निर्णय नं. ७७१२ - अख्तियार दुरूपयोग गरी भष्ट्राचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७१२ - अख्तियार दुरूपयोग गरी भष्ट्राचार गरेको भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०१/१७ ४६६३ निर्णय नं.७७१२ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०५८ सालको फौ.पु.नं ३०८० फैसला मितिः २०६३।१।१७।१ मुद्दा:– अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको । पुनरावदेक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला सितापाईला घर भई दुर शिक्षा केन्द्र सानो ठिमीको उप निर्देशक पदमा कार्यरत श्री केदारचन्द्र खनाल समेत § शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुन जाने । § मुद्दाको तथ्यगत अवस्थाबाटै आरोपित कसूर ठहर गर्न सो कार्यालय र पदाधिकारीलाई अलग्याएर कदापि नमिल्ने । § वादी पक्षले नै प्रतिवादी बनाउन नसकेको पदाधिकारी वा निकायलाई अदालत आफैं वादी वनी कसूरदार ठहर गर्न नमिल्ने । § मुद्दाको सुनुवाईको क्रममा पछिबाट देखिएको कुनै नविन तथ्यका सम्बन्धमा स्पष्ट हुन आवश्यक देखिएमा मात्र मुलुकी ऐन अ.वं. १३९ नं. को प्रयोग हुने । § वादी पक्षले जानी जानी प्रतिवादी नबनाएको पक्षलाई अदालत आफैं सक्रिय भई अ.वं. १३९ नं. को प्रयोग गरी झिकाई रहने हो भने अभियोजन पक्षको काम अदालत आफैले लिए सरह हुन जान्छ जुन Adversial कानूनी प्रणाली अवलम्बन गरिएको हाम्रो जस्तो न्यायिक परिपाटीको मूल्य र मान्यता समेतका विपरीत हुन जाने । (प्रकरण नं.१९) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.गौरी ढकालः पुनरावेदन अदालत पाटनको मिति २०५८।६।८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र फैसला यस प्रकार छः– २. परिक्षा नियन्त्रक हरिवोलले आफ्नो छोरी अनुतिर्ण भएको सूचना मिति २०५६ असार २१ गतेको कान्तिपुरमा छपाए तापनि सि.नं. १२७०६५१ ई बाट फेल भएकी छोरीलाई सातै विषयमा ४० देखि ४५ अंक दिई पास गराएको, छोरीले जाँच दिएको केन्द्र संजिवनी केन्द्रको उत्तर पुस्तिकाहरु आफ्नो नियन्त्रणमा लिई षडयन्त्र गरेको । परिक्षा नियन्त्रक हरिवोल खनाल, शा.अ निमराज जोशी, सुरेन्द्र जोशी, माधव दाहाल, ढुण्डी पोखरेल, कम्प्यूटर प्रोग्रामर परशुराम थापा समेतको गुटले उत्तर पुस्तिकाहरु परिक्षककहाँ वितरण गर्न शुरु गरे पछि शा.अ. निमराज जोशीलाई एक महिना सम्म मूख्य मूख्य शहरका मूख्य मूख्य विद्यालयहरुमा सम्पर्क गर्न पठाएको, रिजल्ट तयार गर्ने क्रममा टेवुलेशन कार्य भैरहेको अवस्थामा अंग्रेजी, गणित र विज्ञानका शिक्षकहरुबाट पुनः उत्तर पुस्तिकाहरु जँचाउने काम गराइएको, असार १४ गतेबाट टेवुलेशन शुरु भएकोमा १६ गते विहान ३ जना शिक्षकहरुलाई वोर्डिङ स्कुलहरुका उत्तरपुस्तिकामा अंक थपघट गराउने काम गराइएको, असार १५ गते राती १२ वजे वोर्डको के स्थिती छ भनी हेरी अंक थपघट गराई ५० लाख पैसा असुल गराई वोर्डमा ल्याउने काम गरेको, २०५४ सालको पुरक एस.एल.सी. परिक्षाले ४० हजार परिक्षार्थी कम हुँदा हुँदै प्रश्न पत्र छपाईमा रु. १० लाख वढी खर्च गराएको, रिटोटलिङ्गबाट प्रति विषय १५ हजार अशुल गर्दै हिडेको कुरा परिक्षा नियन्त्रकको छोरीको र वोर्डमा आएका परिक्षार्थीहरुको उत्तर पुस्तिकाहरुको केरमेट थपघटबाट स्वत