निर्णय नं. ७०१३ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०१३ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/११/०५ ३७५३ निर्णय नं. ७०१३ ने.का.प. २०५८ अङ्क ५/६ संयूक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा संवत् २०५३ सालको रिट नं. ..२५९४ आदेश मितिः २०५७।११।५।६ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला बारा भरतगंज सिगौली गा.वि.स. वार्ड नं ६ सिंगौल वस्ने भक्ते भन्ने भक्तवहादुर श्रेष्ठ विरुद्ध विपक्षीः बारा जिल्ला अदालत कलैया वारा समेत § म्याद तामेली वेरीतपूर्वक भएकोले वदर गरी पुनः म्याद तामेली गरी पाउँ भनी पुनरावेदन अदालतमा अ.वं. १७ नं. वमोजिम निवेदन परिसकेको अवस्थामा उक्त तामेली रीतपूर्वकको छ, छैन सो सम्वन्धमा हेरी जाँची वुझी उक्त तामेली म्याद कानूनी प्रकृया वमोजिम तामेल भएको छ छैन सो सम्वन्धमा आवश्यक निर्णय गर्नुपर्नेमा पुनरावेदन अदालत हेटौडाबाट फैसलामा समेत उक्त निवेदन सम्वन्धमा केही उल्लेख गरेको देखिदैन । म्याद तामेली नै कानून वमोजिम रीतपूर्वकको हुदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसला समेतबाट प्राकृतिक न्याय सिद्धान्तको हनन भएको नै सम्झनु पर्छ । अतः त्यस्तो प्राकृतिक न्यायको सिद्धँन्त विरुद्धको काम कारवाहीबाट भएको निर्णय फैसलालाई कायम राख्न कानूनसंगत नहुँदा यि रिट निवेदकको नामको मिति २०५२।३।४ को पुनरावेदनको तामेली म्याद र पुनरावेदन अदालत हेटौडाको मिति २०५३।६।८ को फैसला समेत उत्प्रेषणको आदेशव्दारा वदर हुने । (प्र.नं.१२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री गणेशवहादुर थापा र विद्वान अधिवक्ता श्री शम्भुवहादुर गोले विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री श्रीधर सापकोटा अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत परेको प्रस्तूत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी माईली तामाङ्ग भोम्जनले निजको छोरी विपक्षी टपलमाया भन्ने सानू माया तामाङ्ग मिति २०३९।३।२९ गते हराएकोले निजलाई म समेतले ललाई फकाई भारतमा विक्रि गरेको भन्ने जाहेरी परी जिल्ला प्रहरी कार्यालय वारावाट म निवेदक समेतलाई पक्री कारवाही भएकोमा विपक्षी सानूमायाका वावू जित वहादुर र आमा माइली तामाङ्गले जिल्ला प्रहरी कार्यालय कलैयामा आई निजकी छोरी काभ्रेपलान्चोक जिल्ला पाङगू गाउँमा वसेकोले फेला पारी घरमा ल्याएको छु भनि २०३९।४।२४ मा निवेदन गरेपछि म समेतले मुद्दा नचल्ने भनि कारवाहीवाट पूmर्सद पाएको थिए । ३. २०४७।६।१ मा विपक्षी टपलमाया भन्ने सानूमाया तामाङ्गले उल्लेखित २०३९ आषाढकै घटनालाई आधारमानी म निवेदक समेत उपर सोही विषयमा पुनःजाहेरी दिई सो आधारमा मलाई पक्री कूटपिट, डर, त्रास धम्की दिई जवरजस्ती वयान गराई सरकारी वकिल कार्यालय वारा मार्फत विपक्षी वारा जिल्ला अदालत कलैयामा जिउ मास्ने वेच्ने मुद्दा दायर गरेकोमा २०४७।६।३१ मा थूनछेक हुँदा तारेखमा रही पुर्पक्ष गरी आएको थिए । यसै क्रममा जिल्ला अदालतवाट ०५१।३।२२ मा फैसला हुँदा अन्य प्रतिवादीहरुलाई सफाइ दिई मलाई केवल प्रहरीमा भएको वयानको आधारमा कसुरदार ठहर गरी १० वर्ष कैदको सजायं र्भै फैसला भएछ । फैसला हुँदा म रुजु हाजिर नरहेकोले थाहा भएन । उक्त मुद्दामा सफाइ पाएका अन्य प्रतिवादीहरु समेत उपर वादी श्री ५ को सरकारले पुनरावेदन अदालत हेटौडामा पुनरावेदन गरेकोमा निजहरुलाई झिकाइएपछि सो कुरा मेरो दाजु अकल वहादुर श्रेष्ठले थाहापाई सो सम्वन