निर्णय नं. ८२९३ - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९३ - अंश चलन । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१०/०७ ५७४० निर्णय नं. ८२९३ वैशाख, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रणबहादुर वम माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री भरतराज उप्रेती दे.पू.इ.नं. : ०६५–DF–००२६, ००२७ फैसला मितिः २०६६।१०।७।५ मुद्दा : अंश चलन । पुनरावेदक/वादीः जिल्ला काठमाडौँ, पाँगा बालकुमारी गा.वि.स.वडा नं. ३ घर भई बस्किाठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने सन्तमाया महर्जन समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला काठमाडौँ, पाँगा बालकुमारी गा.वि.स.वडा नं. ३ घर भई काठमाडौँ जिल्ला, काठमााडौं महानगरपालिका वडा नं. ११ बस्ने रामचन्द्र महर्जन र पुनरावेदक/प्रतिवादीः जिल्ला काठमाडौँ, पाँगा बालकुमारी गा.वि.स.वडा नं. ३ घर भई काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने रामचन्द्र महर्जन विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला काठमाडौँ, पाँगा बालकुमारी गा.वि.स.वडा नं. ३ घर भई काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने सन्तमाया महर्जन समेत शुरु निर्णय गर्नेः मा.जि.न्या. श्री मीरा खड्का पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री प्रमोद विजयी मा.न्या. श्री केशवप्रसाद मैनाली यस अदालत, संयुक्त इजलासः मा.न्या. श्री अनूपराज शर्मा मा.न्या. श्री ताहिर अली अन्सारी § मानो छुटिृएको मितिका सम्बन्धमा दुई पक्षबीच मुख नमिले तापनि घरायसी बण्डापत्रको लिखत खडा भएको कुरामा वादी र प्रतिवादीको मुख मिलेको र सोलाई कुनै पनि रुपमा निष्क्रिय तुल्याइएका प्रमाणको अभाव रहेको अवस्थामा मानो छुटिृएको मिति कायम गर्ने प्रयोजनका लागि सो लिखतको मितिलाई आधार बनाउन मिल्ने । (प्रकरण नं.२) § कसैको नाममा जग्गा रहनु वा त्यस्तो जग्गामा नक्सा पास गरी घर बनाउने क्रियाले अंशबण्डा भैसकेको वा सो घरजग्गा जसको नाममा छ, निजको एकलौटी हकभोगको वा निजको स्वआर्जनको भन्ने तथ्यलाई पुष्टि नगर्ने । § घर व्यवहार सञ्चालनमा अवलम्बन गरिएका प्रक्रिया, सोसम्बन्धी सहमति वा समझदारीका कुराले अंश हकलाई प्रभावित पार्ने वा कसैलाई अंशहकबाट बञ्चित तुल्याउने वा अंशहकलाई संकुचन गर्ने भन्ने नहुने । (प्रकरण नं. ९) § अंशबण्डाको सन्दर्भमा घरसारका लिखत, सम्पत्तिको स्वामित्व वा भोग जस्ता विषयले मान्यता पाउन सक्दैन । त्यसको एकमात्र आधार भनेको पारित लिखत हो । पारित नभएको घरसारको बण्डापत्रमा कुनै कुरा उल्लेख हुँदैमा त्यसलाई निरपेक्ष रुपमा मान्यता दिने हो भने अंशबण्डाको महल निरर्थक हुन जाने र रजिष्टेशनसम्बन्धी कानूनी व्यवस्था औचित्यहीन हुन पुग्ने । (प्रकरण नं. ८) § मुलुकी ऐनमा २०३४ सालमा भएको सातौँ संशोधनपछिका विवादमा अंशबण्डाको १८ नं. ले निजी आर्जनका रुपमा परिभाषित गरेका सम्पत्तिहरूलाई बाहेक गरी बण्डा गर्नुपर्ने हुन आउँछ । तर सो मितिभन्दा अघिको हकमा त्यसरी बाहेक गर्न मिल्ने खालको कानूनी व्यवस्थाको अभावमा अदालतले अन्यथा हुने गरी व्याख्या गर्नसक्ने स्थिति नरहने । (प्रकरण नं. १०) पुनरावेदक/वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल तथा अधिवक्ताद्वय श्री लोकभक्त राणा र बालकृष्ण नेउपाने प्रत्यर्थी/वादीतर्फबाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री बल्लभ वस्नेत अवलम्वित नजीरः o नेकाप २०४४, नि.नं. ३०१५, पृ.२७३ o नेकाप २०५०, अङ्क १, नि.नं. ४६७९, पृ.५ o नेकाप २०६०, नि.नं. ७२६५५, पृ.७०० सम्बद्ध कानूनः o मुलुक