निर्णय नं. ८३०१ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०१ - अंश चलन । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०७/१८ ३५५० निर्णय नं. ८३०१ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुत्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय मुद्दा नं. ०६१ सालको दे.पु.नं. –––––– ८३९७ फैसला मितिः २०६६।७।१८।४ मुद्दा:– अंश चलन । पुनरावेदक वादीः जिल्ला सुनसरी सिंगिया गा.वि.स.वडा नं. ३ बस्ने भगलु चौधरी विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने संगिलाल चौधरी शुरु तहमा फैसला गर्नेः मा.जि.न्या. श्री कमलचन्द्र नेपाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री शारदाप्रसाद पण्डित, मा.न्या. श्री उद्धवप्रसाद बाँस्कोटा § नागरिकताको प्रमाणपत्रलाई नाताको प्रमाणपत्र भन्न नमिल्ने । § नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनको लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिंदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन । प्रतिवादीको सहमतिवेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने । (प्रकरण नं.७) § नाताको कुरा स्वाभाविक रुपमा पहिलो रक्त सम्बन्धको कुरा र दोस्रो भावनात्मक कुरा हो, रक्त सम्बन्ध बारे भौतिक प्रमाणबाट पुष्टि गर्न वादी पक्ष अनिच्छुक देखिनुले वादीको विपक्षमा अनुमान गर्नुपर्ने । (प्रकरण नं.८) § डी.एन.ए. परीक्षण गर्न असहयोग गर्नुका पछाडि सो डी.एन.ए. परीक्षण भए निजका विरुद्ध प्रमाण लाग्नसक्ने भएकाले नै अनुपस्थित रहेको अनुमान गर्नुपर्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः o अ.वं. १३९ o प्रमाण ऐन, २०३१ को दफा ७(ख) o मोहीको १ नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत बिराटनगरको मिति २०६०।९।९ गतेका फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– पिता संगिलालको एकमात्र श्रीमती भुलियादेवीबाट एकमात्र छोरा म फिरादी भगलु चौधरी हुँ । यसरी आमा, बुबा र म समेत ३ अंशियार मात्र हो । हामीहरूका बीच आजका मितिसम्म अंशबण्डा भएको छैन । एकाघर सगोलमा नै छौं । घरको मुख्य मानिस पिता संगिलाल हुनु भएकोमा आजसम्म उहाँकै खटनमा कार्य गरी रहेको थिए । पिता संसारीक जीवनबाट वाक्क भई जोगी हुनुका अतिरिक्त घरको सम्पूर्ण चल अचल श्रीसम्पत्ति पनि सबै जोगीहरूलाई, सन्यासीहरूलाई र धार्मिक कार्यमा खर्च गर्ने ईच्छा व्यक्त गरी सम्पत्ति बिक्री गर्न लाग्नु भएकोले सो कुरा आमालाई भन्दा आमा पनि विपक्षीतिरै लागी अव हामी सबै सम्पत्ति बिक्री गर्छौं भन्दा त्यसो भए हाम्रो कानूनबमोजिमको अंश र ईज्जत आमदअनुसारको खान पाउन पुग्ने आय आयस्ता दिई खाने लाउने व्यवस्था गरी दिनु नदिए अंश छुट्याई दिनुभन्दा खान लाउन दिन्न अंश पनि दिन्न भनी मिति २०५८।३।९ गतेका दिन प्रमाणका मानिसले सम्झाउंदा समेत नमानी घरबाट समेत निकाला गरी दिएकाले अंशबण्डाको १, २१०, ३५ नं. का आधारमा अ.वं. ३६ नं. का हदम्यादभित्रै अ.वं. ७२, ८२ नं. बमोजिम फिराद गर्न आएको छु । अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फांटवारी दाखिला गराई ३ खण्डको १ खण्ड बण्डा छुट्याई पाउँ भन्ने समेत वादीको मुख्य फिराद दावी । यी वादी हामीहरूका छोरा नाताका मानिस होइनन् । हामी प्रतिवादीहरूको कोही पनि छोरा छोरी नभएका र