निर्णय नं. ७७१४ - लागू औषध गाँजा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७१४ - लागू औषध गाँजा भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०३/१२ ३४८१ निर्णय नं.७७१४ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०५९ सालको फौ.पु.नं. ..२८८७ फैसला मितिः २०६३।३।१२।२ मुद्दा:– लागू औषध (गाँजा) । पुनरावेदक र प्रतिवादी मकवानपुर जिल्ला मनहरी गा.वि.स. वडा नं. ४ बस्ने पदमबहादुर तितुङ विरुद्ध प्रत्यर्थी र वादीः प्र.नि बलिराम यादव समेतको प्रतिवेदनले नेपाल सरकार § पुनरावेदक कसूरमा संलग्न रहेका भनी अनुसन्धान क्रममा बयान गर्दा सहअभियुक्तले गरेको पोल मात्रलाई यी पुनरावेदकलाई कसूरदार ठहर गर्ने पर्याप्त प्रमाण मान्न नमिल्ने । § प्रतिवादी पदमबहादुर समेतलाई बारदातका दिन पक्राउ गरेको भनी बकपत्र गरेको भएपनि यी प्रतिवादीको अनुसन्धान क्रममा बयान नभएको र निजलाई पक्राउ गरेको भन्ने जिल्ला प्रहरी कार्यालयको पत्र भएबाट प्रतिवेदक प्रहरीहरुको सो भनाई प्रमाण ग्राह्य नदेखिने । § अदालतले एउटै तथ्यलाई एक मुद्दामा मान्यता दिनु र अर्को मुद्दामा मान्यता नदिनु न्यायपूर्ण हुन नसक्ने । § अदालतमा इन्कारी बयान गर्ने सह अभियुक्तले अनुसन्धान क्रममा गरेको पोल बाहेक पुनरावेदक विरुद्ध प्रमाण लाग्ने ठोस सबुद मौजुद नरहेको, प्रतिवेदक प्रहरीहरुले पनि अदालतमा बकपत्र गर्दा यी पुनरावेदकलाई गडाउ गर्न नसकेको अवस्थामा अभियोग दावीबमोजिम कसूर गरेको ठहराएको जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं.३४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम दाहाल प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत अवलम्वित नजीरः फैसला न्या.अनुपराज शर्माः पुनरावेदन अदालत हेटौंडाबाट २०५८।१२।२५।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने आदेश भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:– २. जि.म.मनहरी गा.वि.स. वडा नं. ४ सिमपानी स्थित पूर्व रामबहादुर ढकालको घर, पश्चिम शेषकान्त कालाखेतीको घर, उत्तर महेन्द्र राजमार्ग, दक्षिण कृष्णप्रसाद कालाखेतीको जग्गा यती ४ किल्ला भित्र १० × १५ फिटको १ तले गाई बाध्ने कृष्णप्रसाद कालाखेतीको गोठबाट मिति २०५४।६।९ गते जुटको बोरामा राखेको ५ बोरा गांजा बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ३. मिति २०५४।६।९ गते बेलुका ७ :३० बजेको समयमा कृष्णप्रसाद कालाखेतीको गोठ खान तलासी गर्दा ५ बोरामा ११० के.जी. अवैध लागू औषध फेला परेकोले कृष्णप्रसाद कालाखेती समेत जना ५ लाई यसै प्रतिवेदन साथ दाखिला गरेको छु । कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.नि. बलिराम यादव समेतको प्रतिवेदन । ४. ११० के.जी. गांजा मध्येबाट परीक्षणको लागि स्याम्पल झिकी बांकी रहेको गांजा नष्ट गरिएको भन्ने समेत व्यहोराको मुचुल्का । ५. मिति २०५४।६।८ गते कालिकाटार गा.वि.स.वडा नं. १ बस्ने हरिशरण कालाखेतीको घरबाट ४ बोरा गांजा झिकी निकाली म समेतले बांकी रामचन्द्र कालाखेतीको घरमा रातारात पुर्याएको र कृष्णप्रसाद कालाखेतीलाई उठाई सोद्धा गोठमा लगि परालले छोपी राख भनि कृष्णप्रसाद कालाखेतीले भनेपछि गोठमा लगि राखेको हुं भन्ने समेत व्यहोराको गणेश बहादुर प्रजाको बयान कागज । ६. मिति २०५४।६।९ गते रामचन्द्र कालाखेती र पदमबहादुर तितुङ समेत जना २ ले हामीले गांजा किनेका छौं