निर्णय नं. ८०८६ - जग भत्काई खिचोला मेटाई चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०८६ - जग भत्काई खिचोला मेटाई चलन । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/१९ ३५६४ निर्णय नं. ८०८६ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०५९ सालको दे.पु.नं. ८५३९ फैसला मितिः २०६५।११।१९।२ मुद्दा :– जग भत्काई खिचोला मेटाई चलन । पुनरावेदक वादीः जिल्ला पर्सा गा.वि.स. बेलवा ५ बस्ने सत्य नारायण राउत कुर्मी विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पर्सा गा.वि.स. बेलवा ५ बस्ने राम अयोध्याप्रसाद कुर्मी समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री जगन्नाथ ढकाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री गोविन्दकुमार उपाध्याय मा.न्या. श्री हरिबहादुर बस्नेत § जग भत्काउनेतर्फ दावी लिई सकेपछि विवादित अवस्थामा प्रतिवादीले घर बनाउँछ भने त्यसको परिणाम प्रतिवादीले व्यहोर्नु पर्ने, जग भत्काई पाऊँ भनी मुद्दापरी विचाराधीन अवस्थामा रहेकोमा घर निर्माण कार्य भएको देखिएको हुँदा घर निर्माण कार्य सम्पन्न हुनु पूर्वनै घरको जग भत्काई पाऊँ भनी दावी परिसकेको अवस्थामा घर भत्काई पाऊँ भनी छुट्टै दावी लिनुपर्छ भन्ने तर्क औचित्यपूर्ण नहुने । (प्रकरण नं.४) § मुद्दा परी कारवाही चली विचाराधीन रहेको अवस्थामा घर निर्माण भएको देखिँदा जग बाहेकको बाँकी घरको भाग भत्काउनेतर्फ छुट्टै दावी लिनै पर्ने नभई जग भत्काई पाऊँ भन्ने दावीबाट नै सो अवैध जगमाथि निर्माण भएको घर भत्काउन मिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उपेन्द्र अर्याल र उमेश गौतम प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मेरो नाममा दर्ता रहेको जिल्ला पर्सा गा.वि.स. बेलवा वडा नं. ५ कि.नं. ३३८ को ज.वि. ०–१–७ जग्गा पूर्वतर्फ विपक्षीहरूको कि.नं. ३३७ को जग्गा पर्दछ । विपक्षीले केही जग्गा मसँग बिक्री गर्न माग गर्दा मैले उक्त जग्गा बिक्री गर्न इन्कार गरेकोमा सोही कुराबाट रिसइवी लिई मिति २०५७।१।५ गतेको दिन बिहान १० बजेको समयमा विपक्षीहरूले आफ्नोसँग साथमा ५–७ जना मिस्त्रि जना मजदुर लगाई जग खन्ने कार्य शुरु गरी मेरो जग्गाको पूर्वतर्फबाट ज.वि. ०–०–२ समेत मिसाई जग खन्न लाग्दा मैले मनाही गर्दा विपक्षीहरूले मलाई कुटपिट गर्ने धम्की दिंदा मैले चुप लागि बसेपछि विपक्षीहरूले मिति २०५७।१।२५ गतेसम्म पक्की जग तयार गरी जग्गा खिचोला गर्नु भएकोले मेरो नाम दर्ताको जिल्ला पर्सां गा.वि.स. बेलवा वडा नं. ५ कि.नं. ३३८ को ज.वि. ०–१–७ जग्गा मध्ये पूर्वतर्फबाट रु २०००।– पर्ने जग्गा विगाहा ०–०–२ जग्गा च्यापी आफ्नो जग्गामा मिसाई पक्की जग बनाई खिचोला गर्नु भएकोले जग भत्काई खिचोला मेटाई चलन चलाई लागेको कोर्टफी समेत विपक्षीबाट दिलाइ भराईपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र । वादी दावी अनुसार हामीले वादीको जग्गा खिचोला गरी जग लगाएको होइन छैन । वादी दावी बमोजिम जग भत्काई खिचोला चलन चलाउनुपर्ने होइन छैन । मैले आफ्नो जग्गामा घर बसाई घरको वरिपरि खाली जग्गा करिब ८–९ फिट छाडी सो छाडिएको जग्गामा मैले आफ्नोतर्फबाट नै कि.नं. ३३७ को जग्गा मै आँपको रुख १ समेत अमलाको रुख १, अम्बाको रुख १, सजिवनको रुख १, समे