निर्णय नं. ७७२३ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७२३ - उत्प्रेषण, परमादेश भाग: ४८ साल: २०६३ महिना: असोज अंक: ६ फैसला मिति :२०६३/०६/२४ ३०८० निर्णय नं.७७२३ ने.का.प.२०६३ अङ्क ६ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपवहादुर मगर माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०६० सालको रिट नं: ––२९५९ आदेश मितिः २०६३।६।२४।३ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः ललितपुर जिल्ला ल.पु.उप. म.न.पा. वडा नं: २२ बस्ने ज्ञानीदेवि शाक्य बिरुद्ध विपक्षीः त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद, किर्तिपुर समेत § कर्मचारी उपर कुनैपनि अनुशासनात्मक वा फौज्दारी कारवाही गर्नुपर्ने भए कानूनमा आधारित प्रक्रिया अपनाई कारवाही गर्नुपर्ने । § कुनै प्रक्रिया नअपनाई प्रशासनिक दवाव दिने वहानामा तलव जस्तो आधारभूत कुरा नै रोकी ४५ महिनासम्म विना तलव काम गराइनु कानून, न्याय र मानविय संवेदना समेतको घोर उल्लंघनको कार्य हुने । § थुनुवा, अभियुक्त, कैदी विरामी जस्तोसुकै हैसियतका व्यक्तिले पनि जिउने हक पाएको हुन्छ र त्यस प्रयोजनको लागि आवश्यक खाद्य तथा अन्य सुविधाको तत्काल व्यवस्था नगरी थुनामा राख्न मिल्दैन भने निवेदक त बिपक्षीको सेवामा कार्यरत रहेको नियमित कर्मचारी भै निजले नियमित सेवा गरिरहेको देखिने । § तलव सुविधा नै नदिई लामो समय सम्म रोक्नु जीवनको हक, श्रमको सम्मान र कर्मचारी व्यवस्थापनको मर्म समेतको उल्लंघन हुने क्रिया हो भनी मान्नुपर्ने हुनाले निवेदकको तलव रोक्का गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण नं.९, १०) निवेदक तर्फवाटः विद्वान अधिवक्ता परशुराम फुयाल विपक्षी तर्फवाटः विद्वान अधिवक्ता नारायणप्रसाद खनाल अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. म त्रिभुवन विश्वविद्यालयमा मिति २०४४।८।१ देखि कार्यरत रही आएको थिएँ । मिति २०५७।७।२४ मा त्रि.वि.वि सेवा आयोगको कार्यालयद्वारा सूचना नं. १। २०५७–०५८ मा बढुवाको लागि सूचना प्रकाशित भएकोमा मैले सो सूचनाको ११ नं. बमोजिमको पदको लागी मेरो योग्यता पुगेको कारण फारम भरी बढुवा भई हाल हेड असिस्टेन्ट पदमा पाटन संयुक्त क्याम्पसमा कार्यरत छु । बढुवाका लागि प्रकाशित सूचना अनुसार बढुवाको लागि कुल स्थायी नोकरी अवधि ७ वर्ष पुगी सम्वन्धित सेवा समूहको एक तह मुनीको पदमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको भनी उल्लेख भएकोमा सो मितिमा मेरो स्थायी सेवा अवधि १० वर्ष तथा एक तहमुनीको पदमा १० वर्ष स्थायी सेवा अवधि पुरा भैसकेको थियो । सो पदमा कति शैक्षिक योग्यता पुरा भएको हुनुपर्ने भनी नतोकि स्थाई कार्य अवधि मात्र तोकिएकोमा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नु नपर्ने स्पष्ट छ र सो पदमा बढुवा हुनको लागि सो भन्दा तल्लो तहमा पेश गरिएको एस.एल.सी को प्रमाणपत्र नै प्राप्त हुने कुरा स्पष्ट छ । सो प्रमाणपत्रका अतिरिक्त मैले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको लव्धाङ्कपत्र समेत पेश गरेकी थिए । प्रविणता प्रमाणपत्र वढुवा प्रयोजनको लागि आवश्यक नरहेको कुरा प्रकाशित सूचनावाट स्पष्ट हुन आउँछ । ३. त्रि.वि.वि. ले शैक्षिक प्रमाणपत्र छानविन समिति गठन गरी शैक्षिक प्रमाणपत्र पेश गर्न भनिएकोमा मैले तोकिएको अवधि भित्र एस.एल.सी परीक्षा उत्तिर्ण गरेको प्रमाणपत्र पेश गरेकी थिएँ । तर पाटन संयुक्त क्याम्पसले मिति २०५९।८।६ मा त्रि.वि. कर्मचारी प्रशासन मह