निर्णय नं. ८२९५ - अपुताली हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२९५ - अपुताली हक कायम । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०९/२९ ३८२७ निर्णय नं. ८२९५ वैशाख, २०६७ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री तपबहादुर मगर दे.पु.नं. ०६३– CI–०३७१ फैसला मितिः २०६६।९।२९।४ मुद्दा:– अपुताली हक कायम । पुनरावेदक/वादीः उदयपुर जिल्ला जोगिदह गा.वि.स.वडा नं.६ बस्ने दुर्गीदेवी चौधरी थारू विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.त्रियुगा नगरपालिका वडा नं. ५ बस्ने रामकुमारी चौधरी थारू समेत यस अघि निर्णय गर्ने:– जि.न्या. श्री शिवप्रसाद पराजुली पुनरावेदन निर्णय गर्ने:– मा.न्या. श्री तर्कराज भट्ट मा.न्या. श्री गौरीबहादुर कार्की § बाबु वा छोराको अपुताली पर्ने सम्पत्तिमा जे जस्तो हक हिस्सा रहन सक्थ्यो, त्यसरी नै निजहरूका छोरीहरूले प्राप्त गर्नु पर्दछ भन्ने तर्कले अपुतालीभन्दा पनि बढी अंशबण्डाको कानूनसँग सामिप्यता राख्ने । § बाबु र छोराका छोरीहरू दुवैको समान तरिकाले अपुताली हक कायम नहुने विधायिकाको मनसाय रहेको भए सो कुरा प्रष्ट रुपले अभिव्यक्त हुनु सहज र स्वभाविक मान्न सकिन्छ । जव कानूनको त्यस्तो विशेष अवस्था जनाउने उद्देश्य हुन्छ त्यो प्रष्ट रुपमा अभिव्यक्त हुन्छ । तर विवादित कानूनमा त्यस्तो विशेष (Special) अभिव्यक्ति नभई दुवैले बाँडी खान पाउँछन् भन्ने सामान्य (General) वाक्यांशको प्रयोग भएको देखिँदा त्यसको आशय बाबु र छोराका छोरीले बराबर बाँडी खान पाउने हो भन्ने निष्कर्षमा पुग्नु सहज र स्वाभाविक हुने । § कानूनमा प्रयुक्त भाषाले जे जस्तो अर्थ अभिव्यक्त गरिरहेको हुन्छ, त्यसलाई सोही रुपमा ग्रहण गर्नु स्वाभाविक र न्यायोचित हुन जाने । (प्रकरण नं.६) पुनरावेदक/वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खडका प्रत्यर्थी/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद भण्डारी अवलम्वित नजीरः सम्बद्ध कानूनः o मुलुकी ऐन, अपुतालीको ४ नं. फैसला प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत राजविराजको मिति २०६१।११।१६ को फैसला दोहो¥याई हेरिपाऊँ भनी वादी दुर्गीदेवी चौधरीको यस अदालतमा पर्न आएको निवेदनमा मिति २०६३।६।२७ मा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ:- मूलपुर्खा भौसाईको एक छोरा दुर्गानन्द तथा दुई छोरी म फिरादी दुर्गीदेवी र भिखनीदेवीको जन्म भएको थियो । भाइ दुर्गानन्दको छोरी प्र.रामकुमारीको जन्म भएपछि २०३६ सालमा मृत्यु भैसकेको छ । भौसाइका हामी छोरीहरूको विवाह भैसकेको छ । प्र.रामकुमारीको पनि विवाह भैसकेकोे र आमाको समेत मृत्यु भएको र बुबाको पनि २०५६ सालमा मृत्यु भैसकेको छ । बुबाको पालनपोषण मैलेनै गरेकोले बुबाको नाउँको जग्गा अपुताली परेको हुँदा हामी ३ जनाले ३ भाग गरी अपुताली नामसारी गरौं भन्दा प्रतिवादी रामुकमारीले यो सबै जग्गा मेरो हुन्छ म दिन्न भनी अन्यायपूर्ण जवाफ दिएकोले फिराद गर्न आएको छु । पिता भौसाई चौधरी नामदर्ता रहेको जिल्ला उदयपुर गा.वि.स. गाइघाट वार्ड नं. २ख. कि.नं. २२९ को ०–५–० र कि.नं. २३१ को ०–२–० जग्गाको ३ खण्डको एक खण्ड जग्गामा मेरो अपुताली हक कायम गरी मेरो नाउँमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र । विपक्षीले फिरादमा उल्लेख गरेको नाता र पुस्तामा विवाद छैन । हजुरबुबा भौसाई तथा हजुरआमा बेचनी देवीबाट मेरो बुबा दुर्गानन्द र फिरादी दुर्गीदेवी एवं भिखनी