निर्णय नं. ७७०६ - नामसारी दर्ता बदर अपूताली दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७०६ - नामसारी दर्ता बदर अपूताली दर्ता कायम भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/०५ २७५० निर्णय नं.७७०६ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी सम्वत् २०५८ सालको दे.पु.नं.– ८२०१ फैसला मितिः २०६३।५।५।२ मुद्दा :– नामसारी दर्ता बदर अपूताली दर्ता कायम । पुनरावेदक वादीः जिल्ला सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ बस्ने डिल्लीराज पोख्रेल विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. वार्ड नं. २ बस्ने बृज कुमारी पोखरेल § २००४ सालमा वण्डा पत्र पारित भै छुटिृसकेपछि पितासंग बस्न आएको र पुनरावेदकले पालन पोषण गरेको भनी पुनरावेदकले भनेता पनि पछि पुनः सगोलमा बसेको कुनै प्रमाण योग्य कागज नभएको अवस्थामा केवल फिराद र पुनरावेदनमा जिकिर लिएकै आधारमा मात्र संग बसेको वा मानो जोडिएको भन्ने मान्न नमिल्ने । § पारीवारिक विषयमा सर्जमिनको एक आधार मात्र भरपर्दो प्रमाण मान्न नसकिने । § स्व.जनक कुमारी सगोलमा रहनु भएको बखत परलोक हुनु भएकोले निजको पालनपोषण र काजकृया पनि आफूले गरेको हुँदा निजको नाउँको जग्गाहरु अपूतालीको ११ नं. बमोजिम आधा जग्गामा हक कायम गरिपाऊँ भन्ने पुनरावेदन जिकीर पुग्न नसक्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फवाटःडिल्लीराज पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिहर दाहाल र मातृकाप्रसाद निरौला अवलम्वित नजीरः फैसला न्या.वलराम के.सीं: न्याय प्रशासन ऐन, २०४८ को दफा १२को उपदफा १ को खण्ड (क) (ख) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति ०५८।६।१८ को फैसला उपर वादीको तर्फबाट दोहोर्‍याई पाउँ भनि निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :- २. मेरो बाजे हरीप्रसाद पोखरेलका २ भाई छोरामा जेठा मेरा पिता स्व. अक्लनाथ पोखरेल र कान्छा स्व. रत्नप्रसाद हुनुहुन्थयो र काका रत्नप्रसादकी २ वटी श्रीमती मध्ये जेठी जनक कुमारीको मिति ०५२।१०।२७ मा मृत्यु भएको र कान्छी बृज कुमारी जिवित हुनु हुन्छ । काका रत्नप्रसाद निसन्तान भई २००० साल मार्ग महिनामा परलोक हुनु भए पछि मेरा पिताले निज काकीहरुलाई रेखदेख गरि पिताका नाम दर्ताको ३३ नं. सतेरझोरा गा.वि.स. अन्तरगतको एकमुष्ट जग्गा विगाहा ६० मध्ये ३ भाग लगाई १।१ भाग २ वटी काकीहरुलाई र १ भाग आफ्ना नाउँमा कायम राखी सगोलमै रही आउनु भएको सगोलमा मेल मिलाप हुन नसक्दा जि.सु ईनरुवा रै.नं. ६२२ को ज.वि.०–७–० जग्गा निज काकी दुवै जनाका नाउँमा संयुक्त दर्तामा खरिद गरी दिनु भएका र २ वटा घरहरु बनाई दिनु भई दक्षिण पटिृको घरमा जेठी कार्की जनक कुमारी र उत्तर पटिृको घरमा कान्छी काकी वृज कुमारीलाई बसाई आउनु भएकोमा काकीहरु बीचमा मेलमिलापत्र नहुँदा जेठी काकीलाई म समेत बस्ने गरेको पिताकै घरमा राखी मिति ०२६।१।२० मा मलाई र दाजु गुरुप्रसाद पोखरेललाई जि.प.का सुनसरी मालबाट पारीत गरी दिनु भएको वण्डा पत्र लिखत अनुसार साविक इनरुवा गा.प.९(ख) को कि.नं. १०९ को तथा हाल इनरुवा न.पा. २।४० मा भएको मेरा अंश हक दर्ता परेको घरमा निज काकी (जेठी) बसि आउनु भएको घरमा पिता मिति ०४७।५।१५ मा परलोक हुनु भएकोले निज जेठीकार्की मेरो सगोलमा बसि आउनु भएका बखत मिति ०५१।१०।१७ मा परलोक हुनु भएकोले निजको काजकृया पनि मैलनै गरेका हुँ । निज मृतक जेठी काकी जनक कुमारी दर्ताको सुनसरी ३३ नं. सतेरझोरा गा.वि.स.वा.नं. ३(क) को