निर्णय नं. ८०८८ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०८८ - अंश । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/१९ ५९६७ निर्णय नं. ८०८८ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६० सालको दे.पु नं. ८९४४ फैसला मितिः २०६५।११।१९।२ मुद्दा :–अंश । पुनरावेदक प्रतिवादीः रौतहट जिल्ला गा.वि.स रंगपुर वडा नं. ४ बस्ने राजवीर खाँ थारु विरुद्ध प्रत्यर्थी वादीः रौतहट जिल्ला गा.वि.स रंगपुर वडा नं. ४ बस्ने वहोरी खाँ थारु शुरु फैसला गर्नेः मा.जि.न्या. श्री एकराज आचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या. कल्याण श्रेष्ठ मा.न्या.श्री आत्माराम भट्टराई § अंशियारहरूको आफ्नो भोग ब्यवहार बमोजिम कानूनद्वारा उपलब्ध अनेक उपाय मध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो ब्यवहार मिलाउन स्वतन्त्र हुने तर यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबण्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबण्डा लिखतको विकल्पको रुपमा मान्यता प्रदान गर्न भने नहुने । § पाउनु पर्ने जति आफ्नो अंशहकको सम्पत्ति जुनसुकै माध्यमबाट प्राप्त गरिसकेको ब्यक्तिले अर्को पक्षसँग रहेको उत्तिकै सम्पत्तिबाट पुनः आफ्नो अंश हक खोज्दै जान नमिल्ने । (प्रकरण नं.३) § अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एक पटक अंश लिई सकेपछि सो हक समाप्त हुन्छ । जुन सुकै ब्यहोराबाट भए पनि आफूले प्राप्त गर्ने भाग जति प्राप्त गरे पछि अंशबण्डाको लिखत नभएको भन्ने आधारमा पटक पटक अंशमा दावी गर्न र अंश पाई रहने भन्ने स्थिति स्वीकार्य हुन नसक्ने । (प्रकरण नं.४) § बकसपत्र प्राप्त गर्नुपूर्व आफ्नो नाममा कायम रहेको जग्गा बिक्री गरेको अवस्थामा अंशबण्डाको लिखत कै अभावको कारणले मात्र अंशबण्डा नभएको भनी मान्न नमिल्ने । (प्रकरण नं.५) § ब्यक्तिले पैत्रिक सम्पत्ति पाउने हकबाट विमुख हुन नहुने, जुनसुकै ब्यहोराबाट भए पनिे सम्पत्ति प्राप्त गरी सकेको छ भने त्यो अवस्थामा अंशबण्डाको लिखत पारीत नभएको भनी दावी गरी रहन पाउने र अदालतले अंश दिलाइ दिइरहने अवस्था हुनु नहुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र इन्द्र खरेल प्रत्यर्थी वादीः विद्वान अधिवक्ता श्री सत्यमोहन जोशी अवलम्वित नजीरः § ने.का.प.२०६३, नि.नं.७७६१ पृ.११७६ § ने.का.प.२०५३, अङ्क ११, नि.नं. ६२९२ पृ.८०२ सम्बद्ध कानूनः § अंशवण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१)(ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मुल पुरुष राम शरणको २ छोरामा जेठा म वादीको बाबु सुखल खाँ र कान्छा राजवीर खाँ हुनुहुन्छ । जेठा सुखलको १ मात्र श्रीमती तथा १ मात्र छोरा म वादी बहोरी खाँ भई हजुरबुबा राम शरण, बुबा सुखल चौधरी लोग्ने–स्वास्नी आ–आफ्नो काल गतिले स्वर्गवास भई सकेपछि हामी वादी प्रतिवादीहरू सगोलमा बसी आएकोमा सगोलको सम्पत्तिहरू प्रतिवादीले हिनामिना गर्न लागेको र अंश माग्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो दिन सम्मको चल अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीबाट दाखेल गराई २ भागको १ भाग अंश दिलाइ मेरा नाममा दर्ता समेत गराई पाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । व