निर्णय नं. ८०८१ - आयकर आ.व. २०४७/४८
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०८१ - आयकर आ.व. २०४७/४८ भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/१०/२८ ३१३२ निर्णय नं. ८०८१ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०५४ सालको पुनरावेदन अनुमती ३२०५ फैसला मितिः २०६५।१०।२८।१ मुद्दाः आयकर आ.व. २०४७/४८ निवेदकः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १ मिल्स एरिया स्थित वि.के.ट्रेडर्स एण्ड सन्स प्रोपाइटर शीप फर्मको प्रोपाइटर राजेशकुमार अग्रवाल बिरुद्ध विपक्षीः श्री कर फर्छ्यौट आयोग, २०५१ काठमाडौ § कर फर्छ्यौट आयोग ऐन २०३३ को दफा १२ बमोजिम कानूनी प्रश्नमा अनुमती दिने व्यवस्था मै उक्त दफा १२(२)(ग) बमोजिम अनुमती दिंदा आयोगको निर्णयमा उल्लिखित कुन कुराको असान्दर्भिक प्रमाण बुझेको वा कुनै बुझ्न पर्ने प्रमाण नबुझेको हो स्पष्ट गर्नुपर्ने । (प्रकरण नं.३) § आफ्नो कारोवारको लेखा नराख्ने करदाताको आयकर निर्धारण गर्दा तोकिएका विभिन्न आधारहरू मध्ये कुनै एक वा सबै आधारहरू कर अधिकृतले अवलम्वन गर्न सक्ने । (प्रकरण नं.४) निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री प्रसन्नकृष्ण दास विपक्षीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ३३(२) तथा ३३(४) § कर फस्र्यौट आयोग ऐन, २०३३, को दफा १२(२) फैसला न्या.कल्याण श्रेष्ठः कर फर्छ्यौट आयोग, काठमाडौको निर्णय उपर पुनरावेदन गर्न अनुमती पाऊँ भनी पर्न आएको निवेदनमा कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १२(२)(ग) बमोजिम पुनरावेदन गर्न अनुमतीप्राप्त गरेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा निर्णय यसप्रकार छः– कर कार्यालय जनकपुरको कार्य क्षेत्र अन्तर्गतका करदाता श्री बि.के. ट्रेडर्स एण्ड सन्स (प्रो) को आ.व. २०४७।४८ को कर निर्धारण गर्ने प्रयोजनकोलागि आयकर ऐन, २०३१ को प्रक्रिया अनुसार खुद आयको अङ्क किटान गरी सोही ऐनको दफा ३३(४) बमोजिम दिन ७ सातको मौका प्रदान गरी आयोगको क्षेत्राधिकारबमोजिम सक्कल फायल प्राप्त गरी पेश हुन आएको । करदाताले चुरोट, घ्यू, समेतको किराना सामानको बिक्री कारोबार गर्ने गरेको ब्यहोरा सक्कल फायलबाट अवगत हुन आयो । मिति २०५०।२।४ मा सवूद प्रमाण पेश गर्ने गरी खुद आय कायम गरी दिएको पत्र निज करदाताले मिति २०५०।२।३१ मा बुझी सोही मितिमा सोको जवाफ सम्म दिएको ब्यहोरा कर कार्यालय जनकपुरको मिति २०५१।१२।१० को पत्रसाथ संलग्न फायलबाट अवगत हुन्छ । साथै यस आयोगबाट मिति २०५२।१।७ मा उपस्थितिकोलागि पत्र लेखिएकोमा निज करदाता हाल सम्म उपस्थित भएको पाइएन । कर कार्यालयले सवूद प्रमाण पेश गर्न मौका मिति २०५०।२।४ मा कानूनको रीत पुर्याई दिएको तर तत्सम्बन्धमा सोको जवाफ सम्म दिएको, ठोस सवूदप्रमाण करदाताले पेश नगरेको तथा आयोगबाट मिति २०५२।१।७ मा उपस्थित हुनको लागि वोलाउँदा आयोगमा उपस्थित समेत नभएको कारणबाट करदाताको आ.व. २०४७।४८ को सम्बन्धमा कर कार्यालय जनकपुरको मिति २०५०।२।४ मा सूर्य टोवाको कं.प्रा.लि. को चुरोट बापत कमिशन रु.८,६५,५७७।– सोको धरौटी बापतको ब्याज रु.६१८४।१०, शिवशक्ति घ्यू उद्योगको घ्यू उठाएको रु.१४,११,४७१।४३ र किराना सामान बिक्रीको रु.६,००,०००।– को कारोवारमा कायम गरेको खुद आय मनासिव नै देखिएकोले उक्त आ.व. २०४७।४८ मा क्रमश खुद आय रु.९३,२८८।५०, रु.६,१८४।१० रु.४२,३४४।१४ र रु.४८,०००।– समेत जम्मा खुद आय रु.१,८९,८१६।७४ र सोमा आर्थिक ऐन, २०४७ बमोजिम हुने कर रु.७०,६५८।७