितेन्द्र श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार § अख्तियारवाला व्यक्ति कार्गो अफिसरले विदेश कार्गो गरी सामान पठाउँदा अर्काले प्याक गरी ल्याएको सामान सोझै पठाउने नभई ति सामान कानूनद्वारा निषेधित सामान हो होइनन् सो समेतको चेक जाँच गरी पठाउनु पर्नेमा प्रतिवादीले उक्त सामान आफै वुझी लिई प्याकिङ्ग समेत आफैले गरी कार्गो गराउन पठाएको भनी बयान गरेको समेत देखिएको अवस्थामा कार्गो गरिएको प्याकेज भित्रको बरामद भएको वस्तु चरेस रहेछ भन्ने कुरा निज प्रतिवादीलाई थाहा रहेनछ अथवा थाहा हुन सक्ने अवस्था रहेनछ भनी भन्न नमिल्ने । § प्रतिवादीले जानी वुझिकन कानून बमोजिम पालना गर्नुपर्ने दायित्व तथा कर्तव्य समेतलाई उल्लघन गरी कानूनद्वारा निषेधित लागूऔषध चरेस आफ्नो कार्गो कम्पनी मार्फत निकासी गर्न लागेको देखिएको अवस्थामा उक्त लागूऔषधको ओसार पोसार बिक्री वितरण गरेको छैन, कार्गो गरी पठाउन लागिएको सामान धुपका वट्टा तथा धुप भएको भनी जिकिर लिने प्रतिवादीले सो जिकिरलाई भरपर्दो ठोस सवुद प्रमाण पेश गरी प्रमाणित गर्नुपर्नेमा सो प्रमाणित गर्न सकेको नदेखिंदा निजले आरोपित कसूर गरेको रहेछ भन्ने स्पष्ट देखिने । (प्रकरण नं.२३) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५७।६।३० को फैसला उपर चित्त नवुझी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. श्रेष्ठ कार्गोका कामदार नरेश भुषालले आम्सटारडम पठाउनको लागि एयर कार्गो गराउन भनी ल्याएको धुप लगायतको सामानहरु जाँच गर्दा १० थान धुपको वट्टामा लागूऔषध चरेस फेला परेको हुँदा कानून बमोजिम बरामद गरी कानूनी कारवाही गरिपाऊँ भन्ने २०५५।१२।१७ को प्र.ना.नि.कृष्ण गोपाल पनेरुको जाहेरी प्रतिवेदन । ३. श्रेष्ठ कार्गो मार्फत सो कार्गोको काम गर्ने नरेस भुषालले आम्सटारडम पठाउने एयर कार्गो गर्नको लागि ३ नं.निर्यात गोदाममा ल्याएको सामान मध्ये घङचेन भन्ने लेखिएको १० थान वट्टाको बीच भागमा लागू औषध चरेस र तल माथि धुप राखिएको अवस्थामा १ किलो लागूऔषध चरेस बरामद भएको र सो लागूऔषध चरेस राखिएको सामान श्रेष्ठ कार्गो सर्भिसले प्याकिङ्ग लिष्ट तयार पारिएको देखिएको भन्ने २०५५।१२।१७ को बरामदी मुचुल्का र प्रहरीको प्रतिवेदन । ४. १ किलो लागूऔषध चरेस लुकाएको अवस्थामा वरामद भएको धुप लगायतको सामानहरु प्याकिङ्ग गरी श्रेष्ठ कार्गोका मालिक जितेन्द्र श्रेष्ठले हलैण्डको ठेगाना समेत लिई ३ नं.निकासी गोदाममा गएर एयर कार्गो गरी आउ भनेकाले मैले कार्गो गराउन ३ नं.गोदाम स्थित भन्सार कार्यालयमा लगी जाँच गराउँदा सो सामान मध्ये १० थान धुपको वट्टाबाट लागूऔषध चरेस १ किलो बरामद भएको हो । बरामद लागूऔषध चरेस सो सामान छ भन्ने कुरा मलाई थाहा थिएन र सो लागूऔषध चरे