निर्णय नं. ७७२२ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७२२ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०६/०२ ४५१२ निर्णय नं.७७२२ ने.का.प.२०६३ अङ्क ६ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत २०५८ सालको दे.पु.नं.८८३१ फैसला मितिः २०६३।६।२।२ मुद्दा:– लेनदेन । पुनरावेदक प्रतिवादीःजिल्ला महोत्तरी लक्ष्मीनिया गा.वि.स. वार्ड नं.२ वस्ने वर्ष ४१ को जगतकुमार गौतम विरुद्ध प्रत्यर्थी वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ९ स्थित जनकपुर चुरोट कारखानाको तर्फवाट अधिकार प्राप्त ऐ का प्रबन्धक रत्नवहादुर पाण्डे § दृष्टिबन्धकी लिखत हुनुभन्दा अगाडि जनकपुर चुरोट कारखाना र जगत कुमार गौतमका बीचमा जे जस्तो सम्बन्ध भएपनि उक्त दृष्टिवन्धकीको लिखत भएपछि जनकपुर चुरोट कारखाना साहु र प्रतिवादी आसामीको हैसियतमा रहेको मान्नु पर्ने हुँदा दृष्टिबन्धकी लिखतको विषय समावेश भएको मुद्दा फौज्दारी नभै देवानी हुने । (प्रकरण नं.१७) § देवानी मुद्दाको लेनदेनका विषयमा मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. आकृष्ट हुने र सोही वमोजिमको प्रकृया अपनाई साहुले आफ्नो लेना असुल गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा बादी जनकपुर चुरोट कारखानाले लेनदेन व्यवहारको ३ नं. को ऐन नसमाती लाग्नै नसक्ने फौजदारी प्रकृतीको मूलुकी ऐन वाँकी नतिर्नेको ३क. अंगाली दायर गरेको फिराद लाई कानून अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं.१७) § जसले जुन कुरामा मुद्दा चलाउन पाउने हो त्यसो नगरी अर्कै निकाय वा व्यक्तिवाट चलायको मुद्दा कायम रहन नसक्ने व्यवस्था अ.वं.८२ नं.ले गरेको मा प्रस्तुत मुद्दा सरकार वादी नभै जनकपुर चुरोट कारखाना ली.वादी भै चलाए पनि प्रस्तुत फिरादलाई कायम राखी सो वाट इन्साफमा प्रवेश गर्न नमिल्ने । § दृष्टिबन्धक लेखी दिनु स्वयंमा कुनै फौज्दारी दायित्वको विषय नभै देवानी दायित्वको विषय हुने हुँदा यस्तोमा चिनु सुवेदीलाई प्रतिवादी वनाएको विषयले पनि जनकपुर चुरोट कारखाना आफैंले प्रस्तुत फिरादको विषय देवानी लेनदेनको विषय भनी व्यवहारवाट स्वीकार गरेको प्रष्ट हुने । (प्रकरण नं.१८) § सम्बन्धित ऐन लेनदेन व्यवहारको ३ नं. वमोजिम कारवाही नबढाई अधिकारबिहिन निकायले लाग्नै नसक्ने मुलुकी ऐन वांकी नतिर्नेको ३क वमोजिमको फिरादबाट वादी दावी वमोजिम प्रतिवादीवाट विगो भराई विगो वमोजिम जरिवाना समेत गर्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिंदा फिराद खारेज हुने । (प्रकरण नं.१९) पुनरावदेक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी वादी तर्फवाटः उपस्थित विद्धान अधिवक्ता श्री शिवहरी गौतम अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रकुमार भण्डारीः पुनरावेदन अदालत जनकपुरको फैसला उपर प्रतिवादी तर्फको न्याय प्रशासन ऐन,२०४८ को दफा १२ को उपदफा १ को खण्ड(क) वमोजिम दोहोयाइ हेर्ने निस्सा प्रदान भइ पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ:– २. विपक्षी यस कारखानाको उपशाशखा प्रवन्धक भै आछाममा रहँदा रु. २,६९,७९९।९६ हिनामिना गरेकोमा तत्काल निज उपर कारवाही हुँदा केही रकम निजले बुझाएको कट्टा गरी निजबाट रु.२,३३,७९९।९६ असुल गर्न वांकी रहेको थियो । वांकी रकममा दृष्टि बन्धक दिएका थिए । मिति ०५२।९।८ देखि निजलाई अवकास दिएको र निजले यस कारखानावाट पाउने रकमहरु कट्टी गर्दा समेत निज उपर ८८,३९७।९१ रहन गएको हुँदा मुलुकी ऐन बांकी तिर