निर्णय नं. ३६८९ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८९ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/२४ २३४९ निर्णय नं. ३६८९ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पूर्ण ई.नं. ७७ फैसला भएको मिति : २०४५।१२।२४।५ मा निवेदक/वादी : नुवाकोट जिल्ला वेलकोट गा.पं. वार्ड नं. ५ तल्लोती गाउँ बस्ने तोरणबहादुर पाण्डे विरुद्ध विपक्षी/प्रतिवादी : नुवाकोट जिल्ला मदानपुर गा.पं. वार्ड नं. ९ बस्ने देवनाथ पनेरु मुद्दा : जग्गा खिचोला (१) सूचनाको म्यादभित्रै रैकरमा परिणत गरी पाउन दरखास्त दिई रैकरमा परिणत गर्ने आदेश भई रैकरमा परिणत गरिएकोलाई पहिलो दर्ता मान्नु पर्ने, पछिको दूषित दर्तालाई कानुन बमोजिमको दर्ता भनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४१।९।१३ को फैसला पूर्ण इजलासबाट दोहोर्‍याई हेरी दिनु भनी सर्वोच्च अदालतको नाउँमा हु.प्र. बक्स पाउँ भनी वादी तोरणबहादुर पाण्डेले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेन्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. पातले खेत माटो ।५० मध्ये हाल खोलो कट्टी ।१० बुद्धिनाथले खाएको ।१० कटाई पूर्व खोल्सी, पश्चिम खोलो, उत्तर टिकाप्रसाद, दक्षिण कूलो यति ४ किल्लाभित्रको माटो ।३० को जग्गा शेरजंग समेतको बिर्ता तिरो दपोटमा हरिदत्तको उजूर परी सो जग्गा समेत मैले भोगी आएको भनी मेरो समेत बयान भई २०२४।७।२१ मा फैसला भएको बिर्ता उन्मूलन ऐन, २०१६ बमोजिम बिर्तावारहरूले रैकरमा परिणत पनि नगरेको भू.सु. ऐन लागू भएपछि हदभन्दा बढीको जग्गा भएकोले २०१६ सालदेखि ०२९ सालतकको तिरो बुझाई रैकरमा परिणत गरी दर्ता गरेको मूल्य रु. ६००।– जाने माटो ।३० जग्गामा २०३०।८।१५ गते विपक्षीहरूले खिचोला गरेको मेटाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३०।११।६ को तोरणबहादुरको फिरादपत्र । ३. हामीहरूको हकको पातले खेत २०२४।६।१९ मा पूर्व कूलो, पश्चिम खोलो, उत्तर खोल्सो जाई पाण्डेको खेत, दक्षिण कूलो यति ४ किल्ला भित्रको जग्गा रोपनी ६ बिर्ता उन्मूलन ऐन, ०१६ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयको २०२४।५।५ को संख्या १९ को राजपत्रमा प्रकाशित सूचना अनुसारको म्यादभित्र रैकरमा परिणत गराई २०१६ सालदेखि २०२३ सालतकको मालपोत बुझाई आमा भद्रकुमारीको नामबाट २०२३।१।१० मा जोताहा अस्थाई निस्सा पाएको, वादीले जोताहा निस्सा छ भन्न सकेको छैन । विपक्षीले परिणत गराए उपर बदर गरिपाउँ भनी आजै फिराद दिएको छु । शेरजंगको बिर्ता भन्ने वादीको भनाई छ । २०२४ सालमा हामीले परिणत गरेको कुरामा कानुनको म्यादभित्र बिर्तावालको उजूर नपरेको समेतबाट हामीहरूको कुस बिर्तालाई वादीले झूठ्ठा उजूर गरेको हो भन्ने समेत व्यहोराको २०३१।१।२६ को देवनाथको प्रतिउत्तरपत्र । ४. वादीले दावी लिएको पातले भन्ने खेत परस्पर आफ्नो आफ्नो दर्ताको भन्ने वादी र प्रतिवादीको भनाई भएको परिणत दर्ता उपर परेको परिणत दर्ता बदर मुद्दाहरूमा वादी तोरणबहादुरको दर्ता कायम ठहरी यिनै वादी प्रतिवादीको परिणत दर्ता बदर मुद्दा आजै किनारा भएकोले जग्गा मेरो भ