निर्णय नं. ८२९९ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९९ - उत्प्रेषण समेत । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०८/०१ ४३२६ निर्णय नं. ८२९९ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत् २०६५ सालको फौ.वि.नं.०६५–WO–०५०३ फैसला मितिः २०६६।८।१।२ विषयः उत्प्रेषण समेत । निवेदकः ललितपुर जिल्ला उपमहानगरपालिका ललितपुर वार्ड नं. १० स्थित कम्युनिकेशन कर्नर प्रा.लि. तर्फबाट प्रबन्ध सञ्चालक गोपाल गुरागाई विरुद्ध विपक्षी: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, § सरकारले सरकारी कामकाज गर्दा पारदर्शितालाई पूर्णरुपले पालन गरी काम गरेमा जनताले Red Tapism भ्रष्टाचार र ढिला सुस्तीको मारबाट पीडित हुन पर्दैन । सुसूचित हुने हकले सरकारलाई जनताप्रति पनि Accountable बनाउँदछ । सरकारी कामको पारदर्शिता र जनतालाई प्राप्त सुसूचित हुने हकले सरकारलाई जहिले पनि सही मार्गमा डोर्‍याउछ । नेपालको अन्तरिम संविधानको धारा २७ मा भएको नागरिकहरूको सुसूचित हुने हकले एक प्रकारले राज्य सञ्चालन गर्ने सरकारको विरुद्ध Checks and Balance को काम गर्ने । (प्रकरण नं. १५) § प्रत्येक नागरिकले देशमा के भइरहेको छ सरकारले आफ्नो संवैधानिक कर्तव्य र काम कारवाही कसरी गर्दैछ भन्ने समसामयिक विषयदेखि लिएर देशको राजनीतिक, सामाजिक, आर्थिक, औद्योगिक, कृषि, वैदेशिक सम्बन्ध लगायत राष्ट्रले दैनिक रुपमा गर्ने काम र पछिल्ला गतिविधि समेत थाहा पाउने र जानकारी राख्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । यस्ता हकको प्रचलनको लागि रेडियो जस्तो प्रसारण माध्यमको भूमिका महत्वपूर्ण रहने । (प्रकरण नं. १६) § कानूनको प्रयोग र व्याख्या गर्दा सम्बन्धित विषयवस्तुको Usage, Practice र मान्यताअनुकूल उदार र फराकिलो गर्नुपर्ने । (प्रकरण नं. २२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की, श्री सतिशकृष्ण खरेल विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः o नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ र २७ o राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा २(क) o राष्ट्रिय प्रसारण नियमावली, २०५२ को अनुसूची २(क) o रेडियो ऐन, २०१४ को दफा २(क) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) अन्र्तगत यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः कम्युनिकेशन कर्नर प्रा.लि (यस पछि प्रा.लि. भनिने) सूचना तथा सञ्चारको माध्यमद्वारा आम जनताहरूको सुसूचित हुन पाउने कुरामा समेत पहुँच पुग्न सकोस भन्ने अभिप्रायले सूचना तथा सञ्चारको क्षेत्रलाई युगानुकूल विकास गर्नका लागि श्रब्य, श्रब्यदृष्य प्रसारण र पत्रकारितासम्बन्धी अनुशासन, परामर्श तथा तालिम जस्ता सेवाहरू प्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालयअन्र्तगत कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५५।१।१६ मा प्रा.लि द.नं. ८४०५। २०५४।२०५५ मा दर्ता भै सञ्चालन भै आएको छ । यस कम्पनीले राष्ट्रिय प्रसारण ऐन, २०४९ र राष्ट्रिय प्रसारण नियमावली, २०५२ अन्र्तगत सूचना तथा सञ्चार मन्त्रालयबाट २०६०।८।२ मा लाइसेन्स नं. ४९।६० (डिजिटल अडियो व्रोडकास्टिङ्ग पे च्यानल) फा.नं. १३११ को लाइसेन्स प्राप्त गरी विभिन्न एफ.एम. रेडियो प्रशारकहरूलाई रेडियो यन्त्र विक्री वितरण गरिरहेको छ भने कम्पनीको उद्देश्य मध्येको एफ.एम. रेडियो सञ्चालनका लागि उल्लिखित ऐन र नियमावलीबमोजिम सूचना