निर्णय नं. ३६८७ - ठेक्का रकम दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६८७ - ठेक्का रकम दिलाई पाउँ भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/२६ २३०४ निर्णय नं. ३६८७ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७७,७८,७९ फैसला भएको मिति : २०४५।११।२६।५ मा पुनरावेदक/प्रतिवादी : जि. दाङ विजौरी गा.पं. वार्ड नं. ५ बस्ने शिव गौतमसमेत विरुद्ध विपक्षी/वादी : दाङ संस्कृत अध्ययन संस्थान दाङ देउखुरी जग्गा व्यवस्था समितिका अध्यक्ष तोयानाथ पाण्डे मुद्दा : ठेक्का रकम दिलाई पाउँ (१) कुनै एक व्यक्ति वा संस्थाको हक स्वामित्वको नभई संयुक्त हक स्वामित्वको जग्गाको सम्बन्धमा आवश्यक काम कारवाही रेखदेख तथा व्यवस्था गर्न कुनै एक व्यक्ति वा संस्थाले मात्र गर्न सक्ने स्थिति नहुने । (प्रकरण नं. १९) (२) मिनाहा दिनेले दिएमा मात्र पाउनेले पाउन सक्ने । (प्रकरण नं. १९) (३) बाबुबाट छुट्टी भिन्न भएकोमा भिन्न भएका बाबुले गरिदिएको जमानीको दायित्व निजले पूरा गर्न पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद मजगैया फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. यस अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी शिव गौतमका नाउँमा जनता क्याम्पस जनता संस्कृत माध्यमिक विद्यालय समेतका हकको राप्ती अञ्चल शिक्षा समितिबाट सञ्चालित दाङ देउखुरी राजापुर सतवारिया गा.पं. अन्तर्गतको मौजै जेग्रहवा, खोली गाउँ असहनी समेत जम्मा ३ मौजा भित्रको अं. ५० बिगहा जमीनको २०३० सालदेखि २०३५ साल सम्मलाई आयस्ता निजहरूले पाउने सो विद्यालयलाई उक्त ५ वर्षको रुपैयाँ ४,१२,२५०।– बुझाउने गरी विपक्षीहरू सबैले आयस्ता भोग गरी आई उक्त रकम मध्ये समय समयमा बुझाई सकेको र बाँकी रु.२,०५,७७०।३६ नबुझाएकोमा राप्ती अञ्चल शिक्षा समितिले बुझाउन ल्याउन ताकेता गर्दा शिव गौतमले नतिरे हाम्रो धितोबाट समेत असूल गर्ने भनी ठाकुरप्रसाद, रामप्रसाद, तेजमणि र रामकुमार समेतले आफ्नो जग्गा जमीन धितो राखी धनजमानी भई २०३०।९।१८ मा जमानीपत्र समेत गरेकोमा लिखतमा जग्गा कम पाए बापत मिन्हाको लागि कारवाही भई रहेकोले पछि ठहरे अनुसार हुने गरी जम्मा रकम १,१०,०५०।३६ मात्र बाँकी राखी बाँकी रकम रु. ९५,७२०।– यही ०३७ साल आषाढ १५ गतेसम्म बुझाउने गरी सकार गरेका छौं उक्त मितिसम्म नबुझाए हाम्रो आय जेथाबाट असूल उपर गरी लिनु भनी २०३७।२।३१।६ मा कबूलियत कागज लेखी दिनु भएको र सो रु. १,१०,०५०।३६ बाँकी राखेको सम्बन्धमा कुनै कारवाही नभई ऐन बमोजिम मिन्हा नपाउनु भएको हुँदा उक्त रु. २,०५,७७०।३६ नै पाउनु पर्ने हुँदा विपक्षी सबैबाट दामासाहीले दिलाई पाउँ भन्ने फिराद दावी भएको । ३. रा.अं.शिक्षा समितिबाट म प्र.शिव गौतमले कबूलियत गरी ठेक्का लिएमा नालेश गर्ने हक यी वादी तोयानाथ पाण्डेलाई नभई राप्ती अञ्चल शिक्षा समितिलाई छ । यी वादीले लेनदेन व्यवहारको ४० नं. को आधारमा दावी गर्नु भएको छ करार सम्बन्धी ऐन, २०२३ अन्तर्गत कबूलियत गरी लिएको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. लाग्न नसक्ने र जमानी गर्नेको ६ नं. अनुसार असामीबाट रकम उठ्न नसकेमा मात्र धनजमानी बस्ने उपर उजूर गर्न