निर्णय नं. ८३०० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३०० - उत्प्रेषण समेत । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०७/१६ २६५७ निर्णय नं. ८३०० वैशाख, २०६७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६१ सालको रिट नं. ३४७७ आदेश मितिः २०६६।७।१६।२ बिषय:– उत्प्रेषण समेत । निवेदकः जिल्ला पर्सा गा.वि.स. अमरपट्टी वडा नं. ६ इटियाही स्थित कविर पन्थी मठको पुजारी एवं सञ्चालक स्वर्गीय हरिदास बैरागीको चेला ऐ.ऐ. बस्ने सतन भगत विरुद्ध विपक्षीः जिल्ला प्रशासन कार्यालय, पर्सा वीरगञ्ज समेत § संस्था दर्ता गर्ने हक संस्थापकहरूको हुने भए पनि कसैको निजी गुठी हकमा असर पार्ने गरी संस्था राख्न दर्ता गर्न, वा सो नाताले कार्य गर्न नपाइने । § मठको सम्पत्ति एक ढंगले परम्परादेखि नै व्यवस्था भएकोमा मठका सम्बन्धित हकदारहरूको सहमतिवेगर अन्य वेसरोकार व्यक्तिहरू सम्मिलित भई संस्था खडा गरी व्यवस्थापन हस्तान्तरण गर्न समेत नमिल्ने । § साविकदेखि मठको सेवा गरी मठको जग्गा लगायत सम्पत्ति संरक्षण गरी आएका व्यक्तिहरूसँग सरोकार नै नराखी सोही मठको नामबाट अर्को छुट्टै संस्था दर्ता गर्नुको औचित्य नदेखिने । (प्रकरण नं.४) § आफ्नो हितअनुसार संस्था खडा गरी कार्य गर्ने स्वतन्त्रता रहने भए पनि धार्मिक हक एवं कर्तब्य निर्वाह गरेको कुरामा दखल दिने उद्देश्यले भने त्यस्तो संस्था खडा गरी सञ्चालन गर्न नपाउने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री किशोर अधिकारी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री सरोज खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः o नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १९(२), २३(२) o गुठीको ११ नं. o अ.वं. २९ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२), ३२ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२), २३ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– जिल्ला पर्सा गा.वि.स. अमरपट्टी वडा नं. ६ इटियाहीमा पूर्व कालदेखि कविर पथीहरूको मठ रहिआएको छ । मठको देव–देवताको पुजा–आजा, धर्म, सदावर्त, साधु सन्त अभ्योगतहरूको भोजन आदि आवश्यक काम चलाउन भेषधारी जिजु गुरु रामऔतार दासले गुठीको ११ नं. बमोजिम गुठी नराखी निजको नाम दर्ताको जग्गाहरूको आयस्ताबाट काम चलाई मठको रेखदेख संरक्षण समेत गरी आउनु भएको अवस्था आफ्नो कालगतिले परलोक हुनुभयो । निजपछि वादीको चेला सुर्जदास वैरागीले सो जग्गाहरू निजको नाममा नामसारी गरी मठको पूजाआजा समेत सोही जग्गाहरूको आयस्तबाट चलाई आउँदा निज पनि परलोक हुनुभयो । निज सुर्जदास परलोक भएपछि निजको चेला हरिदास वैरागीले सोही जग्गाहरूको आयस्ताबाट साविकबमोजिम नै मठको पूजाआजा समेत चलाई आउनु भएकोमा निज पनि २०५७।५।१३ मा परलोक हुनुभयो । निज हरिदास वैरागीको एक मात्र चेला म निवेदक हुँ । गुरु हरिदास परलोक भएपछि सोही जग्गाहरूको आयस्ताबाट साविकबमोजिम मठको नित्य पूजाआजा, अभ्यागतहरूको भोजनादी म निवेदकले नै गरी मठको सञ्चालन एवं संरक्षण समेत गरी आइरहेको छु । उक्त मठको जिल्ला पर्सा अमरपटृी गा.वि.स. वडा नं. ६ का विभिन्न कित्ता जग्गा भएकोमा साविकमा रामऔतार दासका नाममा दर्ता भएका जग्गाहरू निजको परलोक पश्चात् निजका चेला सुर्ज (सूर्य) दास वैरागीका नाममा भू. प्र. का. को मिति २०२८।८।५ को निर्णयबाट नामसारी भई ज.ध.प्र. पूर्जा समेत प्राप्त छ । निज सूर्यदास वैरागीको मृत्युपश्चात् ती जग्गाहरू निवेदकका गु