निर्णय नं. ३६९० - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६९० - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/०१ २२०८ निर्णय नं. ३६९० ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.ई.नं. ९५ फैसला भएको मिति : २०४५।१२।१।३ मा निवेदक/वादी : ल.पु.न.पं.वा.नं. १८ बस्ने बखतबहादुर श्रेष्ठसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वडा नं. ११ मंगलचण्डी छें बस्ने इन्द्रगोपाल श्रेष्ठसमेत मुद्दा : जग्गा खिचोला (१) नक्सा पासको कारवाहीमा उजूर परेपछि हक बेहकको विवाद उत्पन्न भई नक्सा पास गर्न नमिली हक बेहक गराई ल्याउनु भनी नगरपञ्चायतले सुनाएपछि सोही बखत मुद्दा गर्न पर्ने कारणको सृजना भएको मान्नु पर्ने । (प्रकरण नं. १४) (२) नगरपञ्चायतले हक कायम गराई ल्याउनु भनी सुनाएकोमा दुवै पक्षले हक कायम गराउन अदालतमा नगई पछिबाट खिचोला गरेको भनी सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको भनी तर्क गर्न मिल्ने देखिँदैन । यस्तोमा नगरपञ्चायतले सुनाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने । (प्रकरण नं. १४) निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा श्री सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा फुलबेन्चबाट दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।२।१३।३ मा तोक लागी आई सम्माननीय प्रधान न्यायाधीशज्यूका आदेश अनुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. ल.पु.जि.न.पं. वडा नं. १८ वला टोलको पूर्व कृष्णबहादुर राधादेवीको केवबारी समेत पश्चिम गल्ली बाटो र कृष्णबहादुरकै घर किलास उत्तर साझा चोक दक्षिण मुल बाटो यति ४ किल्लाभित्रको केवबारीमा घर बनाउन पाउँ भनी ल.पु.न.पं. मा नक्सा दरखास्त दिएकोमा विपक्षी गंगामायाले मेरो हकभोगको घर भत्की पाताल भएको भनी र इन्द्रगोपालले बण्डापत्रबाट अंश भागमा परेको भनी उजूरी दरखास्त दिएको हुँदा नगरपञ्चायतले तेरो मेरो देखिएकोले म्यादभित्र अदालतमा उजूर गर्न जानु अदालतबाट निर्णय भए बमोजिम पास हुने छ भनी मिति २०३५।२।१८।४ मा पर्चा गरी सुनाएकोमा कसैले पनि अदालतमा उजूर गर्न नगए तापनि मेरो दरखास्तमा उजूर गरेपछि अदालत जानु पर्ने कर्तव्य पनि विपक्षीकै थियो । तर माथि उल्लिखित ४ किल्ला भित्रको जग्गामा मिति २०३६।२।१७ गते आई म प्रेमबहादुरको नाममा भएको धारा झिकी अनेत्र लगी राख्न यो जग्गा हाम्रो हो भनी विपक्षीले खिचोला गर्न आउनु भएकोले विवादित जग्गाको एकातिर सडक बाटो तीनतिर हामी र हाम्रा मैयाहरूको जग्गा भएको ठाउँमा विपक्षीहरूको हकको हुन नै नसक्ने यदि छ भने के कस्तो हामीबाट हक टुटाई लिएको कागज छ सो समेत देखाउन नसक्नुको अलावा उक्त जग्गाको शहरी क्षेत्रभित्रको जग्गा दर्ता नं. ७ फाँटवारी हाम्रो पिता जगतबहादुरले दाखिल गर्नु भएपछि उहाँको स्वर्गवास भएकोले हाम्रो हक हुन आएको रु. २००।– जाने जग्गा खिचोला गर्न आएकोले खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मेरो बुढा मावली पट्टिको जिजू बज्यैबाट मेरो पिताजीको आमालाई शेषपछिको बकसपत्र दिई मानलक्ष्मीको मृत्युपछ