निर्णय नं. ७७१९ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७१९ - भ्रष्टाचार भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०६/०४ २९२९ निर्णय नं.७७१९ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत संवत् २०५८ सालको फौ.पु नं. २८९४ फैसला मितिः २०६३।६।४।४ मुद्दाः– भ्रष्टाचार । पुनरावेदक र वादी : राष्ट्रिय वाणिज्य बैंकको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी र प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ वालाजु वस्ने मोहन कृष्ण गुरुङ्ग समेत § दिने व्यक्तिले आफ्नो वयानमा रु.१०००। दिएको भन्ने भनाई नभएको अवस्थामा यसको पुष्टी नभएपछि प्रतिवादीहरुले भ्रष्टाचार जन्य कार्य गरेको भन्न नमिल्ने । (प्रकरण नं.३४) § विवादित कर्जा २०४४/ २०४५ साल सम्ममा प्रवाह भएको र राष्ट्रिय वाणिज्य बैंकबाट मिति २०४६।११।९ मा परिपत्र हुँदा मात्र फोटोकपी वा अन्य कागजात प्रमाणित गर्ने भनी भएको परिपत्रमा अवदेखि ग्राहकले पेश गर्ने कागजमा फोटोकपी प्रमाणित गरी मात्र लिनु भन्ने उल्लेख भएकोवाट यस भन्दा अगाडि वेप्रमाणित फोटोकपी लिने भन्ने कुराको प्रचलन भई राखेको भन्ने देखिंदा फोटोकपीका आधारमा ऋण प्रवाह गरेको कुरालाई अन्यथा भन्न नमिल्ने। § धितोवाट कर्जा उठ्ने संभावना छैन भन्ने अभियोग पनि नभएको र झुठ्ठा जग्गा धितो दिई लिई बैंकलाई हानी नोक्सानी भएको तथ्य देखाउन नसकेकोवाट वैकले आफ्नो धितो रोक्का राखेको जग्गावाट असुल उपर गर्न पाउने कुरामा विवाद नभएको र धितो स्वरुप राखेको जग्गावाट बैंकलाई यति घाटा वा नोक्सान भएको भन्ने पनि दावी नभएको अवस्थामा प्रतिवादीहरुवाट भ्रष्टाचारजन्य कार्य भयो भन्नु न्यायसंगत नहुने । (प्रकरण नं.३५) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री टीकावहादुर हमाल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री इन्दिरा कार्कि, श्री वोर्णवहादुर कार्की, श्री रवीराज भण्डारी र प्रतिक घिमिरे अवलम्वित नजीरः फैसला न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत पाटनको मिति २०५६।१०।१९ गतेको फसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ :- २. रा.वा. बैंक शाखा कार्यालय फर्पिङका प्रवन्ध (लेखा अधिकृत) मोहन कृष्ण गुरुङ्ग समेतको मिलेमतोमा प्रा.फ.नं.घ.उ.वि. १३७१२।७१२।०४५।०४६ हरि उनी धागो कटाई उद्योग नाम किर्ते उद्योगका नाउंमा कर्जा नं. २४।१८ वाट कर्जा प्रवाह गरि भ्रष्टाचार गरेकोले कारवाही गरिपाऊँ भन्ने समेत रा.वा. बैंक केन्द्रिय कार्यालयको वि.प्र.वि.मा परेको उजुरी पत्र । ३. कर्जा नं. २४/१८ को हरि उनी धागो कटाई उद्योगका प्रो. हरिप्रसाद आचार्यका नाउंमा मेरो पालामा मैले रु ५५,०००। कर्जा प्रवाह गरेको हुं । उद्योग दर्ता प्रमाणपत्र किर्ते भन्ने कुरा मलाई थाहा थिएन । रामवहादुर र कृष्णवहादुर कुंवरले कर्जा प्रवाह गरेमा फरक पर्दैन भनि जिम्म लिएकोले कर्जा प्रवाह गरेको हुँ । उद्योगको स्क्रीम र शिव कुमारले तयार पार्दथ्यो । परियोजना वनाए वापत उद्यमीले रु १,०००। दिन्थे सो रकम म र एकाउन्टेन्टले लिने गर्दथ्यौं भन्ने समेत व्यहोराको मोहन कृष्ण गुरुङ्गले वि.प्र.वि.मा गरेको वयान । ४. कृष्णवहादुर कुँवर र रामवहादुर कुँवर फेला नपरेको भन्ने प्र.ना.नि. मीनवहादुर थापाको प्रतिवेदन । ५. परियोजना बैंकको कर्मचारीले बनाई दिए वापत रकम लिन पाइने व्यवस्था नभएको भन्ने रा.वा. बैंक केन्द्रिय कार्