निर्णय नं. ८२९४ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९४ - उत्प्रेषण । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१०/०७ ६७४६ निर्णय नं. ८२९४ वैशाख, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री रणबहादुर बम रिट नं.–०६४–WF– ०००१ आदेश मितिः २०६६।१०।७।५ मुद्दा– उत्प्रेषण । निवेदकः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.४ हाल काठमाडौँ महानगरपालिका वडा नं.१ बस्ने मोहनलक्ष्मी मास्के विरुद्ध विपक्षीः अर्थ मन्त्रालय समेत यस अदालतमा रायबाझी : मा.न्या.श्री अनुपराज शर्मा मान्याश्री राजेन्द्रकुमारी भण्डारी § आरोपको सूचना दिनु मात्र पर्याप्त हुने नभई सो सूचनाबमोजिम आरोपको खण्डन गर्न, प्रतिवाद गर्न र प्रमाण प्रस्तुत गर्न पर्याप्त र मनासिव समय पनि दिनुपर्ने हुन्छ । साथै सो प्रतिवाद र प्रतिवादको समर्थनमा प्रस्तुत प्रमाण समेतको विश्लेषण गरी स्वतन्त्र भई निर्णयकर्ताले तर्क र प्रमाणमा आधारित भएर प्रचलित कानूनको प्रयोग गरी निर्णय गर्नुपर्ने तथा सो निर्णयमा निष्कर्षमा पुगेको स्पष्ट आधार र कारण खुलाउनु पर्ने । § कुन निकायमा पुनरावेदन गर्न पाउने हो वा के कुन आधारमा पुनरावेदन गर्न नपाउने हो, कुन कानून र प्रमाणको आधारमा त्यस्तो निर्णय गरिएको हो भन्ने जस्ता कुराहरू समेत निर्णयमा उल्लेख हुनुपर्छ र सो कुराको जानकारी सम्बन्धित व्यक्तिलाई सहज रुपमा उपलव्ध गराउनु पर्दछ । अन्यथा त्यस्तो निर्णयलाई न्यायिक दृष्टिकोणबाट उचित, निष्पक्ष र न्यायसंगत नमानिने । (प्रकरण नं.५) § कानूनबमोजिम कारवाही र निर्णय गर्ने अधिकार पाएको कर अधिकृतले कानूनले स्पष्ट रुपमा तोकेको कार्यविधि र प्रक्रियालाई पूर्णरुपमा अनुशरण र पालना गर्नुपर्छ । कानूनको प्रयोग र पालनामा सम्बन्धित कानूनमा अन्यथा उल्लेख भएमा बाहेक अन्य आधार र प्रक्रियाबमोजिम वा आफ्नो स्वविवेकीय अधिकार बमोजिमको छुट्टै प्रक्रिया वा कार्यविधि निर्धारण गर्न मिल्ने हुँदैन । साथै कानूनले म्याद जारी गर्ने स्पष्ट रुपमा ढाँचा तोकिएकोमा कुनै प्रशासकीय वा अर्ध न्यायिक अधिकारीले कानूनले नै अधिकार दिएमा बाहेक सो ढाँचालाई बदल्न, हेरफेर वा संशोधन गर्ने अधिकार नराख्ने । § ट्कार्यविधि कानूनको प्रयोग र पालनमा स्वेच्छाचारी प्रयोग वा त्रुटिपूर्ण प्रयोग भएमा सारवान कानूनको प्रयोग प्रभावित हुनसक्ने खतरा हुन्छ । साथै अनिवार्य रुपमा पालना गर्नुपर्ने कार्यविधिसम्बन्धी कानूनको प्रयोग नगरी मुद्दाको कारवाही र निर्णय गरिएमा सो निर्णय नै त्रुटिपूर्ण मान्नुपर्ने । (प्रकरण नं.११) § सुनुवाइको मौका भनेको प्राकृतिक न्यायको आधारभूत विधिशास्त्रीय सिद्धान्तको रुपमा रहेको छ । जुन व्यक्तिको हक वा हितको प्रतिकूल कारवाही वा निर्णय गर्न लागिएको हो सो व्यक्तिको कुरा सुन्नु (Audi Alteram Partem) तथा निजलाई आफ्नो प्रतिरक्षा गर्न मनासिव अवसर दिइनु पर्दछ भन्ने प्राकृतिक न्यायको आधारभूत सिद्धान्त रहेको छ । यस्तो व्यक्तिलाई प्रशासकीय वा न्यायिक कारवाही र निर्णयको प्रतिकूल प्रभावबाट कार्यविधिगत सुरक्षा प्रदान गर्नु नै सुनुवाइको सिद्धान्तको मूलभूत उद्देश्य रहने । (प्रकरण नं.१६) § कसैको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी उक्त हकहरूको प्रचलनमा रोक लगाउँदा सम्पत्ति धारकलाई सो सम्बन्धमा सफाइ पेश गर्ने वा तत्सम्बन्धी प्रमाण पेश गर्ने अवसर दिएर मात्र निर्णय गर्नुपर्ने । (प्रकरण नं.१८) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्