निर्णय नं. ८३०४ - जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०४ - जालसाजी । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१२/२३ ३६७९ निर्णय नं. ८३०४ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको फौ पु.नं.– ३२७२, ३२७३ फैसला मितिः २०६६।१२।२३।३ मुद्दाः– जालसाजी । पुनरावेदक/प्रतिवादीः रूपन्देही जि., कम्हरिया गा.वि.स. ५ बरेवा बस्ने कृष्णकुमार कर्ण समेत । विरुद्ध प्रत्यर्थी/वादीः रूपन्देही जिल्ला वरगदवा गा.वि.स.वडा नं.५ हाल विसुनपुरा गा.वि.स वडा नं. ५ बस्ने मोहनप्रसाद थारू । पुनरावेदक/प्रतिवादीः रूपन्देही जिल्ला, बसन्तपुर गा.वि.स. वडा नं. ८ ठूलोवालापुर बस्ने राजेशकुमार दुबे । विरुद्ध प्रत्यर्थी वादीः रूपन्देही जिल्ला वरगदवा गा.वि.स.वडा नं.५ हाल विसुनपुरा गा.वि.स वडा नं. ५ बस्ने मोहनप्रसाद थारू । शुरू फैसला गर्नेः मा.जि.न्या.श्री जगदीश शर्मा पौडेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी मा.न्या.श्री चन्द्रबहादुर कार्की § सधैं अड्डा अदालतमा लेखापढी वा कानून व्यवसायसंग सम्बन्धित रहेका पेशाकर्मीहरू एक अर्कामाथि विश्वास गरी वारेसनामा इत्यादिका लिखतहरूमा साक्षी बस्नु तिनीहरूको लागि दिनानुदिनको कार्य हुने हुनाले यस्तो कार्यलाई वद्नियतपूर्वक कसैको हक मेट्ने उद्देश्यले भएको कार्य भन्नको लागि सो कुरालाई समर्थन हुने विश्वासलायक प्रमाणको आवश्यकता पर्ने । § जानीजानी हक मेट्ने उद्देश्यले प्रेरित भै वारेसनामामा साक्षी बसेको कुरा प्रस्तुत भएका कुनै प्रमाणबाट स्पष्ट नभएकाले हक मेट्ने उद्देश्यले कीर्ते कागजको १ नं. वा ३ नं. लगायतको हुने कसूर गरेको प्रमाणित हुन नआउने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डे प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः o कीर्ते कागजको १, ३, ७ र १० नं. फैसला न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत, बुटवलको मिति २०६०।१०।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– लेनदेन मुद्दाको तामेली हराएकोले अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्न ल्याउँदा सो मुद्दामा मिति २०५५।३।२६ गते मोहन थारूको वारेसमार्फत प्रतिउत्तरपत्र दर्ता गराएको देखिँदा पुन मोहनप्रसाद थारूको म्यादसमेत दाखिल गर्न नसकेको स्थिति हुँदा प्रतिउत्तर दर्ता गर्न नमिली अ.बं.२७ नं.बमोजिम दरपीठ हुन्छ भनी मिति २०५५।५।१० मा दरपीठ भयो । विपक्षीहरूले वादी दावी समर्थन गर्दै जालसाजपूर्ण लिफाबाट मिति २०५५।३।२५ को वारेसनामा खडा गरी मेरो सर्वस्व हुने किसिमले प्रतिउत्तर लगाएका हुन् । मैले कोमलनाथ उपाध्यायलाई कुनै पनि लिफा आदि दिएको छैन । २०५५।३।२६ को प्रतिउत्तरको ब्यहोरा मेरो होइन । विपक्षीहरू आपसमा मिलेमतो गरी जालसाजी वारेसनामा खडा गरी लेनदेन मुद्दामा मेरो नामबाट प्रतिउत्तर लगाई कीर्ते कागजको १ नं. र ३ नं.बमोजिमको कसूर गरेकोले प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । २४५५ को लेनदेन मुद्दामा निजका नाउँमा जारी भएको तामेली म्याद फिरादपत्रको नक्कल, वारेसनामा दिई म्यादभित्र प्रतिउत्तरपत्र दर्ता गरिदिनुहोस् भनेकोले निजको रोहबरमा प्रतिउत्तरपत्र लेखी विपक्षीलाई सुनाई दर्ता गरेको हो । वारेसनामा लेखी विपक्षीले सो वारेसनामामा सहिछाप गरेका हुन् । वारेसनामा लिफामा लेखिएको जालसाजी होइन भन्नेसमेत व