निर्णय नं. ८७६४ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७६४ - कर्तव्यज्यान भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६८/०८/०१ १६२६२ ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७६४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल फौ.पु.नं. २०६६–CR–०००४ फैसला मितिः २०६८।८।१।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः ओजराज विष्टको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः लमजुङ जिल्ला, चिती गा.वि.स.वडा नं. ८ बस्ने यज्ञबहादुर थापा समेत शुरु फैसला गर्नेः मा.जि.न्याः श्री तीर्थराज देवकोटा पुनरावेदन फैसला गर्नेः मा.न्याःश्री माधवराज थापा मा.न्याःश्री पुरुषोत्तम पराजुली यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री मोहनप्रकाश सिटौला § जाहेरी दरखास्तमा लेखिएका कुराहरूलाई आधार बनाई अनुसन्धानकर्ताले अपराधको सम्बन्धमा महत्वपूर्ण सूचना संकलन गरी सम्भाव्य अपराधीको पहिचान गर्न र अपराध पुष्टि गर्नसक्ने । § जाहेरी दरखास्तलाई अदालतले अन्य संकलित प्रमाणको रोहमा परीक्षण नगरेसम्म वा अन्य प्रमाणहरूले समर्थन (Corroborate) नगरेसम्म त्यस्तो जाहेरी दरखास्त आफैँमा स्वतन्त्र प्रमाण हुन सक्तैन । अन्य प्रमाणबाट समर्थित नगरेसम्म जाहेरी दरखास्त केवल अपराध अनुसन्धानको क्रममा मात्र सहयोगी हुन सक्तछ । त्यसैले जाहेरी दर्खास्तलाई अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरुद्ध प्रमाणको रुपमा ग्रहण गर्नुपूर्व सो जाहेरी दरखास्तको न्यायिक परीक्षण त्यत्तिकै आवश्यक हुने । § जाहेरी दरखास्तको मूल्याङ्कन गर्ने महत्वपूर्ण आधारको रुपमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति अर्थात् जाहेरवाला स्वयं साक्षीका रुपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा वकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान हुनु पर्दछ । अन्यथा कुनै पनि जाहेरीको व्यहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्व ग्रहण गर्न नसक्ने । (प्रकरण नं.६) § लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट कसैको मृत्यु कर्तव्यबाटै भएको देखिए तापनि त्यस्ता प्रमाणहरूले कुनै अमुक व्यक्ति नै कसूरदार हो भन्ने कुरा निर्धारण गर्न सक्तैनन् । अनुसन्धानको क्रममा संकलन भएका अन्य प्रमाणहरूले सिलसिलेवार रुपमा आरोपित व्यक्तिउपरको कसूरलाई स्थापित गरेको अवस्थामा मात्रै शव परीक्षण प्रतिवेदन तथा लासजाँच मुचुल्काले त्यस्तो आरोपित व्यक्तिउपर कसूर कायम गर्ने प्रमाणको स्थान ग्रहण गर्ने । § लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनलाई मात्रै पनि आरोपित व्यक्तिका विरुद्ध स्वयंमा अकाट्य प्रमाण मान्न नसकिने । (प्रकरण नं.७) § न्याय निरोपण गर्ने निकायबाट परीक्षण गरिएका प्रमाणहरूबाट वारदातमा प्रतिवादीहरूको संलग्नता पुष्टि नभएको स्थितिमा आफूले परीक्षण नगरेको प्रमाणको आधारमा मात्रै कसैलाई दोषी करार गर्नु फौजदारी न्याय व्यवस्थाको प्रतिकूल हुन जाने । (प्रकरण नं.९) § कुनै पनि फौजदारी कसूरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हुने, अदालतले प्राप्त प्रमाणहरूको परीक्षण एवं मूल्याङ्कन गरी ती प्रमाणहरूले ठहरेबमोजिम मात्र न्याय निरोपण गर्नुपर्ने भन्ने नै हुन्छ । तर अदालत स्वयंले कुनै प्रमाणको सिर्जना गरी कुनै कसूर स्थापित गर्ने वा कसै उपरको अभियोग पुष्टि गर्न नहुने । § संकलित भएका प्रमाणहरूबाट कसैउपरको अभियोग पुष्टि हुने अर्थात त्यस्तो अभिय