निर्णय नं. ३६८८ - नासो धरौट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८८ - नासो धरौट भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/११/२६ २५९५ निर्णय नं. ३६८८ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७५,७६ फैसला भएको मिति : २०४५।११।२६।५ मा पुनरावेदक/प्रतिवादी : दाङ जिल्ला विचौरा गा.पं. वार्ड नं. ५ बस्ने शिव गौतमसमेत विरुद्ध विपक्षी/वादी : दाङ विजौरी गा.पं. वा.नं. ४ संस्कृत अध्ययन संस्थानका डिन दाङदेउखुरी जग्गा व्यवस्था समितिका अध्यक्ष तोयनाथ पाण्डेय मुद्दा : नासो धरौट (१) दैवी परेको कुराको तथ्ययुक्त सबूद गुजार्न नसकेको अवस्थामा चालु हालतमा फिर्ता बुझाउने शर्तमा लिएका मालसामानहरू बुझाउनु नपर्ने भन्न नमिल्ने । (प्रकरण नं. २०) (२) चालु हालतमा बुझाउन नसकेको अवस्थामा फिराद पर्दाको अवस्थाको प्रचलित दर अनुसार बुझाउनु पर्ने (प्रकरण नं. २०) (३) काममा प्रयोग गर्दा मेसिनरी सामानहरूको ह्रास कट्टी हुँदैन भन्न न्यायोचित नहुने । (प्रकरण नं. २०) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद मजगैया फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. यस अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. राप्ती अञ्चल शिक्षा समितिबाट सञ्चालित देउखुरी राजपुर गा.पं. दुई पञ्चायत भित्रको साविक रा.अं. शिक्षा समितिको अधीनमा रहेको दाङ विजौरीका मजगैया परिवारले यस संस्थानलाई दान गरिदिएको जग्गा मध्ये अ. ५०० बिगहा विपक्षीहरूले २०३० सालदेखि २०३५ सालसम्मलाई आयस्ता खाने गरी ५ वर्षको ठेक्का रकम रु. ४,१२,२५०।– शिक्षा समितिलाई बुझाउने गरी ठेक्का कबूल गर्नु भएकोले विपक्षीहरूको जिम्मा ने.सं.वि.वि. संस्कृत अध्ययन संस्थान डिनको कार्यालय बेल झुण्डीको बेलारस कम्पनीको रा.अं. १९ को ४८ अश्वपावरको ट्रेक्टर १, ऐ.को ट्रेलर १, ऐ.को कल्टीभेटर १, ऐ.को डिफलाउ १, ऐ.को टुलबक्स १ समेत थान ५ बुझिलिई उक्त ट्रेक्टर समेतको सामान ५ वर्षको लागि बहाल समेत सोही ठेक्कामा गाभी दिएको २०३७ साल आषाढ मसान्तसम्म बुझाउछौं भनी साबुत चालु हालतमा बुझाउन पुनः २०३७।२।३१ मा मन्जूरीको कागज समेत ५ जनाले गरिदिनु भएको हाल ट्रेक्टरको मूल्य रु. १,२५,०००।– ट्रालीको रु. १२,०००।– कल्टी भेटरको रु. ८,०००।– डिफप्वाउको रु. ८,०००।– टुलबक्स सामान समेतको रु. ४,०००।– समेत जम्मा रु. १,५७०००।– बराबरको सामान बुझाउने सम्बन्धमा तागेता गर्दा पनि आजसम्म बुझाउन नल्याएकोले दिनसके साबुत चालु हालतको उक्त ट्रेक्टर सहित र नदिए मूल्य रु. १,५७,०००।– विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको २०३९।२।३० को फिरादपत्र । ३. शिव गौतमले २०३० साल फागुण महिनामा ट्रेक्टर बुझी लिन राप्ती अञ्चल शिक्षा समितिलाई भर्पाई गरी दिई लिएकोले नालेस गर्ने हक राप्ती अञ्चल शिक्षा समितिलाई भएको उनाउ व्यक्ति यी वादी तोयानाथ पाण्डेयलाई नालेस गर्ने हक नभएको । कुनै धनमाल बिक्री गर्न वा बन्धक राख्न निमित्त कसैलाई दिएकोमा नासो धरौट सरह हुनेमा ट्रेक्टर सहितको सामान बिक्री गर्न एवं बन्धक राख्न नदिएकोमा लाग्नै नसक्ने ऐन लगाई फिराद गरेकोले इन्साफ गर्न नमिल्ने चालु हालतमा ट्रेक्टर बुझाउने गरी कागज गरिदिएकोमा रकममा दावी गरेको पनि मिलेन । दैवी परी २०३२