निर्णय नं. ८३०३ - आयकर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०३ - आयकर । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०६/२० ३७५३ निर्णय नं. ८३०३ वैशाख, २०६७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको फौ.पु.नं. ३७९७ फैसला मितिः २०६६।६।२०।३ मुद्दाः आयकर । पुनरावेदक/ विपक्षीः आन्तरिक राजश्व कार्यालय, काठमाडौँ क्षेत्र नं. १ बबरमहल विरुद्ध प्रत्यर्थी/निवेदकः विदेश रुको स्टाभोपोल स्थित ज्वाईन्टस्टक एयरलाइन्सका तर्फबाट अधिकार प्राप्त प्रतिनिधि मिखाईल मलिक समेत § सम्झौता गर्ने विषयमा पक्षहरू स्वायत्त हुनेहुँदा सम्झौताका विभिन्न शर्तहरू पक्षहरूको सहमतिमा निर्धारण हुने हुन्छ । किस्तावन्दी रुपमा वस्तुको पूर्व निर्धारित मूल्य भुक्तानी भइसकेपछि त्यो वस्तुको स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुने हुन्छ । रकम भुक्तानी गरिसकेको अवस्थामा भाडामा दिने पक्ष अर्थात् वस्तुको मालिकले स्वामित्व हस्तान्तरण नगरेमा त्यस्तो स्वामित्वको हक हस्तान्तरण गराई पाउने अधिकार भाडामा लिने पक्षमा रहेको हुन्छ । सामान्यतया किस्तावन्दीमा भुक्तानी गरिएको रकम खरीद रकमको हिस्सा मानी भुक्तानी गरिने हुंदा यस्तो रकम फिर्ता नहुने प्रकृतिको हुने । (प्रकरण नं.२) § सामान्य भाडा संझौता (Lease Agreement) अन्तर्गत अर्को व्यक्तिको वस्तु प्रयोग गर्दा त्यो वस्तु प्रयोग गरेबापत प्रयोगकर्ताले वस्तुको स्वामीलाई निश्चित रकम भुक्तानी गर्नेगरी संझौता गरिएको हुन्छ । भाडा संझौताअन्तर्गत प्रयोग गरिएको वस्तुको स्वामित्व वास्तविक स्वामीमा नै रहेको तथा रहने हुन्छ । प्रयोगकर्ताले संझौतामा उल्लेख भएको अवधिसम्म त्यो वस्तु प्रयोग गर्न पाउँछ । समय व्यतीत भएपछि त्यो वस्तु स्वामिलाई नै फिर्ता गर्नुपर्ने । § लिज पर्चेजका सम्बन्धमा सम्झौताको शर्तअनुसार किस्ता रकम वा भाडाको रकम नबुझाई उक्त लिज पर्चेज सम्झौता समाप्त भएको अवस्थामा सम्झौता समाप्त हुनुभन्दा पहिला बुझाएको रकमलाई भाडामा लिएको वस्तुको मूल्य नमानी बहाल वा भाडाको रकम नै मानिने । (प्रकरण नं.३) पुनरावेदक विपक्षीका तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा प्रत्यर्थी निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः o आयकर ऐन, २०३१ को दफा ५, ५(ख), ६, ४२ o आर्थिक ऐन, २०५५ o आर्थिक ऐन, २०५२ को अनुसूची ४ को दफा २५.१.१६ o आर्थिक ऐन, २०५३ को अनुसूची ४ को दफा २५.१.१८ फैसला न्या.भरतराज उप्रेतीः आयकर ऐन, २०३१ को दफा ८(ख) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यस प्रकार छः हवाइ सेवा सञ्चालन गर्नका लागि विदेशबाट आयात गरेको MI-17 हेलिकप्टर तथा 9N-ADO/9N-ADP विमानहरूको लागि के कति रकम भुक्तानी गएको छ, सोको प्रत्येक आ.व. को छुट्टा-छुट्टै भुक्तानी विवरण, जहाजहरूको खरीद संझौताको प्रतिलिपि एवं नियमानुसार लाग्ने लिज टेक्स समेत दाखिला गर्नुहुन भनी २ नं. क्षेत्र कर कार्यालयले एभरेष्ट एयर लि. लाई लेखेको मिति २०५५।२।७ को पत्र । विदेशी कम्पनीहरूसँग खरीद गरी नेपालमा ल्याइएका जहाजहरूमा समय—समयमा विदेशी कम्पनीले गर्नुपर्ने मर्मत संभार आदि आफ्ना कर्तव्य र दायित्वहरू पूरा नगरेबाट जहाजहरू सञ्चालनमा आउन सकेका छैनन् । खरीद संझौताअन्तर्गत ल्याइएको पूँजीगत सामानहरूको खरीद मूल्यको कुनै पनि प्रकारको कर तिर्नुपर्ने प्रावधान नभएको हुँदा यस प्रकारको कर माग्नु कानूनसम्मत नभएको व्यहोरा अनुरो