निर्णय नं. ८०८१ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०८१ - उत्प्रेषण समेत । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०१/१३ ४१८१ निर्णय नं. ८०८९ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६० सालको रिट नं.३४०६ आदेश मितिः २०६६।१।१३।१ विषय :– उत्प्रेषण समेत । निवेदकः पाल्पा जिल्ला, देउराली गा.वि.स.८ घर भई सहकारी विभाग अन्तर्गत सहकारी अधिकृत पदमा कार्यरत रहेका बखत सेवाबाट हटाइएको मानबहादुर बि.के विरुद्ध विपक्षीः प्रशासकीय अदालत, काठमाडौ समेत § प्रशासकीय अधिकारीले निर्णय गर्दा तथ्य र कानूनको विवेचना गरी न्यायिक मनको प्रयोग गरी आधार र कारणसहितको तर्कपूर्ण (Reasoned) निर्णय गर्नुपर्नेमा निवेदकलाई विभागीय सजाय गर्नुपर्ने भनी मातहत कर्मचारीले पेश गरेको राय टिप्पणी माननीय मन्त्रीबाट सदर भएको र सोही रायसाथ पेश भएको निर्णय आदेशको मस्यौदामा दस्तखतसम्म गरेको अवस्थामा उक्त निर्णय आदेशमा सो आदेश गर्ने अधिकार आफूलाई कुन कानूनले प्रदान गरेको हो भन्ने सम्बन्धमा स्पष्ट हुनुपर्ने । (प्रकरण नं.५) § विभागीय सजायको आदेश दिने अधिकारी र स्पष्टीकरण माग गर्ने अधिकारीसमेत एकै र कानूनद्वारा अधिकारप्राप्त अधिकारी भएकोसमेत नदेखिँदा विभागीय सजाय गर्ने आदेश कानूनसँगत नदेखिने । (प्रकरण नं.६) निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री जगन्नाथ सिंह विपक्षीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल अवलम्वित नजीरः ने.का.प. २०६५, नि.नं. ७९३०, पृष्ठ १७१ र संवत् २०६० सालको रिट नं. ३४१८, उत्प्रेषणयुक्त परमादेश, अर्जुनसिंह थापा वि.कृषि तथा सहकारी मन्त्रालय समेत सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा ५९(ख)(१) § निजामती सेवा ऐन, २०४९ को दफा ६२ § नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को नियम १०(१) § श्री ५ को सरकार (कार्य विभाजन) नियमावली, २०५७ को अनुसूची २ § निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा ६७ आदेश न्या.राजेन्द्रप्रसाद कोइरालाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- म निवेदक लोकसेवा आयोगबाट लिइएको खुला प्रतियोगितामा छनौट भई नियुक्तिका लागि भएको सिफारिस बमोजिम २०४७ सालमा नेपाल प्रशासन सेवाको रा.प.तृतीय श्रेणीको शाखा अधिकृत पदमा नियुक्त भई कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी प्रशिक्षण केन्द्रको सहकारी प्रशिक्षक पदमा कार्यरत रहँदैआएकोमा थप उच्च शिक्षा हासिल गर्ने इच्छा भएकोले निजी प्रयासमा चार्टर्ड एकाउन्टेण्ट कोर्ष अध्ययन गर्नका लागि मैले स्वीकृति माग गरेअनुरूप श्री ५ को सरकार (सचिव स्तरीय) को मिति २०५३।११।२ को निर्णय बमोजिम अध्ययन बिदा दिने स्वीकृति प्राप्त भएकोले भारत कानपुरस्थित इन्स्टिच्यूट अफ चार्टर्ड एकाउण्टेण्टस अफ इण्डियामा भर्ना अनुमति प्राप्त भएको थियो । यसै बीच सन् १९९७ मे ५ देखि जुलाई ७ सम्म करीव २ महिना जापानमा एग्रिकल्चर को–अपरेटिभ तालिममा भागलिन पठाइएको हुँदा तालिम सम्पन्न भएपछि अध्ययन बिदा दिने स्वीकृति प्रदान भइसकेको हुँदा म जापानबाट सोझै भारत गई भारतबाटै तालीम सम्पन्न गरेको प्रतिवेदन पेश गर्नुका साथै अध्ययन बिदापाऊँ भनी लेखेको मिति २०५४।४।१ को निवेदन मिति २०५४।५।१३ मा दर्ता गरी मिति २०५४।३।२९ देखि लागू हुने गरी निजामती सेवा नियमावलीको नियम ६१(५)