निर्णय नं. ८२९१ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९१ - उत्प्रेषण समेत । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०१/०२ ३७७२ निर्णय नं. ८२९१ वैशाख, २०६७ सर्वोच्च अदालत, विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय रिट नं. २०६६-WS-००२९ आदेश मितिः २०६७।१।२।५ विषय:- उत्प्रेषण समेत । निवेदकः काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं ३२ घर भै गोरखापत्र संस्थानमा नायव महाप्रबन्धक पद (तह—११) मा कार्यरत भरतकुमार प्रसाई विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § जुन कानूनले अधिकार दिएको हो सो कानूनअन्तर्गत बनेको र सो कानूनसँग बाधा विरोध भएको भन्ने दावी नरहेको अवस्थामा विनियमलाई उक्त ऐन, नियमको अनुकूल नै रहेको मान्नुपर्ने । (प्रकरण नं.५) § समान तहमा कार्यरत सबैलाई समान रुपमा लागू हुने कानूनी व्यवस्थाले कोही व्यक्ति विशेषलाई प्रभावित तुल्याएको भन्ने मात्र आधारमा असमान व्यवहार भएको भन्ने दावी गर्न सकिने हुँदैन । कुनै व्यक्ति विशेषलाई लक्षित नगरिएको कानूनी व्यवस्थालाई बिनाआधार शंकाको घेरामा राखी समानताको हकसँग जोड्नु व्याख्यात्मक दृष्टिले उचित नहुने । (प्रकरणनं.७) § शर्त वा योग्यता तोक्दा कुनै व्यक्ति विशेषलाई मात्र बञ्चित गर्ने नियत राखिएको अवस्थामा त्यस्तो शर्त र योग्यता तोकिएको क्रियामाथि प्रश्न उठाउन सकिने हुन्छ । तर समान अवस्थाका सबैलाई समान रुपमा आकर्षित हुने गरी तोकिएको शर्तलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं.८) § लामो समयसम्म संस्थानको सेवामा सेवारत रही पदाबधिका कारणले सेवा निवृत्त हुनुपर्ने विषय रोजगारीको हकसँग सम्बन्धित विषय हुन नसक्ने । (प्रकरण नं.९) § शर्त तोक्दा कुनै व्यक्ति विशेषलाई मर्का पर्ने गरी तोकिन्छ वा कुनै व्यक्ति विशेषलाई लाभ हुने गरी तोकिन्छ र त्यसको औचित्य पुष्टि गर्न सकिँदैन भने न्यायपालिकाले हस्तक्षेप गर्न सक्छ । तर सबैलाई समान रुपमा लागू हुने गरी तोकिएको शर्तले तत्काल कसैलाई असर पर्‍यो भन्ने मात्र आधारमा न्यायपालिकाले हस्तक्षेप गर्ने हो भने त्यसबाट अरु जटिलताहरू उत्पन्न हुने । (प्रकरण नं.११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमेशकुमार मैनाली विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल, विद्वान अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की र श्री यमुना भटृराई अवलम्वित नजीरः नेकाप २०५३, अंक ५, नि.नं. ६१८९, पृष्ठ ३७६ सम्बद्ध कानूनः o नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३(१), १८(१), ४३(२) o गोरखापत्र कर्पोरेशन नियमहरू, २०२० को नियम १०५ o गोरखापत्र संस्थान, कर्मचारी सेवा शर्त विनियमावली, २०५२ (दशौँ संशोधन सहित) को विनियम ११८(२क) o कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा १४, २१ o नेपाल सरकार कार्यविभाजन नियमावली, २०६४ को नियम ४, ५ र ६ आदेश प्र.न्या.रामप्रसाद श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (१) र (२) अनुसार यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : निवेदक गोरखापत्र संस्थानको तह–६ को सहायक अधिकृत पदमा मिति २०३६।११।५ मा अस्थायी नियुक्ति पाई सेवा प्रवेश गरी मिति २०३९।४।५ देखि तह–६ को शाखा अधिकृत पदमा स्थायी भई तत्पश्चात् बढुवा हुँदै तह–११ को नायब–महाप्रबन्धक पदमा मिति २०६२।११।८ देखि जेष्ठता गणना हुने र मिति २०६२।१२।१ देखि पदोन्नति पाई सेवारत रहेको बखत म