निर्णय नं. ८३०५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०५ - उत्प्रेषण भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/०६/२६ ३६८६ निर्णय नं. ८३०५ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती सवत् २०६१ सालको रिट नं. २८२७ आदेश मितिः २०६६।६।२६।२ बिषय:– उत्प्रेषण । निवेदकः मनकामना एअरवेज (प्रा.) लि.का अख्तियार प्राप्त ऐ. ऐ. का प्रबन्ध सञ्चालक किशोर सिलवाल विरुद्ध विपक्षीः अर्थ मन्त्रालय समेत § कुनै बिषयमा निर्णय गर्ने न्यायिक वा अर्धन्यायिक निकायले गरेको निर्णयमा चित्त नबुझेमा सोउपर पुनरावेदन गर्ने हकको सिर्जना कानूनबाट हुने भएकोले निर्णयमा चित्त नबुझे पुनरावेदन गर्न जान पाउने कुरा उल्लेख नगरेकै कारणले उक्त कानूनी हक मर्दैन र कानूनबमोजिम पुनरावेदन गर्न पाउने निकायभन्दा फरक निकायमा पुनरावेदन गर्न जानु भनी निर्णयमा उल्लेख गरेकै कारणले मात्र पुनरावेदन गर्न पाउने हक मर्ने वा कानूनबमोजिम पुनरावेदन गर्न पाउने निकायमा पुनरावेदन गर्न नपाउने भन्ने अवस्था नरहने । (प्रकरण नं.२) § कुनै नयाँ ऐनको निर्माण हुँदा साबिकको व्यबस्थालाई आंशिक रुपमा मात्र स्वीकार गरिएको हो भने त्यो कुरा प्रष्ट रुपमा आउनु पर्छ । कर निर्धारण प्रक्रिया पूरा नभै असूलीको कार्य शुरु हुन नसक्ने । § कर अधिकृतको कर निर्धारणसम्बन्धी निर्णय पुनरावेदन तहबाट समेत अन्तिम नभएसम्म कर निर्धारण अन्तिम हुदैन । यसैले कर निर्धारण प्रक्रियाभित्र पुनरावेदनको बाटो पर्दैन भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या. भरतराज उप्रेतीः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– यस मनकामना एयरवेज प्रा.लि. ले आ.व. २०५५।५६ को कारोवारको विवरण आन्तरिक राजश्व कार्यालय काठमाडौमा पेश गरेको र सो पेश गरेको विवरणहरूमा देखाइएको नाफा नोक्सान हिसावमा आयतर्फ चार्टर रेभेन्यु (Charter Revenue) रु.८३, ५३,८००।– र मेन्टेनेन्स रिभेन्यु ८५,४७,६००।– र खुद नोक्सान रु.१,३३,६६,०२४।४६ देखाइएकोमा स्वयं कर निर्धारण विवरणमा खुद आय रु.१३,६३,६१६।५१ देखाई मिति २०४९।२।१९ को राजपत्रमा प्रकाशित सूचना अनुसार आयकर छूट हुनुपर्ने भनी पेश भएकोमा आयकर छूट दिन नमिल्ने भनी नाफा नोक्सान हिसावमा खर्चतर्फ एयरक्राफ्ट लस भनी रु.१,९५,३०,३९०।– देखाएको र स्वयंकर निर्धारण विवरणमा क्षतिपूर्ति रकम रु.१,१६,८७,८५०।– खुद आय समावेश गरेको देखिएको तथा दुर्घटना भएको हेलिकप्टरको क्षतिबापत रु.१,१६,८७,८५०।– बीमा रकम प्राप्त भएकोले ७८,४२,५४०।– लाई पूजिँगत नोक्सानी मानी मिनाहा नदिई जम्मा खुद आय रु ९२,०६,१५६।५१ कायम गर्ने निर्णय भएको र सोही आयको आयकर ऐन, २०३१ को दफा ५६(३), दफा ५९(१) र दफा ६०(३) बमोजिम कर र जरीवाना गरी जम्मा रु.३५,८३,०३८।५९ आन्तरिक राजश्व कार्यालय क्षेत्र नं. ३ बाट २०५९।१०।२९ मा आयकर निर्धारण भएको छ । नेपाल राजपत्रमा मिति २०४९।२।१९ मा अर्थ मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार निजी क्षेत्रमा सञ्चालित वायु सेवा कम्पनी वा फर्मलाई कार्य सञ्चालन गरेको मितिदेखि ५ बर्षसम्म वायुसेवा सञ्चालन गरी प्राप्त आयमा आयकर छूट दिएको छ । सोही सूचनाबमोजिम यस कम्पनीले आ.व. ०५३।५४ र आ.व. ०५४।५५ को कारोवारमा आयकर छूट पाई लगत समेत कट्टा गरिएको छ । यस कम्पनीले आय