निर्णय नं. ७७१३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७१३ - उत्प्रेषणयुक्त परमादेश भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०३/१९ २७२९ निर्णय नं.७७१३ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संम्वत २०६० सालको रि.नं..... ३४८६ आदेश मितिः २०६३।३।१९।२ मुद्दा: उत्प्रेषणयुक्त परमादेश । निवेदकः मोरङ्ग जिल्ला उर्लावारी गा.वि.स. वार्ड नं. २ बस्ने छायानाथ ढुंगाना समेत विरुद्ध विपक्षीः मोरङ्ग जिल्ला अदालत, विराटनगर समेत § ३ वर्ष ८ महिना १९ दिन पश्चात मात्र वण्डा छुट्याई पाऊ भनी दरखास्त पर्न आएको अवस्था हुंदा उक्त दरखास्त उपरोक्त दण्ड सजायको ४६ नं. को हदम्याद नाघी दायर हुन आएको स्पष्ट देखिने । § जिल्ला अदालतबाट त्यस्तो दरखास्त लिने गरी भएको निर्णय तथा वण्डा छुट्याईदिने गरी भएको वण्डा मुचुल्का समेत दण्ड संजायको ४६ नं. को देहाय १ को कानूनी व्यवस्थाको प्रतिकूल देखिने । § जिल्ला अदालत समेतबाट वण्डा छुट्याउने सम्वन्धमा दरखास्त दिने लिने र सो दरखास्त उपर कारवाही गरी वण्डा छुट्याई दिने गरी भएको सम्पूर्ण काम कारवाहीमा प्रत्यक्ष कानूनी त्रूटि (Apperant legal error) देखिंदा त्यस्तो प्रत्यक्ष कानूनी त्रुटिपूर्ण काम कारवाहीलाई वैद्यता दिने गरी भएको पुनरावदेन अदालतको आदेश समेत दण्ड सजायको ४६ को देहाय १ को कानूनी व्यवस्था प्रतिकूल देखिने । (प्रकरण नं. ११) § जिल्ला अदालतबाट वण्डा छुट्याई पाऊ भन्ने निवेदन दर्ता गर्ने आदेश र सो आदेशको आधारमा गरेको वण्डा मुचुल्का तथा सो वण्डा मुचुल्का सदर गरेको पु.वे.अ.को आदेश लगायतका सम्पूर्ण कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री भरतबहादुर थापा र श्री द्रोण दाहाल विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं आदेश यस प्रकार छ । २. विपक्षीहरु शान्तबहादुर, कुलबहादुर, काजीबहादुर र कृष्णबहादुर समेतले विपक्षी कमलबहादुर उपर अंश मुद्दा गरी सो मुद्दामा मिति २०५४।२।५ मा भएको फैसला बमोजिम हाम्रो संयुक्त नाम समेतको जिल्ला मोरङ्ग मधुमल्ला ५ (च) को कि.नं. १५०१ को साविक कि.नं. ६९३ को जग्गा समेत वण्डा छुट्याई पाऊ भनी २०५७।१०।२४ मा दण्ड सजायको ४३ नं. बमोजिम २०५७।१०।२६ मा निवेदन परेकोमा दण्ड सजायको ४६ नं. को हदम्याद व्यतीत भएकोले कारवाही गरी रहनु परेन भनी आदेश भए उपर दण्ड सजायको ६१ नं. बमोजिम परेको निवेदनबाट सो आदेश बदर भै वण्डा छुट्याउने कारवाही शुरु भएको । सो क्रममा अदालतबाट दर्ता श्रेस्ता माग भएकोमा उर्लावारी गा.वि.स.वार्ड नं. ५(च) कि.नं.६९३ को तायदाती फाटवारीमा देखाइएको कित्ता नभएको र कि.नं. १५०२ को ज.वि. ०(०(१६ घुर जग्गा मात्र कमलबहादुरको नाममा देखिएकोमा साविक कि.नं. ६९३ को जग्गा बाटै वण्डा छुट्याई वण्डा मुचुल्का गरिएको । उक्त वण्डा बदर गरी पाऊ भनी दण्ड सजायको ६१ नं. बमोजिम निवेदन परेकोमा जुन कि.नं. को जग्गाको अस्तित्व नै छैन र बदरतर्फ कारवाही भएको पनि देखिंदैन , तसर्थ मिति २०५८।३।४ को वण्डा मुचुल्का कि.नं. ६९३ को हद सम्म कानून विपरीत हुंदा बदर हुने ठहर्छ भनी मोरङ्ग जिल्ला अदालतबाट मिति २०५८।१२।९ मा आदेश भएको । सो आदेशमा चित्त नबुझेकोले बदर गरी पाऊ भनी अ.वं. १७ नं. बमोजिम विपक्षी शान्तबहादुर समेतको निवेदन परेकोमा तायदातीमा पर