निर्णय नं. ७००४ - प्रतिषेध समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७००४ - प्रतिषेध समेत भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/१२/२१ ५६६९ निर्णय नं. ७००४ ने.का.प. २०५८ अङ्क ५/६ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५७ सालको रि.पु.ई.नं. ....१३८ आदेश मितिः २०५७।१२।२१।३ विषयः प्रतिषेध समेत । रिट निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३३ डिल्लीवजार वस्ने अधिवक्ता भरतमणि गौतम । विरुद्ध विपक्षीः श्री ५ को सरकार, अर्थ मन्त्रालय समेत । § बिमा व्यवसायलाई व्यवस्थित नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि बिमा ऐन, २०४९ अनुसार गठित बिमा समितीले बिमा ऐन, २०४९ तथा बिमा नियमावली, २०५२ व्दारा निर्धारित प्रक्रिया पूरा गरी बिमा व्यवसाय संचालन गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थालाई बिमकको रुपमा दर्ता गर्ने कारवाहीको सिलसिलामा अख्तियार प्राप्त बिमा समिति र नेपालमा बिमा व्यवसाय गर्न चाहने अमेरिकन जीवन बिमा कम्पनी वीच भएका काम कारवाही तथा बिमा समितीले सो कम्पनीलाई बिमकको रुपमा दर्ता गर्न कारवाही अगाडि बढाइएको बिषय बिमा समिती र सो कम्पनी वीचको कारोवारको बिषय भई विमकको रुपमा दर्ता गरी पाउन आवेदन गर्ने नेपाली कम्पनीको तर्फवाट विवाद उठाइएको अवस्था समेत नहुँदा त्यस्तो बिषयलाई सार्वजनिक हक वा सरोकारको बिषय भन्न माथि उल्लेखित प्रतिपादित सिद्धान्त अनुसार पनि मिल्ने देखिएन । त्यसैले त्यस सम्बन्धमा भएका काम कारवाहीको जानकारी निवेदकलाई दिइनु पर्ने तथा विदेशी अमेरिकन बिमा कम्पनीलाई बिमकको रुपमा दर्ता गर्ने सिलसिलामा उक्त कम्पनीले बिमा समितिमा पेश गरिएका कागजातहरुको नक्कल माग्ने र पाउने हकदैया बिमा व्यवसायसंग प्रत्यक्ष सम्बन्ध वा सरोकार नभएका निवेदकलाई हुन्छ भन्न मिलेन । निवेदकले आफु बिमा व्यवसायसंग सम्बन्धित भएको वा बिमकको रुपमा दर्ता कारवाही अगाडि बढाइएको विदेशी बिमा कम्पनी वा बिमकको रुपमा दर्ताको कारवाहीको क्रममा रहेका नेपाली बिमा कम्पनीसंग आफु सम्बन्धित भएकोले प्रस्तुत बिषयमा सूचना माग्ने र पाउने बिषयसंग आफ्नो कुनै सार्थक सम्बन्ध (Meaningful Relation) वा तात्विक सरोकार (substantial Interest) भएको कुनै जिकिर लिन सकेको समेत पाइएन । यसैले बिमकको रुपमा दर्ता हुने कार्यको सिलसिलामा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले विपक्षी बिमा समितीमा पेश गरेको निवेदन पत्रमा उल्लेखित कागजातहरु तथा यस सम्बन्धमा अर्थ मन्त्रालयव्दारा प्रदान गरिएको स्वीकृति लगायतका कागजातहरुको प्रतिलिपि निवेदकलाई उपलव्ध गराउनु भनि निवेदन माग बमोजिमको आदेश जारी हुन सक्ने अवस्था विद्यमान रहेको देखिन नआउंने । (प्र.नं. २३) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरु श्री भरतमणी गौतम, श्री सुशिलकुमार पन्त, श्री दिनेश त्रिपाठी विपक्षी तर्फबाटः सह न्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति तथा अधिवक्ताव्दय श्री वद्रीनाथ शर्मा र श्री प्रेमप्रसाद पाण्डे अमेरिकन लाइफ इस्योरेन्स कम्पनीको तर्फबाटः वरिष्ठ विद्वान अधिवक्ताद्वय श्री कुशुम श्रेष्ठ र गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री भरतराज उप्रेती अवलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर भएको रिट निवेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोर