निर्णय नं. ८०८४ - मोही नामसारी गरी मोही पुर्जा पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०८४ - मोही नामसारी गरी मोही पुर्जा पाऊँ । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/१२/३० ४४०६ निर्णय नं. ८०८४ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६१ सालको दे.पु.नं.– ८९२०, ८९२१ फैसला मितिः २०६५।१२।३०।१ मुद्दा :– मोही नामसारी गरी मोही पुर्जा पाऊँ । पुनरावेदक प्रतिवादीः जि. सुनसरी इनरुवा नगरपालिका वडा नं. ३ बस्ने सीतादेवी आचार्य विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी नरसिंह गा.वि.स. वडा नं.१ बस्ने जुमराती मियाँ एवं पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी इनरुवा न.पा. वडा नं. १ बस्ने मो.रहमान मियाँ समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी नरसिंह गा.वि.स. वडा नं. १ बस्ने जुमराती मिया शुरु निर्णय गर्नेः भु.सु.अ.श्री ईश्वरलाल जोशी पुनरावेदन फैसला गर्नेः मा.न्या .श्री कृष्णप्रसाद बस्याल मा.न्या.श्री गोविन्द कुमार श्रेष्ठ § बाटो भन्ने किल्ला प्रायः परिवर्तन हुँदैन भने व्यक्तिका जग्गाको हस्तान्तरणसँगै स्वामित्व परिवर्तन हुन सक्ने । § २०२१ सालदेखि हालको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिको नाउँमा फरक फरक कित्ता कायम भई स्वामित्वमा फेरवदली हुँदै आउनु स्वाभाविक हुने । (प्रकरण नं.५) § जग्गाको मोही आफू रहेको दावी गर्दै अनुसूचीवाला व्यक्तिले दावी लिएको स्थितिमा अनुसूचीसँग सम्वन्धित जग्गा अन्यत्र छ भन्ने व्यक्तिले नै प्रमाण ऐन, २०३१ को दफा २८ ले जिकिर लिने पक्षमै सो जग्गा देखाउने कुराको प्रमाणको भार हुने । (प्रकरण नं.८) § पुनरावेदन गर्ने हक परित्याग गर्न पनि सकिने, चित्त नबुझेको कुरामा पुनरावेदन गरिने हुँदा आंशिक कुरामा मात्र पनि पुनरावेदन गर्न सकिने नै हुँदा कुनै पनि कित्तामा मोही कायम नगरेको निर्णय उपर कित्ता नै किटान गरी केवल दुई कित्ताको मात्र मोही कायम गरी माग्दछ भने अन्य कित्ताका हकमा पुनरावेदन नपरेको मान्नु पर्ने । (प्रकरण नं.१२) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री कमलनारायण दास तथा विद्वान अधिवक्ताहरू श्री जग्गनाथ महतो सिंह र श्री सतीश झा प्रत्यर्थी वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री देवीबहादुर घिमिरे र श्री वोर्णबहादुर कार्की अवलम्वित नजीरः २०६० सालको दे.पु.नं. ९५५१, गोपीलाल लुइटेल समेत वि.वच्चा महतो सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा २८ § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८ फैसला न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- साविक जग्गाधनी मीनबहादुर शाही तथा भोजबहादुर शाही र जगतकुमारी शाही समेत एकै परिवारका व्यक्ति भएकोले मेरा पिता रितु मियाले मोहीमा कमाई आएको भूमिसुधार लागू हुँदा पिता रितु मियाले मोही हकको १ नं. लगत भरी, २ नं. प्रकाशित भई, ४ नं. जोताहा निस्सा प्राप्त गरेको जि.सु.भोक्राहा वडा नं. ३ अन्तर्गत पर्ने साविक चौहदीमा पूर्वमा बाटो, पश्चिममा अगरु, उत्तरमा बाटो र दक्षिणमा अमिन मिया यति ४ किल्ला भित्रको जग्गा ४–१–०–० जग्गा सर्वेनापी हुँदाको अवस्थामा मीनबहादुर शाहीका नाउँमा जि.सु. भोक्राहा वडा नं.३ क को कि.नं. ४१ को १–१५–१८ ऐ. कि.नं. ४० को ज.वि. ०–४–११ ऐ. कि.नं. १५२ को ०–१९–१३ ऐ. कि.नं. १५३ मा ०–३–१५ समेत गरी जम्मा जग्गा ३–३–१७ कायम भएको सो जग्गा अधिया बटैया शर्तमा मेरा पिता रितु मियाले जोती क