निर्णय नं. ७०१२ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०१२ - अंश चलन भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/११/२४ २८८७ निर्णय नं. ७०१२ ने.का.प. २०५८ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५४ सालको दे.पु.नं. ४१६५ फैसला मितिः २०५७।११।२४।४ मुद्दाः अंश चलन । पुनरावेदक वादीः जि.वांके मनिकापुर गा.वि.स. वडा नं. ४ वस्ने वावुलाल भन्ने जानकीप्रसाद वाहुन । विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ए.वस्ने वांके विहारी वाहुन समेत । § वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन र प्रतिवादी वांके विहारी वाहुन अंशियार दाजु भाइ भएको कुरामा कुनै विवाद रहेको देखिएको छैन । प्रतिवादी वांके विहारी वाहुनको विवाह नेपालमा भै दाजु भाइ दुवै जना नेपाल आउंदाको अवस्था निजहरु छुटृी वेगल भै सकेको भन्ने सवूद प्रमाण कुनै नदेखिएको र नेपालमा आइसकेपछि २०१८ र २०२१ सालमा जग्गा किन्दाको अवस्थामा निजहरु दुवै जनाले नेपाली नागरिकता लिइ नसकेको स्थितिमा वांकेविहारीको स्वास्नी चन्द्रावती नेपाली नागरिक भएकीले निजको नाउंमा जग्गा राजिनामा गरि लिएको सम्म देखिन आउंछ । सम्बन्धित लिखतहरुमा निज चन्द्रावतीको माइती मावलीवाट दिएको भन्ने नदेखिएकोले निजको दाइजोको सम्पत्ति निजको नाउंमा रहेको भन्ने देखिन आउंदैन । पछि वादी र प्रतिवादी दाजुभाईले भारतमा रहेको आ­आफ्नो सम्पत्ति विक्रि गरे नगरेको कुरावाट तदउप्रान्त किनिएको सम्पत्ति भिन्न भैसकेपछि किनेको हो कि भन्ने अनुमान हुन सक्छ । तर सो भन्दा अघिनै नेपाल सरहदमा रहेको सम्पत्ति आफ्नै परिवार चन्द्रावतीको नाममा पहिले नै किनि राखेकोमा निजहरु छुटृी भिन्न भएको अवस्था किनि लिएको अनुमान गर्नुपर्ने समेत देखिदैन । यस स्थितिमा पुनरावेदक वादीले २०३५।२।८ मा जग्गा कमाउने सम्बन्धमा गरि दिएको लिखत मात्रको आधारले वादी प्रतिवादी वीच अंशवण्डा भएको ठोस सवूद प्रमाण वेगर वण्डा भैसकेको ठहराउन नमिल्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ताव्दय श्री सुधानाथ पन्त र श्री वावुराम गिरी विपक्षी प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री महेशकुमार थापा अवलम्वित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।६।२५ को फैसला उपर मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. स्व. स्वामी दयाल वाहुनको २ छोरा जेठा प्र. वांके विहारी वाहुन, कान्छा म फिरादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन भएकोमा वावुको मृत्यु पछि भारत देखु पुर्वामा भएको पुर्खौली जायजात विक्रि गरि नेपाल अधिराज्यभित्र वांके जिल्लामा जग्गा खरिद गरि दाजु प्र. वांके विहारीले आफ्नो श्रीमती प्र. चन्द्रावतीका नाउंमा उक्त जग्गा राखी हामी संगोलमा वसी आएको, २०४८ साल भाद्र महिना देखि खानपिन सम्म छुट्याई वसेका छौं । २०४८ कार्तिक महिनामा मेरो अंश हकमा पर्ने सम्पत्ति छुट्याई दिन प्रतिवादीले इन्कार गरेकोले अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमध्ये २ भागको १ भाग अंश दिलाइ पाउं भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मेरो देवर वादी र मेरो लोग्ने वांकेविहारी वाहुन समेतको पुर्खौली घर जग्गा विदेश भारतमा थियो । मेरो विवाह निज वांके विहारी संग भैसकेपछि मेरो आमाले वांके मनिकापुर गा.वि.स.वडा नं. ४ को दर्ता नम्वरी जग्गामा घर वनाई प्रतिवादी वांके विहारी वसोवास गरेको र सो अवस्थामा वादी भारतकै गाउंमा वसोवास गर्दथे । म चन्द्रावतील