निर्णय नं. ८२९७ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२९७ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०२/२० ३६८१ निर्णय नं. ८२९७ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६५ सालको फौ.सा.नं. ०९५ संवत् २०६५ सालको फौ.विविध नं. ३६२५ संवत् २०६५ सालको फौ.पु.नं. .. ०३४१ फैसला मितिः २०६६।२।२०।४ मुद्दा : कर्तव्य ज्यान । वादीः मगरे कुर्मीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला बाँके कम्दी गा.वि.स.वडा नं. १ वस्ने पितरदिन खटिक एवं निवेदक प्रतिवादीः बाँके जिल्ला कम्दी गा.वि.स.वडा नं १ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका पितरदिन खटिक विरुद्ध विपक्षी वादी मगरे कुर्मीको जाहेरीले नेपाल सरकार र पुनरावेदक प्रतिवादीः बाँके जिल्ला कम्दी गा.वि.स.वडा नं १ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका पितरदिन खटिक विरुद्ध प्रत्यर्थी वादी मगरे कुर्मीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या. श्री यज्ञप्रसाद वस्याल पुनरावदेन फैसला गर्ने: मा.मुं.न्या श्री कृष्णप्रसाद उपाध्याय मा.न्या. श्री देवेन्द्रगोपाल श्रेष्ठ § कसूर गरे तापनि अनुसन्धान र अदालतमा समेत कसूरमा सावित भई अदालती प्रक्रियालाई सहयोग पुर्याउने इमानदार अपराधी र अपराध गरेर पनि अन्तिमसम्म आफ्नो अपराध लुकाई सजायबाट उम्कन चाहने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त नहुने । (प्रकरण नं.७) वादी तर्फवाटः पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाई अवलम्वित नजीरः सम्बद्ध कानूनः o ज्यानसम्बन्धी महलको १, १३(१) o अ.वं. ११८ नं. फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६४।१०।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन परी र साधकमा समेत दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– जिल्ला वाके कम्दी गा.वि.स. वडा नं ७ स्थित पूर्व ववनपुरवा सामुदायिक वन क्षेत्र, उत्तर ऐ. वन क्षेत्र, पश्चिम वव्वनपुरवा वन क्षेत्र तथा बगैचा टोल, दक्षिण डुरुवा खोला टोल यति चारकिल्ला बीचमा रहेको वरगतवासा भन्ने जडीवुटी खेती गरिएको नर्सरीबीचमा उत्तर टाउको दक्षिण खुट्टा दुवै हातलाई पछाडि ढाडको लाइनमा कलेजी रंगको सलले वाधेको दुवै खुट्टा पराले डोरीले वाँधेको घाटीमा २ इञ्च लम्वाई र १/२ इञ्च चौडाई भएको धारिलो हतियारले काटेको घाउ मुखको चिउडोको वायाँ साइडमा २ इञ्च लम्वाई १/२ इञ्च चौडाई धारिलो हतियारले काटेको घाउ खत रहेको लाश जाँच मुचुल्का । जिल्ला बाँके कम्दी गा.वि.स. वडा न. ४ स्थित पूर्वमा असघर खाँको घर , पश्चिममा बाटो, उत्तरमा झोला कुर्मीको घर दक्षिणमा कोलिया बाटो यति ४ किल्लाबीचमा पश्चिम मोहडा भएको मगरे कुर्मीको खपडाले छाएको कच्ची घर उक्त घर अगाडि दक्षिण उत्तर लम्वाई भएको फुसले छाएको घरमा विनोदकुमार कुर्मी सुतेको भन्ने घटनास्थल मुचुल्का । म मिति २०६३।७।३ गते घरमा थिए । म विगत ७ वर्ष पहिलाबाट सामुदायिक वनको चौकिदार काम गर्दै आएको छु । मिति २०६३।७।४ गते म वनको रेखदेख गर्न गएको अवस्थामा वनको बीचमा वरगत वावा भन्ने ठाउमा रहेको जडीवुटी नर्सरीमा एक जना मानिस मृत अवस्थामा रहेको मृतकले लगाएको कपडाबाट मृतक विनोदकुमार कुर्मी रहेको हेरी चिनी घरमा खवर गरेको हुँ भन्ने इन्ताज अली नाउले गरेको वयान ।