निर्णय नं. ८०८२ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०८२ - कर्तव्य ज्यान । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/२२ २९५८ निर्णय नं. ८०८२, जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री रणबहादुर बम २०६४ सालको फौ.साधक नं.– ६९ फैसला मितिः २०६५।११।२२।५ मुद्दा :– कर्तव्य ज्यान । वादीः गणेश श्रेष्ठको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः इलाम जिल्ला फिक्कल गा.वि.स. वडा नं. ६ बस्ने तोरण मुखिया शुरु फैसला गर्नेः मा.जि.न्या. श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज मिश्र मा.न्या.श्री पुरुषोत्तम भण्डारी § मृतकलाई मार्नका लागि प्रयोग गरिएको छुरी घटनास्थल उत्तर स्कूलको झ्यालमा माथिबाट पानी बगी आएको हिलो, सोही हिलोमा धारिलो ११ इन्च लामो छुरी फेला परेको बरामदी मुचुल्काबाट देखिन्छ । उल्लिखित आधार प्रमाणहरूबाट कसूर अपराध प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार बस्तुनिष्ठ तथा तथ्यगत आधारबाट प्रमाणित हुन आएको देखिने । (प्रकरण नं.४) § सह–अभियुक्त समेतको पोल, प्रमाणमा बुझिएका जाहेरवाला, घटनाका प्रत्यक्षदर्शी, मौकामा थाहा पाउने व्यक्तिहरूले गरिदिएको बकपत्र समेतका आधार प्रमाणबाट फलामको छुरी जस्तो धारिलो हतियारले रोपी घाइते बनाई सोही चोटपिरको कारणबाट उपचारार्थ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पुष्टि हुन आएको तथा कुनै चोट पीर अवरोध समेत पुर्याएको मिसिलबाट नदेखिएको अवस्थामा एकपक्षीय रुपमा सांघातिक हमला गरी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको देखिँदा कसूर अपराध गरेको ठहर्ने । (प्रकरण नं.५) वादीतर्फवाटः प्रतिवादीतर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३, १३(१) १७ र १७(२) नं. फैसला न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी साधक जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मिति २०५१।७।२९ गते मेरो भाइ निरोज श्रेष्ठलाई फिक्कले खोल्सीमा तोरण मुखिया समेतको हुल जम्मा भई पासाङ घिसिङले हान मार भनी आदेश दिई तोरण मुखियाले छुरी झिकी भाइको पेटमा प्रहार गरे । भाइलाई उठाउँदा पासाङ घिसिङले खुकुरी प्रहार गर्न उज्याउँदा विमल श्रेष्ठले खुकुरी खोस्ने प्रयास गरेपछि भागी गए । भाईलाई उपचार गर्न लाँदा बाटैमा मृत्यु भएकोले तोरण मुखिया समेतलाई ज्यानसम्बन्धी महलको कसूरमा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको गणेश श्रेष्ठले २०५१।७।३० गते जिल्ला प्रहरी कार्यालय, ईलाममा चढाएको जाहेरी दरखास्त । मृतकको बायाँपट्टि काछमा धारिलो हतियारले रोपेर १ इन्च लम्बाई, १/२ इन्च चौडाई , २ इन्च गहिराईको घाउ भई उक्त घाउबाट रगत बगी सुकी कटकटीएको , पेन्ट हाफ कट्टु , काछी समेतमा १ इन्च गोलाइको प्वाल परेको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । बायाँपट्टि काछमा मुख्य नशा काटिई अत्यधिक रक्तश्राव भई निरोज श्रेष्ठको मृत्यु भएको भन्ने समेत व्यहोराको लाश जाँच रिर्पोट । मिति २०५१।७।२९ गते निरोज श्रेष्ठलाई पासाङ घिसिङ समेतले घेरी निजले ठोक भनेपछि तोरण मुखिया समेत भई कुटपिट गरी धारिलो हतियार प्रहार गरी शक्त घाइते भएका निरोज श्रेष्ठलाई उपचार गर्न लाँदा लादै बाटैमा मृत्यु भएको भन्ने समेत व्यहोराको मोहन श्रेष्ठ,राजु राई, कमल कुमार प्रधान, अर्जुन कुमार गुरुङ , नरेश शाह, विमल प्रधान समेतले गरिदिएको प्रायः एकै मिलान व्यहोराको अलग अलग कागज । मिति २०५१।७।२९ गते फिक्कल चोकबाट प्रहरी चौकीम