निर्णय नं. ७७२१ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७२१ - चोरी भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०१/२५ ३६७९ निर्णय नं.७७२१ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत २०५९ सालको फौ.पु.नं. ३२९२ फैसला मितिः २०६३।१।२५।२ मूद्दा:– चोरी । पुनरावेदक वादीः अग्निधर पराजुलीको जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः स्यांजा जिल्ला चिलाउनेबास गा.वि.स. वडा नं. ४ बस्ने गंगावहादुर क्षेत्री समेत § सवारीधनी वा तत्कालीन भोगाधिकारी मध्येको जो कसैबाट हक टुटाई लगेको भएपनि चोरीको महलको प्रयोजनको लागी खासै फरक नदेखिने । § एक ठाउँबाट अन्य ठाउँमा आवतजावत भै स्थानान्तरण भइरहने सवारी साधन सवारीधनी वा अबस्थानुसार उसको निर्देशन अनुसारका व्यक्तिको नियन्त्रणमा रहन सक्ने कुरालाई न्याय निरुपणको हिसावले अन्यथा मान्न नसकिने । § सवै अबस्थामा करार वा लिखत नै गराउनु पर्ने भन्ने कुरालाई त्यति व्यवहारिक मान्न सकिदैन । किनकि यस्ता कुराहरु पक्षहरुको सहमतीको आधारमा अत्यन्तै छोटो समयको लागी हुने गर्दछ । यसकारण लिखत नगराई साहुबाट जाहेरवालाले गाडी कब्जामा लिएको मान्न मिल्दैन भन्ने प्रतिवादीहरुको भनाई तर्क र न्यायसंगत मान्न नसकिने । (प्रकरण नं.२२) § चोरी गरिएको भनिएको गाडी विवाहको लागि रिजर्वमा रहेको, प्रतिवादीहरु सोही ठाउँका स्थानीय वासिन्दा रहेका र विवाहवाट फर्कने क्रममा वैवाहिक मनोरन्जनको लागि रोकि राखिएको उक्त गाडीलाई २ कि. मि. परसम्म लगेको देखिदा प्रतिवादीहरुबाट विवाहको लागि रिजर्वमा रहेको र रोकि राखेको अबस्थामा रहेको गाडीलाई चोरी गरी लगिएको हो भन्ने कुरा प्रासंगिक नदेखिने । § सवारी जस्तो साधनलाई व्यक्तिले तुरुन्त लुकाउन छिपाउन सक्ने अबस्था पनि रहदैन भने सडक बाहेक अन्यत्र लैजान सम्भव पनि देखिदैन । साथै उक्त सवारीबाट पार्ट पुर्जा लगायत कुनै पनि सर समान हराए, नासिएको अबस्था पनि देखिदैन । गाडीको रङ नम्बर इत्यादि परिवर्तन गरिएको अबस्था पनि देखिदैन । यसकारण गाडी नै गायव पारी लिने खाने नियत यी प्रतिवादीहरुमा रहे भएको देखिन नआउने । § सवारी जस्तो सम्बन्धित यातायात कार्यालयबाट नामसारी नगरेसम्म हस्तान्तरण हुन नसक्ने साधनलाई यी प्रतिवादीहरुले वास्तविक गाडीधनीको हक मेटाई लिन खानका लागी लगेको भन्ने देखिन नआउने । (प्रकरण नं.२३) पुनरावेदन वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता ब्रजेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खेमनारायण ढुंगाना अवलम्वित नजीरः फैसला न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पोखराको मिति २०५८।९।२ को फसला उपर वादी सरकारी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. ०५५ साल माघ १३ गतेका दिन पोखरावाट जुग्लेसम्म तिनवटा टेक्सी रिजर्वमा ल्याएका थियौं सो मध्ये ग. अ. ज. ६५७ नं. को टेक्सी लक गरि राखेकोमा ध्रुवराज पौडेल, गंगा क्षेत्री विष्णुप्रसाद ढकाल र अर्का एकजना व्यक्ति समेतका ४ जनाले टेक्सी त्यहाँबाट लगी २ कि. मि. यता पुर्याएकोले पिछा गर्दै आउँदा वादविवाद भई नगद रु २,४००।– समेत चोरि लगेको हुंदा खोजतलास गरिपाऊँ भन्ने समेत व्यहोराको अग्नीधर पराजुलीको निवेदन । ३. ०५५।१०।१३ गते विहान पोखरावाट स्यांजा जिल्ला जुग्ले बजारसम्म भाडामा विवाहको जन्तीहरु लिई आएको ग.अ.ज. ६५७,८४०, १११२ नं. को टेक्सीहरु साँझ ६.५५ वजेको समयमा