निर्णय नं. ७७१७ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७१७ - निषेधाज्ञा भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०४/२१ २९४४ निर्णय नं.७७१७ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०६२ सालको दे.पु.नं.८३०४ फैसला मितिः २०६३।४।२१।१ मुद्दा: निषेधाज्ञा । पुनरावेदक निवेदकः जिल्ला मोरङ मृगौलीया गा.वि.स. वडा नं.९ बस्ने प्रेम कुमार थापा बिरुद्ध विपक्षी प्रत्यर्थीः इलाका प्रहरी कार्यालय धरान, सुनसरी समेत § आफ्नो गाडी हराएको र हराएको गाडी निवेदक कहाँ लुकाएको आशंका गरी प्रत्यर्थीमा खोजतलास र अनुसन्धानका लागि निवेदन दिएको सिलसिलामा निवेदकलाई सोधपुछका लागि ल्याइ सोधपुछ गरी छाडिएको देखिदा निवेदक समेतलाई आशंका गरी परेको निवेदनका आधारमा निवेदकलाई इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि उपस्थित गराउन मिल्ने । § सोधपुछका लागि निवेदकलाई कार्यालयमा उपस्थित गराई सोधपुछ पछि छाडिएको र निवेदकलाई कुनै कागज नगराएको इलाका प्रहरी कार्यालयको लिखित जवाफ परिरहेको स्थितिमा निवेदनमा उल्लेखित कुनै किसिमको आशंकाको विद्यमानता रहेको भन्ने नदेखिनाले निषेधाज्ञाको आदेश जारी हुनपर्ने अवस्था नदेखिने । (प्रकरण नं.१०) पुनरावेदक निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री मोहन मूर्ति पन्त विपक्षी प्रत्यर्थी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको मिति २०६२।४।१७ को फैसला उपर चित्त नवुझी निवेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:– २. विपक्षी विद्या भण्डारी (श्रेष्ठ)लाई मेरो भाई उद्धव थापाले के कति रुपैयाँ सापटी दिई ना.२ख ३३५४ को बस गाडी कान्तिपुर ट्राभल्स विपक्षी विद्या भण्डारी श्रेष्ठले चलाउँदै आउनु भएको थियो । म सँग भान्सा व्यवहार अलग भएको निज भाई पटक पटक उक्त रुपैयाँ ताकेता गर्न विपक्षी विद्या भण्डारी श्रेष्ठसँग जाने गर्दथ्यो । यस्तैमा २०६१ फागुन अन्तिममा मेरो भाई र विपक्षी विद्या भण्डारी श्रेष्ठ र निजका पति नारायण भण्डारी बिच लेनदेन सम्बन्धमा विवाद भयो। विपक्षी विद्या भण्डारी श्रेष्ठले म कुनै पनि रुपैयाँ तँलाई दिन्न जे गर्नु छ गर तलाई म ठीक गर्न सक्छु भनी जवाफ दिनु भएको थियो । मिति २०६१।१२।२ गते देखि भाई घर छोडी हिडेकोमा कहिलेकही घरमा आउने गर्दथ्यो । यस्तैमा २०६२।१।२ गते बेलवारी इलाका प्रहरी कार्यालयमा प्रहरीले मलाई मेरो घरमा आई तपाईसँग केही कुरा वुझ्नु छ भनी इलाका प्रहरी कार्यालय वेलवारी ल्याई वैशाख २ गते इलाका प्रहरी कार्यालय वेलवारी मै थुनी पुनः वैशाख ३ गते इलाका प्रहरी कार्यालय धरान पुर्याई सो वैशाख ३ गते इलाका प्रहरी कार्यालय धरान मै थुनी २०६२।१।४ गते मेरो भाई उद्धव थापा र सो ना.२ख ३३५४ को वस गाडी २०६२।१।११ र पुनः २०६२।१।२१ सम्ममा पत्ता लगाउन सहयोग गर्नेछु भनी जवरजस्ती कागज गराए । यसरी विपक्षीहरुले मलाई दुःख दिई पुनः पक्राउ गर्ने आशंका भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ६(४) द्वारा प्रदत्त अधिकारमा आघात पुर्याएको हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा १७(१) बामेजिम निवेदन गरेको छु । कानून विपरीत निवेदकलाई पक्राउ नगर्नु भनी नागरिक अधिकार एने, २०१२ को दफा १७(२) बमोजिम विपक्षीका नाउँमा अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरिपाऊँ भन्ने निवेदन । ३. निवेदन मांग बमोजिम आदेश जारी किन गर्नु नपर्ने कुनै कारण र आधार भए खुलाई