निर्णय नं. ७७१८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७१८ - उत्प्रेषणयुक्त परमादेश भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०४/३० ५०९२ निर्णय नं.७७१८ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत संवत २०६१ सालको रिट नम्वर ३४५३ आदेश मितिः २०६३।४।३०। बिषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः पुनरावेदन सरकारी वकिल कार्यालय दिपायलको शाखा अधिकृत पदमा दरबन्दी कायम रही नेपाल ल क्याम्पस काठमाडौंमा स्नात्तकोत्तर तहमा अध्ययनरत महानन्द दाहाल विरुद्ध विपक्षीः नेपाल सरकार कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, काठमाडौं समेत § तलव विनाको अध्ययन विदाहरु छात्रबृत्ति हुँदैनन् र तलव सहितको अध्ययन विदा छात्रबृत्ति हुने। § निजामती सेवा नियमावली, २०५० को नियम ६१ को उपनियम (४) र (५) को पूर्णरुपमा अर्थ र व्याख्या गर्दा सो उपनियमहरु वमोजिम निवेदकको अध्ययन विदा निजी प्रयासको अध्ययन विदा नभै तलव सहितको छात्रबृत्तिको अध्ययन विदा भन्ने प्रष्ट हुने । (प्रकरण नं.१५) § निवेदकले खाईपाई भोगिसकेको विदा र सुविधामा असर पर्ने गरी श्री ५ को सरकारको मिति २०६१।९।७ मा भएको निर्णयलाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ को खण्ड (ग) मा उल्लिखित “यसरी खारेज भएको कुनै ऐनले, पाएको, हासिल गरेको वा भोगेको कुनै हक सुविधा कर्तव्य वा दायित्वमा असर पर्ने छैन ” भन्ने व्यवस्थाले समर्थन गरेको नपाइदा खाईपाई भोगी सकेको तलव समेतको सुविधालाई रद्द गरेको निर्णय सो हदसम्म न्याय सम्मत हुन नसक्ने । § खारेज भएको ऐनले पाएको सुविधामा असर नपर्ने भन्ने उक्त कानूनी व्यवस्थाको आधारमा नै भूतलक्षी निर्णय पश्चातदर्शी कानूनको सिद्धान्त (Doctrine of Retrospective effect) र प्राकृतिक न्यायको सिद्धान्तको विपरीत समेत हुने भएकोले समेत रद्द गरेको निर्णय भन्दा अघि निवेदकले भोगेको अध्ययन विदा र पाएको तलव सुविधामा असर पर्न नसक्ने । (प्रकरण नं.१७) § विदा रद्द गर्ने निर्णय भएको मिति सम्म भोगी सकेको सुविधालाई असर पर्ने गरी भएको निर्णय त्यो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । विदा रद्द भएको मिति भन्दा अगाडिसम्मको निवेदकले भोगेको अध्ययन विदा र पाएको तलव र सुविधामा असर पर्ने गरी अन्य कुनै काम कारवाही नगर्नु नगराउनु भनी बिपक्षीहरुका नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं.१८) निवेदक तर्फवाटःविव्दान अधिवक्ताव्दय श्री रेवतप्रसाद खरेल र रेवन्त कुवँर विपक्षीतर्फवाटः विव्दान उपमहान्यायाधिवक्ता श्री सुरेन्द्र थापा अवलम्वित नजीरः आदेश न्या.शारदाप्रसाद पण्डितः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ। २. म निवेदक लोक सेवा आयोगको खुल्ला परीक्षाबाट छनौट भई मिति २०३८।२।४ देखि न्याय सेवा रा.प.अ.प्रथम श्रेणी ना.सु.पदमा नियुक्ति भई १५ बर्ष सम्म अविछिन्न रुपमा उक्त पदमा कार्यरत रहेकै आधारमा २०५३ सालमा आन्तरिक प्रतियोगिताबाट सोही सेवा समूहको रा.प.तृतीय श्रेणी शाखा अधिकृत पदमा बढुवा भई मिति २०५३।१२।१ देखि हाल सम्म सोही पदमा कार्यरत रहेको छु । यसै बिचमा त्रिभुवन विश्वविद्यालय कानून संकायद्वारा संचालित स्नातकोत्तर तह (LL.M.) को शैक्षिक शत्र २०६०।६२ को लागि संचालित प्रवेश परीक्षामा महान्यायाधिवक्ताको कार्यालयको पूर्व स्वीकृति अनुसार विदा पाउनको लागि आवेदन गरेकोमा कानून न्याय तथा संसदीय व्य