निर्णय नं. ७७१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७१० - उत्प्रेषण भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०५/२९ ३८१३ निर्णय नं.७७१० ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, पूर्ण ईजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री तप बहादर मगर माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०६२ सालको रि पू ई नं. ––११ आदेश मितिः २०६३।५।२९।५ विषय:– उत्प्रेषण । निवेदकः कृषि तथा सहकारी मन्त्रालयको सहायक अर्थ विज्ञको पदमा कार्यरत वर्ष ४२ की श्रीमती रेणु अधिकारी विरुद्व विपक्षीः श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवार समेत § कृषि अर्थशास्त्र विषय लिइ अर्थशास्त्रमा एम.ए. गरी सोहीलाई नै मूल विषय मानी सेवा प्रवेश गरेपछि सोही सरहको: .Sc. in Agricultural Economics र M.Sc. in Rural Development लाई निजहरुको हालको न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो उपाधि हो भनी मान्न तर्कसंगत नदेखिने । § समान स्तर अर्थात दुइ वटा Master Degree लाई नै एउटालाई न्यूनतम र अर्कालाई सो भन्दा माथिल्लो डिग्री मान्न न्याय र विवेकसम्मत हुन नसक्ने । (प्रकरण नं.१६) § सेवा प्रवेश गर्दा तोकिएको न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित विषयको शैक्षिक उपाधिलाई मात्र बढुवा प्रयोजनका लागि अतिरिक्त शैक्षिक योग्यता वापतको अंक दिन मिल्नेमा सोही सरहको: M.Sc. in Agricultural Economics र M.Sc. in Rural Development लाई अतिरिक्त शैक्षिक योग्यता वापत अंक दिई जोडी विपक्षी बढुवा समितिले प्रकाशित गरेको सूचना र सोलाई सदर गर्ने लोकसेवा आयोगको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं.२०) निवेदक तर्फवाटः उपस्थित विद्धान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फवाटः विद्धान महान्यायाधिवक्ता श्री यज्ञमूर्ति बन्जाडे र सहन्यायाधीवक्ता श्री राज नारायण पाठक र विद्धान अधिवक्ता श्री हरिप्रसाद उप्रेती र श्री नारायणप्रसाद खनाल अवलम्वित नजीरः आदेश न्या.तपवहादुर मगरः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत दर्ता भै संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र निर्णय आदेश यसप्रकार छ:– २. विपक्षी वढुवा समितिले वढुवा सूचना नं. १२।२०५९।२०६० कृषि सेवा एग्री इको. एण्ड मार्केटिङ्ग समुहको रा.प.द्वितिय श्रेणी (प्रा) पद २ मा फाईल वढुवा गर्ने सूचना प्रकाशित भएको र म निवेदिका समेत सम्भाव्य उम्मेदवार भएकोले वढुवाको फारम भरी वढुवामा सामेल भएकी थिएं । विपक्षी वढुवा समितिले मिति २०६०।६।१३ को गो.प.को सूचना वमोजिम विपक्षी शशिरत्न शाक्य र जीवराज गौतमलाई अतिरिक्त शैक्षिक योग्यता वापत दिन नमिल्ने अँक दिई वढुवा सिफारिस गरेकोमा अतिरिक्त शैक्षिक योग्यता वापत विपक्षीहरुलाई कानून विपरीत दिएको अँक घटाउने हो भने वढुवाको १ नं. मा म निवेदिका पर्ने हुनाले उक्त वढुवा सिफारिस वदर गरी म निवेदिकालाई वढुवा गरिपाऊँ भनी लोक सेवा आयोगमा उजुरी दिएकोमा विपक्षी लो.से.आ.ले विना मितिको आयोगको निर्णय नं. १५३।२०६०।६१ मा निम्न आधार लिई मेरो उजुरी खारेज गरियो । वढुवा सिफारिस भएका शशिरत्न शाक्यले M.Sc. In Agricultural Economics मा र जीवराज गौतमले Rural Development मा गरेको स्नातकोत्तरको शैक्षिक उपाधीलाई अतिरिक्त शैक्षिक योग्यताको अँक प्रदान गरि वढुवा समितिले वढुवा सिफारिस गरेवाट आफ्नो नाम वढुवाका लागि सिफारिस ह