निर्णय नं. ७०११ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०११ - कर्तव्यज्यान भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/१२/३० ३१७५ निर्णय नं. ७०११ ने.का.प. २०५८ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५६ सालको फौ.सा.नं. ...३०८ सम्वत् २०५६ सालको फौ.पु.नं. .....२२८० सम्वत् २०५७ सालको नि.नं. .......५७० फैसला मितिः २०५७।१२।३०।५ मुद्दाः कर्तव्य ज्यान । वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ बस्ने साइला भन्ने बलबहादुर थामी समेत पुनरावेदक प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ घर भै हाल केन्द्रिय कारागार शाखा, जगन्नाथ देवलमा कैदमा बस्ने माइलो भन्ने चन्द्रबहादुर थामि विरुद्ध विपक्षी वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ घर भै हाल जिल्ला प्रशासन कार्यालय, भद्रवन्दी गृहमा थुनामा रहेको साइला भन्ने बलबहादुर थामी विरुद्ध विपक्षी वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार § प्रतिवादी बलबहादुर थामी तथा चन्द्रबहादुर थामीले आफूहरुले अयोध्या तिमिल्सिनाको वर्ष १० को अवोध वालिका रीता कार्की समेतलाई जवरजस्ती करणी गरी जवरजस्ती करणी गरेपश्चात धारिलो हतियार प्रयोग गरी निज अयोध्या तिमिल्सिना, रीता कार्की एवं डिल्ली प्रसाद तिमिल्सिना समेतलाई कर्तव्य गरी मारेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि समर्थन भै रहेको हुँदा मृतक अयोध्या तिमिल्सिना, अवोध नावालक रीता कार्की समेतलाई जवरजस्ती करणी जस्तो जघन्य अपराध गरी सो अपराध पश्चात आफूले गरेको अपराध लुकाउन छिपाउन निज अयोध्या तिमिल्सिना, रीता कार्कीलाई जवरजस्ती करणी गरेको देखि थाहा पाउने छोरालाई अमानुषिक तवरले ज्यान मार्ने कसूर गरेका प्रतिवादी बल बहादुर थामी र चन्द्र बहादुर थामी (गुरुङ्ग) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पहिले जवरजस्ती करणी जस्तो निन्दनीय कार्य गरी तत्पश्चात कर्तव्य ज्यान जस्तो जघन्य अपराध गर्ने प्रतिवादी चन्द्रबहादुरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १८८ नं.आकर्षित हुनुपर्दछ भन्ने विद्वान अधिवक्ता रामप्रसाद अर्यालको वहस जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं. ३३) विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल पुनरावेदक प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन, ऐ.दफा १०(१)(२) बमोजिम पर्न आएको साधक तथा ऐ.१०(४) अनुसार पुनरावेदन सरहको जिकीर समेत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यस प्रकार छः २. सिन्धुपाल्चोक जिल्ला मानेश्वारा गा.वि.स.वडा नं.८ बस्ने सदानन्द तिमल्सिनासँग मेरी छोरी अयोध्याको विवाह भई १ छोरा, १ छोरी जायजन्म भएपछि जुवाईले हेला गरेकोले ५,६ वर्ष अगाडी निज छोरीलाई धुस्कुन गा.वि.स.वडा नं.१ पतेरी भन्ने ठाउँमा घर बनाई जग्गा समेत दिई सोही घरमा बस्दै आएकोमा मिति २०५४।३।५ गते राती कुन समयमा निज छोरी अयोध्यालाई को, कस्ले काटी मारेछन्, भोलिपल्ट विहान खेताला भन्न नेत्र कुमार जाँदा मृत अवस्थामा देखी म समेत