निर्णय नं. ८२९० - लिलाम दर्ता बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९० - लिलाम दर्ता बदर । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१०/२८ ५४०५ निर्णय नं. ८२९० वैशाख, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावलोकन निस्सा नं. : ०६४–DF–००३३ फैसला मितिः २०६६।१०।२८।५ मुद्दा: लिलाम दर्ता बदर । निवेदक/वादीः जिल्ला बारा, टेडाकटृी गा.वि.स.वडा नं. ८ बस्ने जयकलीदेवी भेडिहरिनको मु.स. गर्ने अबधप्रसाद भेडिहार विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला बारा, इनर्वावाल गा.वि.स. वडा नं. ४ बस्ने मोनिफ मिया अन्सारी शुरु निर्णय गर्नेः मा.जि.न्या.श्री केदारप्रसाद चालिसे पुनरावेदन फैसला गर्नेः मा.मु.न्या. श्री मीनबहादुर रायमाझी मा.न्या. श्री वैद्यनाथ उपाध्याय संयुक्त इजलासका न्यायाधीशहरूः मा.न्या. श्री शारदा श्रेष्ठ मा.न्या. श्री बलराम के.सी. § पारिवारिक संरचनामा खलल पर्ने किसिमको कार्यलाई कानूनले मान्यता दिँदैन । परिवारको कुनै एक सदस्यले परिवारका अन्य सदस्यलाई जानकारी नै नदिई जथाभावी व्यवहार गर्दै जाने र त्यसको दायित्व अन्य सदस्यले समेत वहन गर्नुपर्ने अप्ठेरो परिस्थिति नआओस् भन्ने उद्देश्यले घरको मुख्य व्यक्तिको अवधारणालाई कानूनले आत्मसात् गरेको हो । लेनदेन व्यवहारको ८ नं. ले यही मान्यतालाई ग्रहण गरेको देखिने । (प्रकरण नं.२) § परिवारको कुनै एकजना व्यक्तिले व्यहोर्नुपर्ने दायित्वका लागि अन्य व्यक्तिको नाममा रहेको सम्पत्ति लिलाम गर्ने कार्य आफैंमा कानूनअनुरूपको मान्न नसकिने । § छोराले घरको मुख्य व्यक्तिको रुपमा रहेकी आमाको कुनै मञ्जूरी नलिई गरेको व्यवहारको दायित्व वहनका लागि सगोलको सम्पत्तिमा समाउन नपाउने कानूनी व्यवस्थाविपरीत आमाको नाममा रहेको सम्पत्ति निजको जानकारी बेगर लिलाम गरी विगो असूलउपर गर्ने गरी भएको कार्यलाई मान्यता दिन नमिल्ने । § दर्तावालालाई सुनुवाइको मौका नै नदिइएको र विगो भरिभराउको कार्यमा संलग्नता नरहेको अवस्थामा भरिभराउको प्रयोजनका लागि सम्पन्न गरिएका लिलाम समेतका काम कारवाहीको विषयमा दण्ड सजायको ६१ नं. र अ.वं. १७ नं. आकर्षित हुनसक्ने अवस्था नहुने । (प्रकरण नं.४) निवेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री बगला रेग्मी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री सतीशकुमार झा अवलम्वित नजीरः नेकाप २०५७, अङ्क ५, निर्णय नं. ६९०४, पृष्ठ ४४० सम्बद्ध कानूनः § मुलुकी ऐन लेनदेन व्यवहारको ८ नं. § दण्ड सजायको ६१ नं. § अ.वं. १७ नं. फैसला न्या. खिलराज रेग्मीः यस अदालतको संयुक्त इजलासबाट भएको मिति २०६१।७।२६ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी हेरिपाऊँ भनी परेको निवेदनमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ:- अमिरी राउत भेडिहरको पत्नी म फिरादी र विपक्षी ठाकुरप्रसाद, अवधप्रसाद र रामप्रवेश गरी ३ (तीन) छोरा छन् । पति अमिरी राउतको स्वर्गवास पश्चात् म नै घरको मुख्य भै घर व्यवहार चलाई आएकोमा विपक्षी ठाकुरप्रसादले मिति २०४०।४।२० मा विपक्षी मोनिफ मियासँग रु.६,५७२।– कर्जा लिई कपाली तमसुक गरी दिएकोमा सो लेनामा नालेस परी भरी पाउने ठहरी फैसला गराई सोबमोजिम भरिभराउको नालेस गरी मेरो नामको जिल्ला बारा गा.वि.स. टेडाकट्टी वार्ड नं.८ स्थित कित्ता नं. २३३ को ज.वि. ०–११–० जग्गा