निर्णय नं. ९०४२ - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०४२ - हातहतियार खरखजाना भाग: ५५ साल: २०७० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/०३/०३ ६१३९ ने.का.प. २०७०, अङ्क ८ निर्णय नं.९०४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की फैसला मिति : २०७०।३।३।२ २०६९–CR–०१८२ मुद्दा : हातहतियार खरखजाना । पुनरावेदक/वादी : प्रहरी निरीक्षक इन्द्रबहादुर थापाको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : इलाम जिल्ला, गजुरमुखी गा.वि.स. वडा नं. ७ हाल काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने प्रविण मिश्र § गाडीमा सवार भईरहेको अवस्थामा अभियोग पत्रमा उल्लेखित अवैध हातहतियारहरू बरामद भएको तथ्यलाई स्वीकार गरेको भए पनि अदालतमा बयान गर्दा सो गाडीमा आफूलाई अवैध हतियार रहेको भन्ने थाहा नभएको भनी उल्लेख गरेको देखिएको र निजलाई सो गाडीमा अवैध हातहतियार रहेको भन्ने कुराको जानकारी थियो भनी अन्य प्रतिवादीहरूले समेत भन्न नसकेको स्थितिमा अवैध हात हतियार राखेको गाडीमा चढेको कारणले मात्र निजले आरोपित कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं.४) शुरू तहमा फैसला गर्नेः प्र.जि.अ. श्री हरिराज पन्त जिल्ला प्रशासन कार्यालय, नवलपरासी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा मा.न्या. श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत बुटवल, रूपन्देही । पुनरावेदक/वादीकातर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल प्रत्यर्थी/प्रतिवादीकातर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : हातहतियार खरखजाना ऐन, २०१९ फैसला मा.न्या.ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं. १ स्थित पूर्व दुम्किवास बजार, पश्चिम ज्यामिरे खोला, उत्तर बाबुराम पुरीको घर तथा होटल, दक्षिण वनप्रसाद गुरूङको खेत यति चारकिल्लाभित्रको महेन्द्र राजमार्गको दक्षिणतर्फ किनारामा पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको दिपक घिमिरे, प्रविण मिश्र, दिपक लामा, टेकबहादुर श्रेष्ठ, विपिन भट्टराई, ओमकार विक्रम कुँवर सवार रहेको बा. ८ च. १७७३ नं. को पजेरो गाडीलाई रोकी खानतलासी गर्दा खुँडा थान १, खुकुरी थान ३, सवारी चालक अनुमति पत्र थान १, सवारी दर्ता प्रमाण पत्र थान १, Automatic Pistol लेखिएको पेस्तोल नाल १, ऐ.को गोली राउण्ड ३ र म्यागजिन थान १ बरामद भएको हो भन्नेसमेत व्यहोराको खानतलासी एवं बरामदी मुचुल्का । मिति २०६७।११।१ गते विहान १०:३० बजे जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा सवारी साधनसमेत आदेशानुसार चेकजाँच गर्ने क्रममा पूर्वतर्फबाट पश्चिमतर्फ आईरहेको बा.८ च. १७७३ नं. को पजेरो गाडीको खानतलासी गर्दा खुँडा थान १, खुकुरी थान ३, सवारी चालक अनुमति पत्र थान १, सवारी दर्ता प्रमाण पत्र थान १, Automatic Pistol लेखिएको पेस्तोल नाल १, ऐ. को गोली राउण्ड ३ र म्यागजिन थान १ बरामद भएको, सो पजेरो गाडीमा सवार भै आएका दिपक घिमिरे, टेकबहादुर श्रेष्ठ, दिपक लामा, प्रविण मिश्र, ओमकार विक्रम कुँवर, विपिन भट्टराईसमेतलाई पक्राउ गरी खानतलासी बरामदी मुचुल्कासमेत खडा गरी बरामदी मुचुल्कामा उल्लेख गरिएका दशीका सामानसहित आवश्यक कारवाहीको लागि दाखिला गरेको छु भन्नेसमेत व्यहोराको प्रहरी निरीक्षक इन्द्रबहादुर थापाको प्रहरी प्रतिवेदन । मेरो पहिलादेखि चिनजान भएका प्रविण मिश्र