निर्णय नं. ९०४५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०४५ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/०७/०४ ३६४४ ने.का.प. २०७०, अङ्क ८ निर्णय नं.९०४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।७।४।२ सम्वत् २०६६–CR–०१८८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : स्याने थापाको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी/प्रतिवादी : तनहुँ जिल्ला, व्यास न.पा. वडा नं ११ वस्ने सुकराम श्रेष्ठसमेत § उसै मौकामा उठेको रिस थाम्न नसक्ने अवस्थाको समय क्षणिक हुँदा लामो समयसम्म रहँदैन । रिस उठने घटना वारदात भएपछि लामो अन्तरालपछि भएको अवस्थालाई यसले समेट्दैन । एकै क्षणमा एक वा बढी मानिसलाई आवेश वा थाम्न नसक्ने रिस उठन सक्छ वा सक्दैन भन्ने कुरा आवेश उत्पन्न गर्ने कारणमा निर्भर गर्ने गर्दछ । कुनै व्यक्ति विशेषलाई उसको आत्मसम्मानमा चोट पुग्ने वा गम्भीर सम्वेदनशील विषय लिई बेइज्जत गर्ने कार्य गरेमा त्यही व्यक्ति विशेषलाई क्षणिक आबेश वा तत्काल थाम्न नसक्ने रिस उठन सक्छ र अरू छेउछाउमा रहने सुन्नेलाई रिस उठे पनि थाम्न नसक्ने रिस भने उठेको नै हुन्छ भन्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल विपक्षी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. शुरूतहमा फैसला गर्नेः– माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य तनहुँ जिल्ला अदालत पुनरावेदनतहमा फैसला गर्नेः– माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा पुनरावेदन अदालत, पोखरा फैसला मा.न्या.वैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६४।२।६ गतेका दिन तनहुँ जिल्ला, व्यास न.पा. वडा नं.११ बस्ने शुकबहादुर थापालाई सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठ जना २ दाजुभाइले हात मुक्का दाउराले हानी घाइते बनाएको भन्ने घटनास्थल मुचुल्का विवरण । मिति २०६४।२।६ गतेका दिन मेरो दाजु शुकबहादुर थापालाई सोमलाल श्रेष्ठ र सुगम श्रेष्ठको मुक्का बक्सिङ र चिरपट दाउराले हानी घाइते भएको र उपचारको क्रममा निज दाजुको मिति २०६४।२।७ गतेका बिहान मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको हुँदा सोमलाल श्रेष्ठ र सुगम श्रेष्ठलाई पक्राउ गरी कारवाही गरी पाऊँ भन्ने स्याने थापाको जाहेरी । शुकबहादुर थापाको टाउकोमा गम्भीर चोट लागी चर्किएको कारणबाट मृत्यु भएको भन्नेसमेत व्यहोराको लास जाँच प्रतिवेदन । मिति २०६४।२।६ गतेका दिन म र दाजु सुकराम श्रेष्ठ तनहुँ, व्यास नगरपालिका वडा नं १० स्थित मेनका चलचित्र हलतर्फ आईरहेका थियौ । सोही स्थानको सार्वजनिक बाटोमा आई पुग्दा शुकबहादुर थापाले रक्सी खाई बसेको रहेछ । मेरो दाजु सुकराम श्रेष्ठले ल्याएको छातामाथि निज बसेका र दाजुले किन बसेको हो भनी भन्दा तैँले चश्मा लगाएर हिरो बनी हिडेको छस् भनी विभिन्न प्रकारका गाली गलौज र अपशब्दसमेत प्रयोग गरेको, दुबैजनाबीच १ घण्टा जति वादविवाद परेको र मलाई पनि शुकबहादुर थापाले अपशब्द प्रयोग गरेको थियो । दाजु सुकराम श्रेष्ठले निजलाई एक थप्पड हाने पनि दुबैजनाको हात हालाहाल भएको हो र मलाई पनि रिस उठी नजिकै सुकाएको चिरपट दाउराले निजको टाउकोमा दुई पटकसम्म हानेको हुँ र निजको उपचारको क्रममा सोही चोट पीड