निर्णय नं. ७७२० - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७२० - अंश दर्ता भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०३/१४ ३३३९ निर्णय नं.७७२० ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संम्वत २०६० सालको दे.पु.नं. .. ९५२८ फैसला मितिः २०६३।३।१४। मुद्दा: अंश दर्ता । पुनरावेदक प्रतिवादीः सप्तरी जिल्ला सितापुर गा.वि. स. वडा नं. ४ बस्ने किसन खंग खत्वे समेत विरुद्ध प्रत्यर्थी वादीः सप्तरी जिल्ला सितापुर गा.वि.स.वडा नं. ४ बस्ने जुगाई खंग § विवादित सम्पत्ति वण्डा गर्न नपर्ने आफ्नो निजी सम्पत्ति हो भनी दावी लिने प्रतिवादीले नै उक्त सम्पत्ति निजी भएको प्रमाण पुर्‍याउनु पर्ने । § कुनै प्रमाणबाट निजी सम्पत्ति भन्ने नदेखिंदा राजिनामाको कैफियत महलमा दाइजो पेवाको सम्पत्ति भनी उल्लेख गरी राजिनामा गरिदिने व्यक्तिले राजिनामा गरिदिएकै आधारमा मात्र त्यस्तो लिखतमा साक्षीसम्म पनि नराखिएका वादीको अंशहकमा प्रतिकूल असर पर्ने गरी उक्त सम्पत्तिलाई प्रतिवादीको निजी सम्पत्ति मान्नु न्यायोचित नहुने । § प्रतिवादीका नाउंमा विभिन्न मितिमा राजिनामाबाट प्राप्त भएको विवादित सम्पत्ति अंशबण्डाको १८ नं. बमोजिम निजी आर्जको सम्पत्ति ठहर्न नआएको स्थितिमा उक्त सम्पत्ति निजी आर्जनको भनी वण्डा गर्न कर नलाग्ने भन्ने प्रतिवादीहरुको जिकिरसंग सहमत हुन नसकिने। (प्रकरण नं.१२) · राजिनामाबाट प्राप्त सम्पत्ति निजको निजी आर्जनको सम्पत्ति भन्ने नदेखिएपछि प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम पनि सो सम्पत्ति सगोलको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत राजविराजको २०५९।५।१९ को फैसला उपर प्रतिवादीहरुको तर्फबाट पुनरावदेन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यस प्रकार छ:- २. मुल पुर्खा चुनी खंगको एकछोरा विताई भएको निज स्व. विताईको २ छोरा हामी दाजु भाई मध्ये जेठा प्र. किशन खंग खत्वे र कान्छा म फिरादी वादी जुगाई खंग खत्वे भई सवै सगोलको अंशियार हौ । विपक्षी प्रतिवादी मध्ये उम्दादेवी मेरा खासै दाजु प्र. किशन खंगको श्रीमती र मेरा एकाघरकी भाउजु हुनहुन्छ । हामी सवै वादी प्रतिवादीहरु एका सगोलमा रहि वसि आएका हुंदा म वादी लगायत मेरो श्रीमति समेत भई जनवोनी गरी म वादी पंजाव समेतमा गई घर व्यवहारको लागि रुपैया पैसा कमाई प्र. दाजु किसन खंग लाई घर व्यवहार चलाउन दिई आएका रकम आयस्ता समेतबाट जग्गा जमिन खरिद गरी सगोलमै मिली वसी आएका थियौ । मेरा श्रीमति छोरा छोरी सन्तानसंग सामान्य कुरामा भनाभन झै झगडा भई हितचित नमिली २०५२ साल वैशाख १५ गते देखि सामाजिक व्यवहार अनुसार चल सम्पत्ति लिई मानो छुट्याई अलग अलग भई वसी आएकोमा मेरा अंश भागमा पर्ने अचल सम्पत्ति मेरो नाउमा दर्ता हुने गरी छुट्याई दिनुहोस भन्दा २०५२ साल देखि आजभोली भन्दै आलटाल गरी अंश छुट्याई नदिएकोबाट म फिरादी साह्रै अन्यायमा परि विपक्षी प्रतिवादीहरुबाट अंश दिलाई पाउन अंशवण्डको १,२,१८ र अ.वं. ८२ र ७२ नं.को आधारमा अंशवण्डाको ३५ नं. र अ.वं. ३६ नं.को म्याद भित्रै यो फिराद गर्दछु । २०५२।१।१५ लाई मानो छुटिएको मिति कायम गरी अंशवण्डाको २०,२१,२२,२३ बमोजिम तायदाती फांटवारी लिई २ भागको १ भाग अंश दिलाई नामसारी दर्ता समेत गरी पाऊ भन्ने वादी दावी । ३. पैतृक सम्पत्ति पैतृक उद्योग धन